English

विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?



उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले विलासिता वस्तुमा बन्देज गर्यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० विलासीका वस्तु आयातमा रोक लगाएको छ ।

पुण्य विक्रम खड्का
सूचना अधिकारी तथा निर्देशक. भन्सार विभाग

हामीले अत्यावश्यक वस्तुमा रोक लगाएका छैनौँ । आवश्यक परेमा कच्चापदार्थ ल्याएर उत्पादन गर्न पनि सकिन्छ ।

सरकारले अहिले तत्कालै नभई नहुने वस्तु आयातमा भने रोक लगाएको छैन । बन्देज लगाएका वस्तुमध्ये कच्चापदार्थ आयातमा रोक नलगाएको भन्सार विभागका सूचना अधिकारी तथा निर्देशक पुण्य विक्रम खड्का बताउँछन् । ‘हामीले अत्यावश्यक वस्तुमा रोक लगाएका छैनौँ । आवश्यक परेमा कच्चापदार्थ ल्याएर उत्पादन गर्न पनि सकिन्छ ।’ उनले भने, ‘राजपत्रका आधारमा वैशाख १३ अगाडि आएका प्रतिबन्धित वस्तुलाई जाँच पास गर्नेछौँ, तर त्यसपछि आयात भएको वस्तुलाई गर्दैनौँ ।’

आयातमा प्रतिबन्ध लगाए पनि यसअघि आयात गरिएका वस्तुहरू प्रशस्त मात्रामा भित्रिएको र वस्तु अभाव नहुने सूचना अधिकारी तथा निर्देशक खड्काले जनाए । ‘आयात बन्द भएका वस्तुमा कसैले कालो बजारी र अभाव सिर्जना गरेमा अनुगमन गरी सोहीअनुसार कारबाही हुनेछ ।’ उनले भने ।

अर्थ संकटको संकेतलाई सरकारले बेवास्ता गर्यो प्रो एक्टिभ हुन सकेन, संकेतलाई ध्यान दिए प्यारालल इकोनोमी, रेमिटेन्सजस्ता समस्या आउने थिएन ।

वस्तु आयात बन्द हुँदा कालोबजारी र अभाव हुन्छ । तर, यसलाई नियन्त्रण नियमन गर्न जिल्लास्तरबाटै अनुगमन गरिने अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला बताउँछन् ।

सरकारले अर्थ संकटको संकेत थाहा पाएर पनि बेबस्ता गरेकाले हालको समयमा आयात थप्प गर्नु पर्ने परिस्थित सिर्जना भएको अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन् । आयात बन्देज गर्नु बाध्यकारी अवस्था निमार्ण गर्नु रहेको खनालको भनाइ छ । ‘अर्थ संकटको संकेतलाई सरकारले बेवास्ता गर्यो प्रो एक्टिभ हुन सकेन,’ उनले भने, ‘संकेतलाई ध्यान दिए प्यारालल इकोनोमी, रेमिटेन्सजस्ता समस्या आउने थिएन ।’

यो अरेन्जमेन्ट वा स्टक ग्याप हो । यो खाले परिबन्द लामो समय जानु हुँदैन । यसबारे बरु अरू विकल्प खोजेर जानुपर्ने हुन्छ ।

डा. डिल्लीराज खनाल
अर्थविद्

सरकारले आयातित वस्तुलाई ध्यान नदिँदा विदेशी मुद्रा सञ्चिति र बैंकिङ सेक्टरमा तरलता बढेको जनाए । ‘आर्थिक समस्या देखिनु प्रवृत्ति, प्रकृति र नियति तीन पक्ष मुख्य करण हुन्, यसलाई सरकार व्यवस्थापन गर्न सकेन ।’ उनले भने ।

चुनावको मुखमा यस्तो खाले बन्देज ल्याउँदा व्यापक मूल्य वृद्धि हुने झनै समस्या आउन सक्छ । ‘यो अरेन्जमेन्ट वा स्टक ग्याप हो । यो खाले परिबन्द लामो समय जानु हुँदैन । यसबारे बरु अरू विकल्प खोजेर जानुपर्ने हुन्छ ।’ उनले थप्दै भने, ‘यसले करेन्सी रिजर्भमा कम होला, तर राजस्वमा ठूलो प्रतिकूलता आउन सक्छ बढीमा एक महिनाभन्दा प्रतिबन्ध गर्नु हुँदैन ।’

अर्थ संकटको संकेत देखिँदै आन्तरिक उत्पादन बढाउने, पुँजीगत खर्च घटाउने, आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्ने, रेमिटेन्स पठाउन आग्रह गर्नुपर्ने उनले आयातलाई व्यवस्थापन गर्न सुझाव दिँदै भने ।

डा. गोविन्द नेपाल
अर्थविद्

हालको व्यापार घटालाई कम गर्नका निम्ति कुन–कुन आयात वस्तुमा बन्देज लगाउने बाध्यता छ, जुन सरकारले गर्छ । ती संकट हटेपछि बन्देज हटाउनुपर्छ ।

आयातित वस्तुलाई बन्देज लगाउनु तत्कालीन रणनीतिको रहेको अर्थविद् डा. गोविन्द नेपाल बताउँछन् । ‘हालको व्यापार घटालाई कम गर्नका निम्ति कुन–कुन आयात वस्तुमा बन्देज लगाउने बाध्यता छ, जुन सरकारले गर्छ । ती संकट हटेपछि बन्देज हटाउनुपर्छ ।’ अर्थविद् नेपाले भने, ‘हाल बन्देज गरेको औद्योगिक वस्तु हो, जसले अर्थतन्त्रलाई सन्तुलन गर्नका निम्ति यो रणनीति अपनाएको हो ।’

परिबन्द लगाएर मूल्य वृद्धि र अभाव सिर्जना नहुनका लागि सरकारी स्तरबाट सूक्ष्म अनुगमन हुन आवश्यक रहेको नेपालको सुझाव छ ।

विलासिता वस्तुलाई दीर्घकालीन आयातमा रोक लगाउँदा अर्थतन्त्र अझै संकटमा धकेलिन सक्छ । आधुनिक युगमा मोबाइल फोन, सवारी साधन, टेलिभिजन यस्ता वस्तु आवश्यक नै पर्छ ।

त्यसैले, यस्ता वस्तुको साटा देशमा उत्पादन हुने कृषि जन्य वस्तु उत्पादनमा जोड दिनुपर्ने नेपालको भनाइ छ ।

कृषिजन्य वस्तुको उत्पादन बढाउनका लागि आयातित वस्तुलाई निरुत्साहित गर्ने, किसानलाई सहुलियत दिने, बजार अनुगमन व्यवस्थापन गरी योजना बनाएर आयात व्यवस्थापन गर्नुपर्ने नेपालले सुझाए ।

पक्कै पनि कृषिजन्य वस्तु उत्पादनका लागि प्रोत्साहन गरेमा र औद्योगिक क्षेत्रका वस्तुभन्दा कृषि जन्य वस्तुमा आयात बन्देज लगाएमा अर्थतन्त्रमा आइपर्ने संकटलाई कम गर्न सकिन्छ ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested