English

बलिउडमा बजार खोज्दै नेपाली चलचित्र

हलिउड र बलिउड सिनेमाले ओगट्ने मुम्बइका प्रचार बोर्डमा नेपाल सिनेमा ’प्रेम गीत ३’ को पोष्टर


नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् ।

नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेको प्रेम गीत ३ का निर्देशक सन्तोष सेनको दाबी छ । उनी अब भारतका विभिन्न सहरमा नेपालीपन बोकेर नेपाली सिनेमा पुग्ने बाटो खुलेको बताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली स्वाद चखाउने गरी पुग्दैछौँ । मुम्बई सपनाको शहर हो । दिनरात जाग्राम रहने मुम्बई हामीहरूको सपना पूरा गर्ने शहर पनि हो ।’

म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली फिल्मको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने बिषय होइन । र, आम नेपालीका लागि ठूलो खुसी र गौरवको कुरा हो ।

बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने स्थानमा अहिले नेपाली फिल्म प्रेम गीत ३ ले ओगटेको भन्दा खुसी साटेका छन् । उनले लेखेका छन्, ‘म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली फिल्मको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने बिषय होइन । र, आम नेपालीका लागि ठूलो खुसी र गौरवको कुरा हो ।’

उनले संघर्षका अनेकौं पहाड छिचोल्दै विश्व चलचित्रको समुन्द्रमा हाम फालेको बताएका छन् । आफू र आफ्नो टिमको साहसका कारण नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुराउने ठुलो जोखिम मोलेका बताएका छन् ।

उनले प्रेम गीत ३ भारतीय बजारमा मात्रै नभएर संसारभरका दर्शकसम्म पुग्दै गरेको जनाएका छन् । उनले भनेका छन्, ‘नेपालकै लोकेसन, नेपालकै कथा, नेपालकै कलाकार, नेपालकै प्राविधिकको वर्षौसम्मको मिहिनेत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा नयाँ मेनुको रुपमा पुग्दैछ । यदि यो सबैको रोजाइमा पर्यो भने हाम्रा परिकार मज्जाले बिक्ने छन् । त्यसको फाइदा हामी सबै जसले नेपाली फिल्ममा काम गरेका छौं, उहांहरूलाई हुने हो ।’

साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेको छ, त्यो सपना पनि हामीले देख्न बेला भएको उनको भनाइ छ ।

बलिउडका फिल्मकर्मी, अग्रज पत्रकार, बलिउड फिल्मका दर्शकबाट मिठो साथ र साथ पाएको उनको भनाइ छ । आगामी २३ सेप्टेम्बर ( असोज ७) देखि यो सिनेमा रिलिज हुँदैछ ।

याे पनि…
मनोजको बाँसुरी धुनमा स्रोता मुग्ध
सात दशकको क्यानभासमा एक कर्मयोगी (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested