English

टर्कीमा फेला पर्‍यो फलामे युगको कम्प्लेक्स



एक महत्वपूर्ण खोजमा टर्कीमा एउटा भूमिगत फलामे युगको कम्प्लेक्स फेला परेको छ । संरचना अस्तव्यस्त भएकाले पुरानो परिसरको पूर्णअध्ययन हुन बाँकी छ । कम्प्लेक्समा पुरातत्वविद्हरूले पर्खालहरूमा दुर्लभ चट्टान कला चित्रहरू फेला पारेका छन्, जसले अश्शुर शैलीमा चित्रण गरिएका देवताहरूको जुलुस देखाउँछन् ।

खोजले प्रारम्भिक चरणहरूमा यस क्षेत्रमा अश्शुरी प्रभुत्वको जानाकारी दिने अध्ययनका लेखक तथा सोसल साइन्स युनिभर्सिटी अफ अंकाराका सेलिम फेरुह अदालीले बताए ।

सन् २०१७ मा लुटेराहरूले यसलाई टर्कीको बासबुक गाउँमा दुई तले घरमुनि फेला पारेपछि पुरानो भूमिगत कम्प्लेक्स उत्खनन गरिएको थियो । लुटेराहरूले त्यसको खजनालाई निशाना बनाएका थिए । तर, उनीहरूको योजनालाई प्रहरीले बिथोलिदिएको थियो ।

प्रहरीले घटनाबारे एउटा पुरातात्विक संग्रालयलाई खबर गरेका थिए । हाल सो क्षेत्र टर्कीको संस्कृति र पर्यटन मन्त्रालयको कानूनी संरक्षणअन्तर्गत छ । अध्ययन एन्टिक्युटी जर्नलमा बुधबार प्रकाशित छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,