पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा
बलिउड अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । यो फिल्मका लागि उनी प्रमोसनमा व्यस्त छन् । फिल्ममा आमिरका अलावा करीना कपूर खान र नागा चैतन्यको पनि अभिनय छ । फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ ।
यो फिल्म पाँच कारणले अहिले चर्चामा छ । यी हुन पाँच कारणः–
आमिर काम गर्न चाहदैन थिए
आमिर ‘फरेस्ट गम्प’को रिमेकमा प्रमुख भूमिकामा अभिनय गर्न चाहदैन थिए । एक अन्तर्वार्तामा उनले आफूले दुई वर्षसम्म फिल्मको स्क्रिप्ट नसुनेको खुलाएका छन् । ‘किनकी मलाई लाग्थ्यो कि फरेस्ट गम्प फेरि बनाउनु मुगल–ए–आजम र मदर इण्डियालाई बनाउनु जस्तै हो’, उनले भनेका छन् । तर जब उनले यो स्क्रिप्ट पढे, उनी आफैं प्रमुख भूमिकामा अभिनय गर्न अग्रसर भए ।
करीना थिइनन् पहिलो च्वाइस
आमिर फिल्मका लागि अभिनेत्री करीना कपूर खानलाई लिन चाहँदैन थिए । उनी कोही २५ वर्षको युवती फिल्मका लागि छनोट गर्न चाहन्थे । तर पछि उनको विचार फेरियो ।
फिल्मको कथामा चुहावट
फिल्मको कथाको चुहावट भइसकेको छ । यो फिल्ममा सन् १९८४ को सिख दंगा र संकटकालको कुरा पनि देखाइएको दाबी गरिएको छ ।
फिल्मबाट हटाइयो एडल्ट दृश्य
फिल्मलाई लिएर विरोध भएपछि एडल्ट दृश्य हटाइएको छ । यो कुराको पुष्टि स्वयं आमिरले गरेका छन् । ‘हामी चाहन्छौं कि हाम्रो फिल्म पूरा परिवारका साथ बसेर हेर्न सकियोस् । त्यहीकारण फिल्मबाट त्यो दृश्य हटाएका छौं’, आमिरले भनेका छन् ।
बहिस्कारबारे बोले आमिर
आमिर फिल्मलाई बहिस्कार गर्नुपर्ने माग प्रति दुःखी छन् । उनले दर्शकले फिल्म हेरेनन् भने आफू धेरै दुःखी हुने बताइसकेका छन् ।
याे पनि…
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध
सात दशकको क्यानभासमा एक कर्मयोगी (भिडियो पनि)
Moitutt
com 20 E2 AD 90 20Viagra 20Fara 20Reteta 20 20Viagra 20Laboratorios 20Centurion viagra laboratorios centurion Гў This case resoundingly illustrates that the strength of our program is not limited only to testing, Гў Selig said how clomid is taken This frass is easily mistaken for other substances such as dust or dirt, which may be why you see the signs of these beetles in a home you wish to buy, you don t have to let these beetles keep you from your March 19, 2018