English

एउटा ढुङ्गाले गर्छ किराती सभ्यताको बयान



साउन ६ देखि मण्डला थिएटरमा शुरु भएको नाटक ‘खुवालुङ : ढुंगाको बाटो’ले दर्शकको बलियो साथ पाएको छ ।

साउन २९ सम्म चल्ने यस नाटकलाई हेर्ने दर्शकको घुँइचो छ । यसको कारण पनि छ , त्यो हो यस नाटकले शक्तिशाली रुपमा प्रस्तुत गरेको विषय । खुवालुङ अर्थात नदीको ढुङ्गा, जुन संस्कार र संस्कृर्तिको प्रतीकको रुपमा धेरैले बिश्वास गरेका छन् ।

नाटकमा सुनकोसी, अरुण र तमोर नदीको त्रिवेणीमा पुज्दै आइरहेको ढुङ्गाको महत्व के हो त ? किरातहरूले यसलाई ढुङ्गा किन पुज्ने ? किराती र प्रकृतिको नाता के हो त ? भन्ने जस्ता विचारको केन्द्रमा छ,नाटक ।

खुवालुङ ढुङ्गाको सभ्यतालाई लिएर रहेको मिथक र किराती सभ्यता उजागर हुने नाटकमा देख्न सकिन्छ ।

खुवालुङको सांस्कृतिक अभ्यासको जगमा विकसित भएको मानव सभ्यताको कथा जसलाई निर्देशक किरण चाम्लिङ्ग राई र मदन पुरस्कार विजेता लेखक राजन मुकारुङले निकै प्रभावशाली रुपमा नाटकमा प्रस्तुत गरेका छन् ।

कलाकारहरु आफ्नो अभिनयबाट करिब डेढ घन्टा दर्शकलाई बाँधी राख्न सफल देखिन्छन् ।

नाटकको अर्को बेजोड प्रस्तुती भनेको लाइभ संगीत हो,जसलाई कलाकारहरु अनुराग थापा, संजित थुलङ, पवित्रा राई, यान्ग्साङ मुकारुङ र हिरन राईले पेश गरेका छन् ।

थैली इन्टरटेन्टमेन्टले निर्माण गरेको यस नाटकमा कलाकारहरु पशुपति राई, सुरज यादव,संयोग गुरागाई,सबिना थापा,मणि कुलुङ राई, प्रनिश मगर, रमिला मोक्तान, मानहाङ लावती,अनु थापा, इंगि होपो कोइञ्च सुनुवार,रोशनी स्यान्ग्बो, बेदना राई लगायत २७ जनाले अभिनय गरेका छन् ।

शब्द\तस्विर : बिकास रौनियार

यो पनि
शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’ (फोटो फिचर)
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य