English

नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्बभन्दा बढी



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष कूल वैदेशिक व्यापार ३४.९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको साउन देखि चैत मसान्तसम्मको अवधिमा नेपालको कुल वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजार रुपैयाँको रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्षको पहिलो नौ महिनामा नेपालको आयात ३१.९७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले कुल १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६९.४४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले मात्र ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

यो पनि…
वैदेशिक व्यापार ४६.४३ प्रतिशतले वृद्धि
सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब नाघ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested