थारू समुदायको माघ : नयाँ वर्ष कि आर्थिक वर्ष ?
‘बाबाकी सगर गैनु हाँ, मुरिया लहाने
सखी ए हो, सेंडुर छुटल पानीघाट, सखी ए हो ! …’
केही दिनयता थारू बस्तीहरूमा यी र यस्तै गीतहरू सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ढुम्रु विशेष गीतको रूपमा लिइन्छ । माथिको गीतले माघ आगमनको संकेत गर्छ र मनभित्र गुम्सिएका पीडालाई पनि बिर्साउँछ अनि धेरै दिनदेखि छुट्टिएर बसेका साथी, भाइ, इष्टमित्रहरूसँग भेटघाटमा जोडिदिएको अनुभूत गराउँछ ।
यसरी, सद्भावपूर्ण महत्वका साथ गाइने यस गीतले माघको वास्तविक सांस्कृतिक झल्को पनि दिन्छ । समयसँगै अहिले माघ मनाउने शैली फेरिँदै गएको छ । हिजो गाउँघरमा नाचगान गरेर मनाइने माघ अहिले मञ्च कार्यक्रम गरेर राजधानी लगायत शहर केन्द्रित भइरहेको छ भने विदेशमा रहेका थारू समुदायले पनि महोत्सवको रूपमा मनाउँदै आएको खबर आइरहेका छन् । यसैले, यसको महत्व अझै बढ्दै गएको अनुभूति गर्न सकिन्छ ।
थारू समुदायमा यसलाई नयाँ वर्षको रूपमा मान्ने गर्छन् । कसैले यस पर्वलाई आर्थिक वर्षको रूपमा पनि लिने गर्छन् । जसले जे भने पनि माघ पर्व थारू समुदायको मौलिक पर्व हो र यसलाई नयाँ वर्ष र आर्थिक वर्षको रूपमा लिने गरिन्छ ।
‘माघ’ के हो, कसरी ‘माघी’ भयो ?
‘माघ’ खासमा पश्चिमा थारू समुदायले मनाउने एक विशेष पर्व हो । माघ पर्वलाई ठाउँअनुसार थारू समुदायले माघ, खिचरा, तिला संकराइत भन्ने गर्छन् भने मगर समुदायले माघे संकराती र अन्य समुदायहरूले माघे संक्रान्ति अथवा मकर संक्रान्ति भन्ने गर्छन् । तर, केही वर्षयता केही कार्यक्रमका ब्यानर र केही संगीतहरूमा ‘माघ’ शब्दमा विशेषण जोडेर ‘माघी’ शब्द प्रयोगमा आएको देखिन्छ र ‘माघी’ थारू समुदायको पर्व हो भन्ने भ्रम छ ।
तर, वास्तवमा थारू समुदायको ‘माघ’ नै मौलिक पर्व हो, ‘माघी’ होइन । यो शब्द घर छोडेर राजधानी छिरेका थारू युवाहरूले काठमाडौंमा १५/१६ वर्ष पहिले माघ विशेष कार्यक्रम मनाउँदा केही ब्यानरहरूमा ‘माघी’ महोत्सव लेखिएकै आधारमा पूर्वका थारू समुदाय र गैरथारू समुदायले ‘माघी’ भन्ने बुझे र यो शब्द प्रयोगमा आएको भेटिन्छ । अन्यथा यसभन्दा पहिले र आम थारू समुदायमा माघ पर्वको रूपमा चिनिन्छ । यो पर्व माघ महिनामा मानिने हुनाले यस पर्वलाई ‘माघ’ भनिएको हुनुपर्छ अथवा आदिम समुदाय थारू जातिको विशेष पर्वको नाममा माघ महिनाको निर्धारण भएको हुनुपर्छ भन्ने तर्क पनि छ ।

थारू समुदायमा यसलाई नयाँ वर्षको रूपमा मान्ने गर्छन् । कसैले यस पर्वलाई आर्थिक वर्षको रूपमा पनि लिने गर्छन् । जसले जे भने पनि माघ पर्व थारू समुदायको मौलिक पर्व हो र यसलाई नयाँ वर्ष र आर्थिक वर्षको रूपमा लिने गरिन्छ । केही वर्ष पहिले अथवा कमैया, कम्लहरीहरू मुक्त हुनुभन्दा पहिले हलिया, मुक्त कमैयाहरू विशेष छुट्टी पाउँथे भने रैती या अन्य व्यक्तिहरू केही समयको लागि छुट्टी पाउँथे ।
गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन र घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गरिन्छ ।
यसरी कामबाट मुक्त भएर अथवा स्वतन्त्ररूपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसको रूपमा पनि लिने गरिन्थ्यो । यस अवसरमा नयाँ रीति–स्थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन र घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गरिन्छ । त्यसैगरी, यस पर्वका बाहिर र गाउँमै रहेका इष्टमित्रहरू स्वतन्त्ररूपमा मान्ने र मनोरञ्जनका नाच–गान पनि गरिने हुँदा यसलाई सद्भाव र सांस्कृतिक पर्वको रूपमा पनि लिने गरिन्छ ।
कहिले र कसरी मनाइन्छ ?
थारू समुदायमा धुमधामसँग मनाइने माघको तयारी केही दिन पहिलेदेखि नै शुरु हुन्छ । पात टिप्ने, दाउरा ल्याउने, जाँड–रक्सी पार्ने, माछा मार्ने ठाउँको छनोट लगायतका कार्य गरिने गरिन्छ ।
माछा मार्नका लागि माघअगावै कुलो, खोलानालामा चिनो राखिन्छ । यसलाई थारू भाषामा ‘झुक्का डर्ना’ अथवा ‘भ्युँरा–डर्ना’ भनिन्छ । झुक्का (चिनो) राखिएपछि त्यस ठाउँमा कसैले माछा मार्न पाउँदैन ।
माघमा सुँगुरको मासु विशेष मानिन्छ । त्यसैले, माघअगावै कहाँ सुँगुर काट्ने भन्ने कुराको निश्चितता पनि पहिले नै भइसकेको हुन्छ ।

पुस अन्तिम दिन
पुस महिनाको अन्तिम दिन जसलाई ‘सुवर मर्ना’ दिन भनिन्छ । यस दिन बिहानैदेखि झुक्का हालेर रख्वारी गरेका कुलो तलाउमा माछा मार्ने र सुँगुर मार्ने गरिन्छ । साँझ परेपछि आफ्नो इष्टमित्र, साथी भाइ कहाँ गएर जाँड, सुँगुरको मासु खाँदै पर्व गीत ‘ढमार’ गाउँदै माघ पर्वको प्रारम्भ गर्छन् । ढमार माघमा मात्रै गाइने आवधिक गीत होे ।
थारू समुदायमा सुँगुरको मासु विशेषरूपमा लिने गरिन्छ । यसकारण पनि यस दिनलाई ‘सुवर–मर्ना’ दिन भनिएको हो । रैतीहरू आफ्ना जमिन्दारकहाँ दाउरा, पात दिन जान्छन् । उनीहरूलाई जमिन्दारहरूले पनि ठूलै सम्मानका साथ खुवाउने पिलाउने गर्छन् ।
थारू समुदायमा सुँगुरको मासु विशेषरूपमा लिने गरिन्छ । यसकारण पनि यस दिनलाई ‘सुवर–मर्ना’ दिन भनिएको हो । रैतीहरू आफ्ना जमिन्दारकहाँ दाउरा, पात दिन जान्छन् । उनीहरूलाई जमिन्दारहरूले पनि ठूलै सम्मानका साथ खुवाउने पिलाउने गर्छन् । र, खानपिनसँगै उनीहरूले ‘ढमार’ गाएर मनोरञ्जन गर्छन् । त्यस दिन राति ककन्दारको घरमा गाउँभरिका मान्छेहरू जम्मा भई मादल, डफको तालमा ढमार गाउँछन् ।
आँगनमा ठूला–ठूला मूढा बालेर धुनी जलाइन्छ । त्यही धुनी ताप्दै उनीहरू जाँड खाँदै रातभरि जाग्राम बसेर ढमार (ढुमरु) गाउने चलन छ । आधुनिक ढमार गीतको केही अंश यस्तो छ:
जागो–जागो, जागो रे मोरे डाडु
अब हमार सुट्ना बेला नाइ हो ऽऽ
पहिलो टो बनुवाँ फँरलै मलिकवन
बनि गैलैं बरे जिम्डार हो ऽऽ
अब टो बनुवा फँरटै हो टस्कर
कैसिक बचाई बर्का बनुवा हो ऽऽ
ढमार गीतका विभिन्न सन्दर्भहरू रहेका छन् । पहिलेका पुराना ढमारमा प्रकृतिप्रेम, स्तुतिगान, प्रेमालाप र मनोरञ्जनको प्रभाव बढी भेटिन्थ्यो भने अहिलेको आधुनिक ढमारमा भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, दमनप्रतिको वितृष्णा र मुक्ति, अधिकार, राष्ट्रियता, प्रकृति एवं शान्तिप्रतिको आशाका भाव झल्किन्छन् । जुन गीतभित्रका गम्भीर अभिव्यक्तिले सकारात्मक चिन्तन, एकापसमा सद्भाव र समयबोध गराउँछ ।
दाङलगायत पश्चिमा थारू जिल्लाहरूमा ‘मघौटा नाच’ प्रचलित छ । माघ आउनुभन्दा पहिलेदेखि थारू युवायुवतीहरू मघौटा गीत गाउँदै नाचेर रमाउने गर्छन् । नाचमा मादल, झाल, कस्टार बजाउँदै छाता ओढेर नाच्ने गर्छन् ।
ढमार गीतसँगै माघमा मघौटा नाच विशेष मानिन्छ । देउखुरीक्षेत्रमा ढमार गीत गाइए पनि ‘माघ’विशेष भनेर कुनैै छुट्टै प्रकारको नाच भने हुँदैन अथवा माघ पर्वमा ‘मघौटा नाच’ नाचिदैन । योे क्षेत्रविशेषको चलनअन्तर्गत पर्छ । गाउँको सबै रस्तीबस्ती मिलिसकेपछि गाउँका खास जिम्मेवारी पाएकाहरूले ‘संग मिलाई’ चुक्की या माघ आउनुभन्दा पहिले ‘संग छुटाई’ चुक्की खाने चलन छ । यही चुक्कीमा ‘झुम्रा नाच’ नाचेर रमाउँछन् । जुन नाच अरू मनोरञ्जनको अवसरमा पनि नाचिन्छ ।
तर, दाङलगायत पश्चिमा थारू जिल्लाहरूमा ‘मघौटा नाच’ प्रचलित छ । माघ आउनुभन्दा पहिलेदेखि थारू युवायुवतीहरू मघौटा गीत गाउँदै नाचेर रमाउने गर्छन् । नाचमा मादल, झाल, कस्टार बजाउँदै छाता ओढेर नाच्ने गर्छन् । मघौटा गीतको केही अंश:
‘सखी ए हो !
माघक पिलि, गुरि–गुरि जाँर, सखी ए हो !
थारू समुदाय प्रकृतिपूजक भएकोले यस पर्वमा उनीहरू ‘कुवँरवर्ती’ (जलदेवी) सँग आफ्ना दुःख, सुख सुनाउने र मागहरू माग्ने गर्छन् । उनीहरू पानीमा डुबेर भगवानसँग आफ्ना मागहरू राख्छन् । यसरी मागे माग पूरा हुने जनविश्वास छ ।
माघ १
राति भाले बासेपछि महिलाहरू बिहान ढिक्री/रोटी बनाउन उठ्छन् भने गाउँका पुरुष मानिसहरू ढमार गाउँदै, मादल, डफ बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलाशयमा नुहाउन जान्छन् ।
थारू समुदाय प्रकृतिपूजक भएकोले यस पर्वमा उनीहरू ‘कुवँरवर्ती’ (जलदेवी) सँग आफ्ना दुःख, सुख सुनाउने र मागहरू माग्ने गर्छन् । उनीहरू पानीमा डुबेर भगवानसँग आफ्ना मागहरू राख्छन् । यसरी मागे माग पूरा हुने जनविश्वास छ । त्यति मात्रै होेइन आजको दिन नयाँ कपडा फेर्ने दिनको रूप पनि लिइन्छ । वर्षभरि पुराना लुगा लगाए पनि आजको दिन लुगा फेर्न सके राम्रो हुने पुरानापुस्ताका जानकारहरू बताउँछन् ।
माघमा नुहाउने चलन स्वास्थ्यको दृष्टिकोणले पनि वैज्ञानिक देखिन्छ । जाडोका कारण कतिपय मानिसहरू महिनौं ननुहाएका कारण छाला रोग, लुतो, घाउ, खटिरालगायत कपालमा जुम्रा पर्ने सम्भावना पनि बढी हुन्छ ।
तर, माघ पर्वमा सबैले अनिवार्य नुहाउनैपर्ने चलन भएकोले शरीर सफा हुन्छ । घाउ खटिरालगायत रोग लाग्न पाउँदैन र जलदेवीसँग मागेको मनोइच्छा पनि पूरा भएको अनुभूति हुन्छ । यस अवसरमा कोही लामो समयदेखि बिरामीमा परेको छ या कुनैै समस्या छ भने मनोकामना गर्दै जलदेवीलाई भाकल गर्ने गर्छन् । स्वेच्छाले भाले, परेवा या पूज्ने वाचा गर्छन् ।
यदि, आफ्नो माग पूरा भए तीन या पाँच वर्षमा आफूले वाचा गरेका भाले, परेंवा पूज्ने गर्छन् र यसरी पूज्ने र भाकल गर्ने कामलाई ‘मनौटा पुज्ना’ भनिन्छ । नुहाउन जाँदा साथमा पिठो या चामलको टीका र तिलको छन्टी लिएर जान्छन् । थारू समुदायमा सेतो टीका लगाउने चलन छ । सेतो टीका शान्तिको प्रतीकको रूपमा लिइन्छ । यसलाई चोखो अथवा पवित्र वस्तुको रूपमा पनि लिइन्छ । सेतो टीका पारदर्शिताको प्रतीक पनि हो । सेतो वस्तुमा कुनैै पनि दाग लाग्यो भने प्रष्टै देखिन्छ ।
नुहाएर घरमा आई ‘निसराउ’ निकाल्ने चलन छ । निसराउ भनेको चामल, मासको दाल र नुनको पाहुर होे । जुन आफ्ना चेलीबेटीहरूलाई पाहुरको रूपमा दिने जाने चलन छ ।
त्यसैले, माघ नुहाएर कुनैै किसिमको गलत क्रियाकलाप नगर्ने प्रतिबद्धताका साथ शपथ खाने गरिन्छ । त्यसैगरी, आजको दिन तिलको आगो ताप्ने चलन छ । तीलको आगो पवित्र मानिन्छ । यसको आगो तापेमा मन पनि पवित्र हुन्छ भन्ने मान्यता छ थारू समुदायमा ।
यसरी नुहाएर घरमा आई ‘निसराउ’ निकाल्ने चलन छ । निसराउ भनेको चामल, मासको दाल र नुनको पाहुर होे । जुन आफ्ना चेलीबेटीहरूलाई पाहुरको रूपमा दिने जाने चलन छ । निसराउ आफ्नो क्षमताअनुसार केही थप गरेर पनि दिने गरिन्छ । निसराउ निकालेर जन्म दिने आमा–बुबालाई ढोग गरेर आशिर्वाद लिने गरिन्छ । आमा–बुबा नभएकाहरूले आफ्ना घरमूली वा नजिकको नाता पर्ने ठूला बडाहरूसँग आशिर्वाद लिने गरिन्छ ।
नाताअनुसार ढोग आशिर्वाद लिँदै खानपिन पनि शुरु हुन्छ् । आज दिनभरि गाउँमा यसैगरी, सेवा–ढोग गर्दै माघ स्वतन्त्र भएर मान्ने चलन छ । यसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । समाजमा बसेपछि कहिलेकाहीँ कसैसँग ठाकठुक पर्नु स्वाभाविकै हो । यसरी, बेमेल भए पनि एकापसमा सेवासलाम (ढोग) लागेर अंकमाल गर्दा मेलमिलाप तथा सम्बन्ध प्रगाढ हुन्छ ।
त्यसैले, माघलाई मेलमिलापको दिनको रूपमा पनि लिइन्छ । मानिसहरू स्वतन्त्र रूपमा माघ मनाएझैं पहिले–पहिले घरमा पालिएका पशुहरू सुँगुर, भेडा–बाख्रा, गाई–गोरु, राँगा–भैंसी पनि छाडा छाडिन्थे । कसैको बाली नोक्सानी गरे पनि त्यस दिन आममाफी हुन्थ्यो । तर, योे चलन अहिले छैन । योे समयको माग पनि हो । हिजोको अवस्थामा जे जस्तो भए पनि आज यसरी छाडा छोड्दा नोक्सान बढी हुने भएकोले रोक लगाइएको होे ।
माघमा सुँगुरको मासु, मुलासहितको सुंगुरको मासु, मेवाको अचार, मसिनो आलुको चट्नी, अन्डी (धान) को जाँड र लामो ढिक्री खास परिकार मनाइन्छ । ढिक्री थारू समुदायमा हरेक पर्वमा फरक–फरक प्रकारका हुन्छन् ।
माघमा सुँगुरको मासु, मुलासहितको सुंगुरको मासु, मेवाको अचार, मसिनो आलुको चट्नी, अन्डी (धान) को जाँड र लामो ढिक्री खास परिकार मनाइन्छ । ढिक्री थारू समुदायमा हरेक पर्वमा फरक–फरक प्रकारका हुन्छन् । माघमा लामो ढिक्री हुन्छ । माघपछि समय लामो हुने भएकोले लामो ढिक्री बनाएको तर्क छ थारू समुदायमा ।
अर्को तर्कअनुसार माघमा लामो ढिक्री खाएपछि आयु लामो हुने जनधारणा पनि छ । योे खोजको विषय होे यद्यपि ढिक्रीमा थारू समुदायको मौलिकता झल्किन्छ । आजको दिन साना–साना बालबालिकाहरू पनि निकै रमाउँछन् । उमेर पुगेकाहरू घर–घरमा गएर जाँड, सुँगुरको मासु खाँदै ढमार गएर मनाएजस्तै उनीहरू घर–घरमा गई ढिक्री मागेर रमाउने गर्छन् । उनीहरू समूह–समूह बनाएर घरमा पुग्छन् र कराउँछन् ‘माघ माने अइली, डसिया–डेवारी ।’
यता घरका मुली महिलाले ती बालबालिकाहरूलाई ढिक्री दिएर बिदाइ गर्छिन् । उनीहरू खुसी भएर उफ्रिँदै अर्को घर लाग्छन् । योे क्रम पनि दिनभरि चल्छ । तर, योे चलन अहिले हराउँदै गएको छ । गाउँमा ढमार गाउने चलन पनि घट्दो छ ।
माघ २
दोस्रो दिन ‘खिच्रहवा’ । खिचडी पकाएर खाने दिन भएकोले ‘खिच्रहवा’ भनिएको हो । खिचडी मासको दाल, चामल, नुन, बेसार, घ्यू या तेलमा पकाइन्छ । खिचडी जस्तै जमिन्दार, रैती, किसान, कमैयाँ, ओर्गिनियाँ, छेग्रहवा, बर्डिवा, भैंसरवा सबै एकै ठाउँ बसेर छलफलमा सहभागी हुने र समान व्यवहार गरिने भएकोले पनि ‘खिच्रहवा’ भनिएको हुनुपर्छ ।
अधिँया–बटैया गरी खेती किसानी गर्ने रैतीहरू आफ्नो जमिन्दार कहाँ ‘करै’ (रक्सी राख्ने करुवा जस्तै माटोको भाडा)मा रक्सी लिएर माघ डेवानी गर्न जान्छन् । वर्षभरिको कामको समीक्षा गर्ने र पुनः जिम्मेवारी लिन–दिन गरिने छलफललाई माघ डेवानी भनिन्छ ।
आज कसैले कसैप्रति पदीय भेदभाव, विभेद गर्न पाउँदैन । सबै स्वतन्त्ररूपमा बोल्न पाउने भएकोले दिल खोलेर छलफलमा सहभागी हुन्छन् । घरभित्रको आन्तरिक छलफल पनि जमेर हुन्छ । को, कुन कामको जिम्मा लिने, उमेर पुगेकाहरूको विवाह गर्ने नगर्ने, ‘छारा’ (बसाइ सर्ने) जाने नजाने, घर छुट्टिने नछुट्टिने, अधिया–बटैया लिने–दिने, वर्षभरिको काम गर्दा मनमुटाव भए त्यसैबेला छलफल गरी सहमतिमा ल्याउने, कसैसँगको लेनदेन, हिसाब–किताब लगायतका घरायसी कुराहरूको गम्भीर छलफल गरी पुनः एक वर्षको लागि जिम्मेवारी लिने–दिने काम हुन्छ ।
अधिँया–बटैया गरी खेती किसानी गर्ने रैतीहरू आफ्नो जमिन्दार कहाँ ‘करै’ (रक्सी राख्ने करुवा जस्तै माटोको भाडा)मा रक्सी लिएर माघ डेवानी गर्न जान्छन् । वर्षभरिको कामको समीक्षा गर्ने र पुनः जिम्मेवारी लिन–दिन गरिने छलफललाई माघ डेवानी भनिन्छ । आजकल करैको रक्सी बोक्ने चलन नभए पनि दुवै पक्षको सल्लाहमा खानपिनको व्यवस्था हुन्छ या जमिन्दारकै घरमा छलफल हुने भएकोले उसैले खानपिनको जिम्मा लिएको हुन्छ ।
छलफल खानपिनपूर्व नै शुरु हुन्छ । अधिया–बटैयाको कुरामा सहमति भए दुवैले एकार्कालाई सेवा–ढोग गरी खुसीयालीमा खानपिनसँगै रमाउँछन् । र, पुनः अघिल्लो दिन बाँकी रहेको ढमारलाई अगाडि बढाउँछन् । यसरी गरिने कामको सम्झौता थारू समुदायमा अलिखित हुन्छ । जुन सम्झौता एक वर्षको लागि मात्रै रहन्छ, अर्को माघपछि स्वतः खारेज हुन्छ ।
अगुवालाई ठाउँ विशेष अनुसार बरघर, ककन्दार, भल्मन्सा, महटाँवा भनिन्छ । अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया, पन्हेर्वा, गाउँको मर्वा (भूँइह्यारथान)को हेरचाहका लागि चिरकिया, गाउँको रक्षक एवं हुलाकीको रूपमा काम गर्ने चौकिदार पनि चयन गरिन्छ ।
माघ ३
तेस्रो दिन ‘भुराखेल’ (ख्याला) । भुराखेल भनेको गाउँभरिका किसान, जमिन्दार, रैतीहरूको बृहत् भेला हो । भेलामा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति हुनुपर्छ र भेला गाउँको अगुवाको घरमा हुन्छ । आज आगामी वर्षका लागि गाउँका अगुवा पनि चुनिने भएकोले विशेष महत्व मानिन्छ ।
