चन्दननाथ मन्दिर नै ओझेलमा पार्ने गरी किन बन्दैछ भौतिक संरचना ?



कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा विभिन्न भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न थालेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो । अहिले तीन तला बन्दा मन्दिर पूर्ण रूपमा छेकिएको छ । पाँच तला बनिसकेपछि मन्दिर पूर्ण रूपमा छेकिने अवस्था छ ।

भवन निर्माणअघि कार्यालयले गुठी समितिसँग समन्वय नगरेको समितिका पदाधिकारी बताउँछन् । ‘एक्कासी पाँच तले भवन बनाउने भन्दै तीन तलाको काम सुरु भएपछि मात्र थाहा भयो,’ गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भन्छन्, ‘कार्यालय भवनले मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो । मन्दिरको सुन्दरता नै हराउने गरी निर्माण हुन लागेको भवनलाई राम्रो मान्न सकिन्न ।’

मन्दिर वरपरको घर एक तले मात्रै बनाउने परम्परागत चलन छ । पछि मन्दिर वरपर दुई तलासम्म भवन बनाउन पाउने व्यवस्था गरिएको थियो । पछिल्लोसमय व्यक्तिगत र सरकारी पक्षबाट मन्दिरको स्वरुपलाई नै ढाक्ने गरी भवन निर्माण हुन थालेको समितिका अध्यक्ष रोकायाले बताए ।

मन्दिरमा खडा हुने ५२ हाते लिङ्गभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था सङ्कटमा पर्न थालेको स्थानीयवासी बताउँछन् ।

मन्दिरमा खडा हुने ५२ हाते लिङ्गभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था सङ्कटमा पर्न थालेको स्थानीयवासी बताउँछन् । अहिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । लागतअनुमान अनुसार भवन बहुउद्देश्यीय पाँच तलाको हुनेछ । पाँच तलाको भवन निर्माण भएपछि मन्दिरको सुन्दरता र शोभा हराएर मात्र जाने होइन, यसले मन्दिर ओझेलमा पर्ने स्थानीयवासी कविता शाही बताउँछिन् ।

अहिले राराताल घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गरेर मात्र फर्कने गरेका छन् । पुरातत्व विभाग, गुठी समितिले पनि धार्मिक तथा सांस्कृतिक महत्वबारे बोध गर्न नसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहिले मन्दिर परिसरमा रहेको मार्गमा सिलौटाबाहेक कालोपत्र नगर्ने भनियो । तर, अहिले वरपरको पूरै क्षेत्र कालोपत्र भइसकेको छ ।

चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भने, ‘अहिले परम्परादेखि चलिआएको पहिचान भेटिदैन । मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । जबकि त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे ।’

चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भने, ‘अहिले परम्परादेखि चलिआएको पहिचान भेटिदैन । मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । जबकि त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे ।’

यहाँ प्रमाण बोलिरहेका छन् तर ती प्रमाण थन्किएका छन् । अहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपासका सबै भवन आधुनिक बनेका छन् । घर निर्माण गर्दा पहिले जानकारी दिने चलन छैन । एक्कासी तला बढेको मात्र थाहा हुने गरेको पूर्वअध्यक्ष आचार्यले बताए ।

चन्दननाथ गुठी समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको यहाँका स्थानीयवासी बताउँछन् । भवन बनाउँदा एक पटक मन्दिरसँग समन्वय हुनुपर्ने संस्कृतिका जानकार पूर्णसिंह कठायतको भनाइ छ । उनले भने, ‘मन्दिर सबैको आस्था र विश्वासको धरोहर हो । यो धरोहरको आफ्नै प्रकारको पहिचान छ, जुन मेटिनुहुँदैन ।’

नेपाली भाषा–संस्कृतिको उद्गमस्थल जुम्ला हो । चन्दननाथ मन्दिरलाई धार्मिक धरोहरको उपमा पनि दिइएको छ । पछिल्लो समय पर्यटक बढ्दै गएपछि मन्दिर व्यवस्थापनले पनि उनीहरूको रेकर्ड राख्न थालेको चन्दननाथ गुठीसमितिले जनाएको छ । एक हजार ४ सय वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउने गरेका छन् । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन यहाँ हुने भएकाले पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७८को उत्तमशान्ति पुरस्कार एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रूपमा प्रेरणादायी रहेको गिरिश गिरीद्वारा लिखित ‘सत्यमोहन’

बिहिबार साझ काठमाडौंस्थित बिग मूविजमा चलचित्र ‘कबड्डी ४’ को प्रिमियर शो मा धेरै पछि कलाकारहरुको जमघट देखियो । निर्देशक रामबाबु

नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल–भारत कविता

Suggested