English

‘भिलेन’मा पनि स्थापित यी अभिनेता



फिल्म ‘शमशेरा’को ट्रेल रिलिज भइसकेको छ । ट्रेलरमा अभिनेता सञ्जय दत्त भिलेनको चरित्रमा देखिएका छन् । पछिल्लो केही समययता सञ्जय एकपछि अर्को फिल्ममा भिलेनको भूमिकामा देखिँदै आएका छन् । सञ्जय ‘हिरो’को रुपमा जति लोकप्रिय छन्, ‘भिलेन’ चरित्रमा पनि उनको लोकप्रियताको कमी छैन । सञ्जयसँगै बलिउडमा ऋषि कपुर, नाना पाटेकरको भिलेन चरित्र उत्तिकै रुचाइएको छ । यहाँ बलिउडका केही लोकप्रिय भिलेनको बारेमा प्रस्तुत गरिएको छ ।

सञ्जय दत्त

‘मुन्ना भाइ’, ‘रकी’, ‘साजन’, ‘सडक’ जस्ता फिल्ममा अभिनय गरेका सञ्जय भिलेन चरित्रमा पनि उत्तिकै फिट छन् । सञ्जयको हालै रिलिज फिल्म ‘केजीएफ च्याप्टर २’मा उनको भिलेन अभिनयले सबैको ध्यान तान्यो । यसअघि फिल्म ‘अग्निपथ’ र ‘खलनायक’ जस्ता फिल्ममा उनको भिलेन चरित्र उत्तिकै लोकप्रिय थियो । सञ्जय फिल्म ‘शमशेरा’मा शुद्ध सिंह नामको भिलेन चरित्रमा देखिँदैछन् ।

ऋषि कपुर

‘बबी’, ‘नगिना’, ‘प्रेम रोग’जस्ता फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेका ऋषिले एक उमेरपछि भिलेनको भूमिकामा काम गर्न सुरु गरे । ऋषिले फिल्म ‘जहरिला इन्सान’बाट भिलेनको भूमिकामा अभिनय गर्न सुरु गरे । त्यसपछि उनी ‘अग्नीपथ’मा रोफ लालाको भूमिकामा देखिए ।

नाना पाटेकर

आफ्नो दमदार अभिनयका कारण दर्शकको मनमा बस्न सफल बलिउड अभिनेता नाना पाटेकरले बलिउडमा कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् । चाहे ‘वेलकम’को उदय भाइ होस् या ‘अपहरण’को तबरेज भाइ, नाना हरेक चरित्रमा आफूलाई ढाल्छन् । फिल्म ‘अंगार’मा उनले जब माजिदको भूमिका निभाए, उनले यो भूमिकाबाट बेस्ट भिलेनको फिल्म फेयर अवार्ड नै जिते । उनले फिल्म ‘शक्ति’, ‘परिन्दा’जस्ता फिल्ममा भिलेनको भूमिकामा अभिनय गरेका छन् ।

मिथुन चक्रवर्ती

‘मर्द’, ‘डिस्को डान्सर’, ‘जंग’ र ‘इलाका’जस्ता फिल्ममा सशक्त अभिनय गरेका मिथुनले फिल्म ‘जल्लाद’मा विजयबहादुर कुँवरको भूमिकामा पनि उत्तिकै कला देखाए । यो फिल्मका लागि उनले भिलेन चरित्रमा अवार्ड नै जिते । यसबाहेक उनले कैयौं फिल्ममा भिलेनको भूमिकामा अभिनय गरेका छन् । सन् २०१२ मा रिलिज फिल्म ‘ओह माइ गड’मा मिथुनले भिलेनकै भूमिका निर्वाह गरेका थिए ।

सोनु सुद

सोनु साउथ फिल्म उद्योगको लोकप्रिय नाम हो । बलिउडमा उनी प्रायः सहायका भूमिका या भिलेनको भूमिकामा देखिन्छन् । उनले फिल्म ‘दबंग’, ‘आर। राजकुमार’ र ‘सिम्बा’ मा भिलेनको भूमिकामा अभिनय गरेका छन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested