English

४४ अंकले बढ्यो नेप्से



साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से सूचक बढेर बन्द भएको छ। आइतबारदेखि बढ्न थालेको शेयर बजार मंगलबार ४४.१६ अंकले बढेर २३१३.०० विन्दुमा पुगेको हो।

यस दिन हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। हाइड्रोपावर कम्पनीहरुमा हकप्रदको हल्लाले सो कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको हो। मंगलबार विद्युत नियमन आयोगले ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएसँगै ती कम्पनीहरुको शेयरमूल्य उच्च दरले बढेको छ।

अन्य धेरै हाइड्रोपावर कम्पनीहरु हकप्रद निष्काशनको तयारीमा रहेको अवस्थामा आयोगले हकप्रद जारी गर्न अनुमति दिन थालेसँगै यस क्षेत्रका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको हो।

यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३.२७ प्रतिशत र विकास बैंकको २.६५ प्रतिशतले बढेको छ। अन्य उपसमूहका सूचकहरु पनि सकारात्मक नै छन्।

यस दिन कारोबार रकम भने बढ्न सकेन। मंगलबार पनि १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका २० वटा स्टकको मात्रै शेयरमूल्य घटेको छ। ८ वटाको स्थिर छ। भने बाँकी १९६ वटा स्टकको शेयरमूल्य बढेको छ।

मंगलबार बरुण हाइड्रोपावर, ङादी हाइड्रोपावर र जालपा लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने युनिभर्सल पावर, दिब्यश्वरी हाइड्रोपावर र नेश्नल हाइड्रोपावरको पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

यता उन्निती सहकार्य लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २.५२ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्तको १.६१ प्रतिशत र तारागाँउ रिजेन्सि होटलको १.५४ प्रतिशतले घटेको छ।

मंगलबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड २८ लाख र बरुण हाइड्रोपावरको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested