English

२२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०२५ भव्य रूपमा सम्पन्न — दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी



काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस वर्ष पर्यटकीय नगरी पोखरामा भव्य समारोहका बीच सम्पन्न भएको छ । पोखराको राष्ट्रिय सभा हलमा आयोजित समारोहमार्फत सन् २०२५ भरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलकुदको प्रतिष्ठा उँचो बनाएका खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

काठमाडौँबाहिर पहिलोपटक आयोजना गरिएको यस संस्करणमा ११ विधामा अवार्ड वितरण गरिएको थियो । यस वर्षको वर्षका उत्कृष्ट पुरुष खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीले प्राप्त गरे । ऐरीलाई गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड तथा पुरस्कार प्रदान गरे । त्यसैगरी, कराते खेलाडी एरिका गुरुङ वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । अवार्ड जित्न सफल दिपेन्द्र सिंह ऐरीले पल्सर एनएस टु हन्ड्रेड एबीएस मोटरसाइकल जितेका हुन ।

पल्सर स्पोट्स अवार्डलगायत बजाजले नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ । बजाजले वर्षेनी आयोजना हुँदै आएको एनएसजेएफ पल्सर स्पोट्स अवार्डमार्फत खेलाडी, प्रशिक्षक तथा खेलकुदकर्मीहरूको सम्मान र हौसला बढाउँदै आएको छ । त्यस्तै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि, प्रतियोगिता र प्रतिभा पहिचान कार्यक्रमहरूमा सहकार्य गर्दै बजाजले नेपाली खेलकुदको विकास, प्रवद्र्धन र व्यवसायिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नेपाली खेलकुदको प्रारम्भिक चरणदेखि नै सक्रिय रहँदै दीर्घकालीन योगदान पु-याएका वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने स्पेशल अवार्ड वरिष्ठ खेल प्रशिक्षक तुलसी कुमार गुरुङलाई प्रदान गरिएको थियो ।

अन्य विधाअन्तर्गत पिपुल्स च्वाइस अवार्ड, वर्षका उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पारा–एथलेटिक्सतर्फका उत्कृष्ट खेलाडी, तथा विभिन्न खेल विधामा उल्लेखनीय प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित खेलाडीहरुमा : एनएसजेएफ ट्रेलब्लेजर अफ द इयर– पलेशा गोवर्दन (पारा तेक्वान्दो), वर्षका उत्कृष्ट खेलाडी (पुरुष) दीपेन्द्र सिंह ऐरी–क्रिकेट, वर्षकी उत्कृष्ट खेलाडी (महिला) एरिका गुरुङ–कराते, वर्षका उत्कृष्ट प्रशिक्षक कबिराज नेगी–पारा तेक्वान्दो, वर्षका उत्कृष्ट युवा खेलाडी, पूजा महतो–क्रिकेट, पिपुल्स च्वाइस अवार्ड हिमाल सुनारी–भलिबल, पारा खेलाडी सम्मान– प्रवा आङ्दाम्बे–पारा खेलाडी, विशेष पुरस्कार–तुलसी कुमार गुरुङ, लाइफटाइम एचिभमेन्ट अवार्ड – खड्ग रणावत–खेलाडी, वर्षको उत्कृष्ट टोली–खो–खो (पुरुष/महिला), एसियाली खेलकुद पत्रकार पुरस्कार–राना हसन हुन ।

कार्यक्रममा संघीय सरकारका खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (एनएससी) का पदाधिकारी, कास्की जिल्लाकी प्रमुख जिल्ला अधिकारी, पोखरा उपमहानगरपालिकाकी उपमेयर, एनएसजेएफका पदाधिकारी तथा सदस्य लगायत राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । एनएसजेएफले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्स अवार्ड नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डहरूमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ । यो आगामी वर्षहरूमा पनि पारदर्शी र वस्तुनिष्ठ मूल्याङ्कन प्रणालीमार्फत योग्य खेलाडी तथा खेलकुदकर्मीलाई सम्मान गर्दै खेलकुद पत्रकारिता र खेलाडीबीचको सम्बन्धलाई अझ मजबुत बनाइने आयोजकले बताएका छन् ।



सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested