English

यू-१७ एसिया कपः नेपाल पोट ३ मा



एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा छ ।

पोट ३ मा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान, सिरिया, प्यालेस्टाइन, चाइनिज ताइपेइ, म्यानमार, कतार, टिमोर लिस्टे र सिंगापुर छन् ।

बहराइनमा हुने प्रतियोगिताका लागि ‘ड्र’ मे २६ मा मलेसियाको राजधानी क्वालालम्पुरमा एएफसीले जनाएको छ । छनोटमा एसियाका ४४ राष्ट्र सहभागी छन् । एएफसीले शुक्रबारै यू-२० छनोटको ‘ड्र’ पनि सार्वजनिक गरेको छ ।

एएफसीले यसअघि हुँदै आएको यू-१६ र यु-१९ को स्थानमा यू-१७ र यू-२० एसिया कप आयोजना गर्न लागेको हो । छनोट अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जोर्डन, किर्गिस्तान, ओमान, साउदी अरेबिया, ताजिकिस्तान, उज्वेकिस्तान र भियतनाम गरी १० देशमा आयोजना हुनेछ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का