English

सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब नाघ्यो



चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको रहेको छ ।

चालु आर्थिक वर्षको शुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ को पहिलो सात महिनामा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार यो वर्षको पहिलो सात महिनामा नेपालको आयात व्यापार ४२/७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको शुरुवाती सात महिनामा नेपालले ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको निर्यात व्यापार ८८.३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो साता महिनामा नेपालले ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

मोबाइल खरिदमा मात्रै २८ अर्ब ३८ करोड बाहिरियो

चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो साता महिनामा विभिन्न देशबाट नेपालमा ४० लाखभन्दा बढी मोबाइल सेट भित्रिएको पाइएको छ । ती मोबाइल सेट खरिद गर्नको लागि नेपालबाट २८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालमा ४० लाख ५ हजार ८ सय ४ थान मोबाइल सेट भित्रिएको छ ।

सोही अवधिमा ती मोबाइल सेट खरिद गर्न नेपालबाट २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँ बाहिरिएको छ । जसबाट सरकारले ४ अर्ब ४९ करोड ११ लाख ९४ हजार रुपैयाँ राजस्व उठाएको छ ।

२५ अर्बको सुन भित्रियो

चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको सुन भित्रिएको छ । सो मूल्यमा ३ हजार ६ सय ४३ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो ।

भन्सार विभागका अनुसारमा नेपालमा टर्की र यूएईबाट मात्र सुन आउने गरेको छ । २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालमा युएईबाट १९ अर्ब ६४ करोड ७७ लाख २१ हजार रुपैयाँबराबरको २,८३१.५ केजी सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । यूएईबाट नेपाल आएको छ । त्यसैगरी, सात महिनाको अवधिमा टर्कीबाट नेपालमा ५ अर्ब ५६ करोड ९१ लाख ९ हजार रुपैयाँ बराबरको ८११.५ केजी सुन भित्रिएको छ ।

गत आर्थिक वर्ष ०७७/७८ को पहिलो सात महिनामा नेपालमा १४ अर्ब ९५ करोड २७ लाख २६ हजार रुपैयाँको सुन भित्रिएको थियो । सो मूल्यमा २ हजार १ सय केजी सुन नेपाल भित्रिएको थियो ।

१२ अर्ब ६९ करोडको चाँदी आयात

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नेपालले विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी खरिद गरेको छ । सो मूल्यमा १ लाख ३४ हजार २ सय ९५ किलो चाँदी नेपाल भित्रिएको छ ।

नेपालमा चीन, हङकङ, भारत, इन्डोनेसिया, सिङ्गापुर, स्विट्जरल्यान्ड, टर्की र यूएईबाट चाँदी आउने गरेको छ ।
आर्थिक वर्ष ०७७/७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँमा ३ हजार ९२४.५ केजी सुन विभिन्न देशबाट खरिद गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

यो पनि…
मासुमा आत्मनिर्भर बन्न खसी–बोकाको उत्पादन बढाए पुग्ने
आलुले पनि बनाउँछ आत्मनिर्भर
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित