English

नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्यका सियो नेपाल भित्रिएको हो । 

पछिल्लो आठ महिनामा कुल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाउँछ । 

सो मूल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४ सय ७३ केजी सियो नेपालले आयात गरेको छ । 

विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारबाट नेपालमा सियो भित्रिएका छन् । 

नेपालले सबैभन्दा बढी सियो भारत र चीनबाट आयात गर्ने गरेको छ । चालू आर्थिक वर्षको सुरुवाती आठ महिनामा चीनबाट २ करोड ४४ लाख ३५ हजार रुपैयाँ र भारतबाट ७९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको देखिन्छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ करोड ५४ लाख ३ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षमा आयात गरेको भन्दा बढी मूल्यको सियो नेपालले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आयात गरिसकेको छ । 

किन बन्न सकेन नेपाल कुनै वस्तुमा आत्मनिर्भर

कुनै पनि मुलुक एक्लै सबै वस्तुमा आत्मनिर्भर बन्न सक्दैन । धनी मुलुक होस् वा गरिब मुलुक, कोही पनि आत्मनिर्भर बन्न सक्ने अवस्था छैन ।

त्यसैले प्रतिस्पर्धात्मक विश्वबजारमा आफूले जे बेच्न सकिन्छ त्यो बेच्ने र आवश्यक वस्तु किन्ने हो । पछिल्ला तीन-चार दशकदेखि हामीले विश्व बजारमा कुनै खास वस्तु बेच्न सकेका छैनौँ।

हामी वस्तुभन्दा सेवा (मानव श्रम) बेच्ने मुलुकमा परिरहेका छौं । खाडीलगायत विभिन्न मुलुकमा हामी युवाको श्रम बेचिरहेका छौँ र त्यसबाट आएको पैसाले खाद्यान्न खरिद गरेर जीवन निर्वाह गरिरहेका छौँ। अहिलेको विश्वमा जसले वस्तु,सेवा, सीप र प्रविधि बेच्न सकेको छ त्यो मात्र सफल बनेको अवस्था छ। हामीले जस्तो सस्तो श्रम बेचेर कोही पनि मुलुक सम्पन्न हुन सकेको छैन।

हामीकहाँ सम्भावना र अवसर नभएका होइनन्। जलस्रोत र जडीबुटी मात्र राम्रोसँग बेच्न सके पर्याप्त आम्दानी हुन सक्छ। प्रत्येक वर्ष करोडौँको संख्यामा मानिस समुन्द्रको सयर गर्न पुग्छन्। आवश्यक प्रचारप्रसार र उचित प्रबन्ध गर्न सके तिनै मानिसलाई हिमाल हेर्न ल्याउन सकिन्छ। रमणीय र लोभलाग्दा हिमालका काखमा नरमाउने प्राणी कुन होला?

तर हामीकहाँ योजना बनाइँदैन। नेता र प्रशासक कसरी आफ्नो दुनो सोझ्याउने भन्नेमै चिन्तित छन्। मुलुकका लागि यहाँ सोच्ने कोही देखिएको छैन। खाडी मुलुकहरूमा अबको केही समयमा पेट्रोलियम पदार्थको सञ्चिति सकिँदैछ।

पेट्रोलियम पदार्थ बेचेर धनी भएका उनीहरूले अबको गन्तव्य पर्यटनलाई बनाउन थालेका छन्। अहिले त्यहाँ पर्यटन लक्षित पूर्वाधार बनाउने होड चलेको छ। अल्पकालीन योजना पनि बनाउन नसक्ने हाम्रो लागि दीर्घकालीन लक्ष्यको विषय त पर नै भयो।

हामीले कृषिलाई आफ्नो मुख्य पेसा बनाएको दशकौँ भइसकेको छ तर जीवन निर्वाह भने छिमेकी मुलुकले उत्पादन गरेको खाद्यवस्तुबाट भइरहेको छ। यस अर्थमा कृषिप्रधान मुलुक भन्नु अब आफैँमा लाजलाग्दो विषय बनेको छ।

यो पनि…
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो
यसो गरे तयारी खाद्य तेलको आयात घटाउन सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested