कतिखेर घाम ताप्दा भिडामिन डी पाईन्छ

विकेण्ड


डा. कल्याण सुवेदी

भिटामिन ‘डी’ को कमी हुँदा घाममा बस्नुपर्छ भन्ने त सबैले सुनेकै छौं । तर, कुन समय घाममा बस्नु उपयुक्त हुन्छ होला ? यसमा धेरै मानिसहरु दोधारमा परेको पाइन्छ । वास्तवमा दिउँसोको चर्को घाममा दिनहुँ आधा घन्टा बस्दा हाम्रो शरीरले पर्याप्त मात्रामा भिटामित ‘डी’ प्राप्त गर्दछ ।

शरीरमा भिटामिन ‘डी’ कमी हुँदा देखिने लक्षण

– मुड फ्रेस नहुने

– शरीर गलेको, थकित भएको जस्तो हुने

– जाँगर नआउने

– कसैकसैलाई टाउको दुख्ने

हाम्रो शरीरले भिटामिन ‘डी’ कसरी निर्माण गर्छ ?

जब सूर्यको किरणको (यूभी रे) हाम्रो छालामा ठोक्किन्छ । तब छालाको ठीक सतह मुनी रहेको कोलेस्ट्रोललाई भिटामिन डी ३ मा परिवर्तन गरिदिन्छ । जति चर्को घाममा बस्यो उति नै धेरै यूभी रे हुने हुँदा कोरेस्टेरोलबाट भिटामिन डी ३ मा बदलिने प्रक्रिया दिउँसो कडा काममा अझ राम्रोसँग हुने गर्छ । यसरी निर्माण भएको भिटामिन डी ३ कलेजोमा पुगेर केही प्रसोधित हुँदै मिर्गौलामा पुगेर थप प्रशोधित भएपछि मात्र शरीरमा काम गर्ने खालको भिटामिन डी ३ बन्छ ।

हामीले खानेकुराबाट पाएको वा भिटामिन डी पिल्सबाट लिएको भिटामिन डी पनि यसरी नै सुरुमा कलेजो हुँदै प्रशोधित भएपछि मिर्गौलामा गएर थप प्रशोधित भएर एक्टिभ फर्ममा बदलिन्छ ।

भिटामिन डीले के–के काम गर्छ ?

भिटामिन डीको सहायताले हाम्रो शरीरले आन्द्राको सतहबाट क्याल्सियम सोस्ने गर्छ । यदि भिटामिन डी पर्याप्त छैन भने शरीरले क्याल्सियम लिन सक्दैन र हड्डी कमजोर हुने, हड्डीमा छिद्रा पर्ने लगायत अन्य धेरै समस्याहरु देखा पर्न सुरु हुन्छ । यस्तै, दिमागको कोषहरुले नियमित काम गर्न र शरीरको इम्युन सिस्टम ले राम्रो काम गर्न पनि भिटामिन डी कै भूमिका रहन्छ । साथै, भिटामिन डी पर्याप्त हुने मानिसलाई रुघा खोकीको भाइरसले लामो समय दुःख दिन सक्दैन ।

भिटामिन डी पाइने खानाहरु

– च्याऊ

– माछा

– पनिर

– अन्डा

– भिटामिन डी मिसाइएको दुध

कसले खाने भिटामिन डी ?

– ५० वर्ष उमेर नाघेकाले

– जाडो समयमा माथि भनिएका लक्षण देखिनेहरुले

– रक्तजाँच गर्दा भिटामिन डी लेभल कम भएकाले

– कम घाम लाग्ने ठाउँमा बसोबास गर्नेले

भिटामिन ‘डी’ कति लिने कसरी लिने ?

सकेसम्म चिकित्सकको सल्लाहमा रक्तजाँच गरेर चिकित्सकै सल्लाहमा भिटामिन डी लिनु राम्रो हुन्छ । यदि चिकित्सकको पहुँच पुग्दैन र भिटामिन डी कमी भएको लक्षण देखिएकाहरुले जाडो समयका लागि मात्र दिनको ५००० आइयू लिँदा राम्रो हुन्छ । साथै, ५० वर्ष उमेर नाघेकाले दिनहुँ लिने हो भने दिनको १००० आइयू खानुपर्छ । यस्तो भिटामिन १–२ दिन खान छुट्दैमा कुनै असर हुँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिसका हरेक विधि-व्यवहार, कर्म, संस्कार, रीतिरिवाज हुन्छन्। जुन नियम, अनुशासन एवम् धर्मद्वारा बाँधिएको हुन्छ। खानपिन गर्ने, हिंडडुल गर्ने, उठबस गर्ने,

भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ। घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार २०१ जनामा कोरोना

बच्चाहरू सधैँ खानका लागि उत्साहित हुन्छन् । मनपर्ने चीज खाँदा, तिनीहरू टोकाइ कति ठूलो वा सानो हुनुपर्छ भनेर बिर्सन्छन् ।

Suggested