English

एउटा ढुङ्गाले गर्छ किराती सभ्यताको बयान



साउन ६ देखि मण्डला थिएटरमा शुरु भएको नाटक ‘खुवालुङ : ढुंगाको बाटो’ले दर्शकको बलियो साथ पाएको छ ।

साउन २९ सम्म चल्ने यस नाटकलाई हेर्ने दर्शकको घुँइचो छ । यसको कारण पनि छ , त्यो हो यस नाटकले शक्तिशाली रुपमा प्रस्तुत गरेको विषय । खुवालुङ अर्थात नदीको ढुङ्गा, जुन संस्कार र संस्कृर्तिको प्रतीकको रुपमा धेरैले बिश्वास गरेका छन् ।

नाटकमा सुनकोसी, अरुण र तमोर नदीको त्रिवेणीमा पुज्दै आइरहेको ढुङ्गाको महत्व के हो त ? किरातहरूले यसलाई ढुङ्गा किन पुज्ने ? किराती र प्रकृतिको नाता के हो त ? भन्ने जस्ता विचारको केन्द्रमा छ,नाटक ।

खुवालुङ ढुङ्गाको सभ्यतालाई लिएर रहेको मिथक र किराती सभ्यता उजागर हुने नाटकमा देख्न सकिन्छ ।

खुवालुङको सांस्कृतिक अभ्यासको जगमा विकसित भएको मानव सभ्यताको कथा जसलाई निर्देशक किरण चाम्लिङ्ग राई र मदन पुरस्कार विजेता लेखक राजन मुकारुङले निकै प्रभावशाली रुपमा नाटकमा प्रस्तुत गरेका छन् ।

कलाकारहरु आफ्नो अभिनयबाट करिब डेढ घन्टा दर्शकलाई बाँधी राख्न सफल देखिन्छन् ।

नाटकको अर्को बेजोड प्रस्तुती भनेको लाइभ संगीत हो,जसलाई कलाकारहरु अनुराग थापा, संजित थुलङ, पवित्रा राई, यान्ग्साङ मुकारुङ र हिरन राईले पेश गरेका छन् ।

थैली इन्टरटेन्टमेन्टले निर्माण गरेको यस नाटकमा कलाकारहरु पशुपति राई, सुरज यादव,संयोग गुरागाई,सबिना थापा,मणि कुलुङ राई, प्रनिश मगर, रमिला मोक्तान, मानहाङ लावती,अनु थापा, इंगि होपो कोइञ्च सुनुवार,रोशनी स्यान्ग्बो, बेदना राई लगायत २७ जनाले अभिनय गरेका छन् ।

शब्द\तस्विर : बिकास रौनियार

यो पनि
शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’ (फोटो फिचर)
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested