English

जसले छोरीको बदला लिन जिउँदो गँगटो निले



छोराछोरीलाई कुनै अप्ठेरो पर्‍यो भने आमाबुवा रिसाउँछन् । छोराछोरीको सुरक्षाको लागि, अभिभावकहरू सबैभन्दा ठूलो समस्यासँग लड्छन्। तर एक बाबुले रिसाएर यस्तो काम गरे कि पछि उनको स्वास्थ्य अवस्था नै बिग्रियो । वास्तवमा, एक बाबुले आफ्नी छोरीको बदला लिन जिउँदो गँगटो निल्यो। त्यसपछि उक्त व्यक्तिको अवस्था झन् बिग्रियो । उक्त घटना चीनको बताइन्छ। चाइना मर्निङ पोस्टका अनुसार पूर्वी चीनको झेजियाङमा बस्ने यी व्यक्तिको उमेर ३९ वर्ष छ, जसको नाम लू हो। छोरीलाई टोकेको गँगटोको बदला लिन उनले यस्तो गरेका हुन् ।

छोरीलाई गँगटोले टोकेपछि बाबुले बदला लिए

रिपोर्टका अनुसार लू की छोरीलाई गँगटोले टोकेको थियो । यस्तो अवस्थामा लूलाई रिस उठ्यो र बदला लिन उनले गँगटो उठाए र जिउँदै निले । जिउँदो गँगटो खाएपछि उनी गम्भीर बिरामी परे। घटनाको दुई महिनापछि लूलाई कडा ढाड दुखेको कारण अस्पताल भर्ना गरिएको थियो। त्यसपछि डाक्टरहरूले उनको जाँच गरी उपचार सुरु गरेका थिए ।

तथ्यहरू चिकित्सकहरूलाई बताइएन

गँगटो खाएको दुई महिनापछि लुको अवस्था बिग्रिएपछि उनी अस्पताल गए। त्यहाँको अनुसन्धानमा लूको छाती, पेट, कलेजो र पाचन प्रणालीमा नराम्रो असर परेको खुलेको छ । तर, के कारणले यस्तो भयो भन्ने थाहा पाउन सकेका छैनन् । ती व्यक्तिको उपचार गर्ने डाक्टरले भने कि हामीले बारम्बार सोधेका थियौँ, की उनले कहिले असामान्य केही खाएको छन् कि भनेर तर उनले सत्य बोलेनन्। तर, धेरै सोधेपछि लूकी श्रीमतीले डाक्टरलाई गँगटो खाएको घटना सुनाइन्
त्यसपछि ती व्यक्तिले पनि स्वीकार गरे।

छोरीको बदला लिन चाहन्थे

डाक्टरले भने कि मैले उसलाई सोधेँ ‘तिमीले जिउँदो गँगटो किन खायौ रु’ उनले भने, ‘म मेरी छोरीको बदला लिन चाहन्छु।’ डाक्टरहरूले परीक्षणको लागि उनको रगत नमुनाहरू पठाए, र त्यसमा यो पत्ता लाग्यो कि काँचो गँगटो खाँदा उनमा कम्तीमा तीन परजीवीहरूबाट सङ्क्रमित भएको थियो। तर, धेरै उपचारपछि ती व्यक्ति निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्मरण रहोस् कि चीनमा गँगटो खानु सामान्य कुरा हो, तर धेरैजसो मानिसहरूले पकाएको गँगटो मात्र खाने गर्छन्।

यो पनि…
जहाँ सधैँ उम्लिएको पानी बग्छ
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ



...
бнанс Реферальний код

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये