तराईमा जुडशीतल पर्व मनाइँदै



मिथिलाञ्चलमा विहिबार लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने पूर्वी क्षेत्रका थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आहत मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।

मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । जुडशीतलमा रहेका दुई पद जुड र शीतल मानव कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।

यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस क्रममा मैथिल एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिक रूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ । यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरको दैलो तथा घरको बीचमा रहेको खम्बालाई पनि चिस्याउने गरिन्छ । यस दिन चुलो पनि चिस्याउने भएकाले चुलोमा आगो बालिँदैन ।

जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छ– एक सालको खाना अर्को सालमा खानुपर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ ।

त्यस्तै पशुपंक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोढा, सवारी साधनमाथि पानी चिस्याउने गरिन्छ । त्यस्तै यस पर्वमा गाउँका इनार तथा कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ । जीउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ । ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरू भएको बताइन्छ ।

जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छ– एक सालको खाना अर्को सालमा खानुपर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ । यस पर्वमा तरुवा, बरी (बेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ । त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । चिलका लागि नैवेद्य छानामाथि राखिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने चलन छ । यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिने परम्परा रहेको छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

आइतबार साँझ मुम्बईको यशराज स्टुडियोस्थित प्रिभ्यु थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र पि एस टुको विशेष प्रदर्शन गरियो

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।  कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा