संसारकै बुढो रुख



झण्डै साढे ५ हजार वर्ष उमेरको संसारको सबैभन्दा पूरानो रुख छ भन्ने सुन्दा पत्याउन गाह्रो हुन्छ । तर चिलीको दक्षिणी इलाकास्थित एक राष्ट्रिय निकुञ्जमा रहेको हजारौं वर्ष पूरानो रुख अहिले पनि हराभरा छ ।

दक्षिण चिलीको अलर्स कोस्तेरो राष्ट्रिय निकुञ्जमा यो रुख रहेको छ । उक्त रुखको नाम साइप्रेस ट्री हो । यो रुखलाई वनस्पतीविद्हरूले ग्रेट ग्राण्डफादर पनि भन्ने गरेका छन् ।

फ्रान्सको पेरिसस्थित क्लाइमेट एण्ड इनभाइरोमेन्ट साइन्सेस ल्याबका पर्यावरणविद जोनाथन बारिचविचका अनुसार उक्त साइप्रेस ट्री को उमेर ५४८४ वर्ष भएको छ ।

उनका अनुसार उक्त रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो । यो एक संकटापन्न प्रजातिको रुख हो ।

जोनाथनका अनुसार कम्प्युटर मोडेलका माध्यमबाट रुखको विकासको ८० प्रतिशत कहानी ठ्याक्कै पत्ता लगाउन सकिन्छ । त्यसरी पत्ता लगाइएको उमेरभन्दा वास्तविक उमेर कम हुने सम्भावना केवल २० प्रतिशत मात्र रहन्छ ।

यसअघि अमेरिकाको क्यालिफोर्नियास्थित ह्वाइट माउन्टेन्समा रहेको ब्रिस्टलकोन सल्लाको रुख सबैभन्दा बुढो रुखको रुपमा रहेको थियो । मेथुसेलाह नामक उक्त सल्लाको रुखको उमेर ४८५३ वर्ष छ । तर चिलीमा फेला परेको साइप्रेस रुखको उमेर उक्त सल्लाको भन्दा करिब ६ सय वर्ष बढी छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,

संसारभरि अनगिन्ती रहस्यमय ठाउँहरू छन्, जसको बारेमा सबैलाई थाहा छैन। आज हामी तपाईँलाई संसारका केही यस्ता ठाउँको बारेमा बताउन गइरहेका

संसारमा घुम्न मन नलाग्ने मान्छे कमै होलान् । मानिसहरू पृथ्वीको हरेक ठाउँ घुम्न चाहन्छन् । सुन्दर समुद्र तटहरू, प्रेतवाधित ठाउँहरू