अगुवालाई ठाउँ विशेष अनुसार बरघर, ककन्दार, भल्मन्सा, महटाँवा भनिन्छ । अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया, पन्हेर्वा, गाउँको मर्वा (भूँइह्यारथान)को हेरचाहका लागि चिरकिया, गाउँको रक्षक एवं हुलाकीको रूपमा काम गर्ने चौकिदार पनि चयन गरिन्छ ।
बैठकमा गतवर्षमा भए गरिएका बाटो–घाटो, कुलानाला, सडक, धार्मिक पूजापाठ लगायत विकासको कामसम्बन्धी समीक्षा हुन्छ । नयाँ नीति–नियम उल्लंघन गर्नेलाई दण्ड जरिवानाबारे छलफल गरेर क्षतिको मूल्यअनुसार रकम तोकिन्छ, जसलाई ‘खारा लेना’ भनिन्छ ।
नयाँ वर्ष कि आर्थिक वर्ष
यसरी माघलाई हेर्दा थारू समुदायको नयाँ वर्षको रूपमा मनाएको पाइन्छ । तर, आमनेपालीको नयाँ वर्ष वैशाख भएकोले माघ आर्थिक वर्षको रूपमा पनि लिने गरेको पाइन्छ ।
यो पर्व निकै हर्षोल्लासका साथ मनाइने भएकोले थारू समुदायका हरेक तह र तप्काका व्यक्तिहरू स्वतन्त्रतापूर्वक मनाउँछन् । वर्षभरिका लेनदेन, नयाँ थिति रीति बनाउने भएकोले सबैले निशंकोचपूर्ण तरिकाले आफ्ना कुरा राख्न पाउने अधिकार हुन्छ । यसैले यो नयाँ वर्ष र आर्थिक वर्ष दुवैको रूपमा लिन सकिन्छ ।
राज्यबाट विभेद
सदियौंदेखि परम्परागत अनुशासनमा रही आफ्नो शासन पद्धति चलाइरहेको थारू समुदायप्रति भने राज्यले सधैँ विभेद गर्दै आएको छ । माघमा मनोरञ्जन मात्रै होइन महत्वपूर्ण छलफल र जिम्मेवारी बाँडफाँड हुन्छ । यसको लागि गाउँको बौद्धिक अथवा जान्नेमान्ने व्यक्तिहरूको अनिवार्य सहभागिता हुन जरुरी हुन्छ ।
तर, राज्यले आम नेपालीहरूलाई दिइने मकर संक्रान्तिको नाममा माघ १ गते मात्रै बिदा दिएको छ । जुन समय थारू समुदायमा आफ्ना आफन्त, ठूलाबडाहरूसँगको भेटघाट, खानपिन र मनोरञ्जनको समय मानिन्छ । बाँकी २ र ३ गते अत्यन्त जिम्मेवारी र गम्भीर विषयमा छलफल हुने गर्छ । तर, यस्तो महत्वपूर्ण समयमा पनि राज्यले बिदा दिएको छैन । बिदा नभएकै कारण महिनौं दिनसम्म रीति–थिति बन्न नसकेर माघ लम्बिने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।
माघलाई कैयौंले मनोरञ्जन र खानपिनसँग तुलना गर्ने गर्छन् । मूलतः चाड पर्वहरू खानपिन र मनोरञ्जनकै लागि हो यद्यपि थारू समुदायको लागि माघ अंशिक रूपमा यी दुवैँंग जोडिने कुरा स्वाभाविक भए पनि खासमा यसको महिमा व्यवस्थापन हो ।
अर्को कुरा बरघर प्रणाली पनि थारू समुदायको लोकप्रिय र वैज्ञानिक प्रणालीको रूपमा मानिन्छ । पछिल्लो समयमा मिश्रित बसाई र कैयौं कानुनी अड्चनका कारण यो प्रणाली पनि विवादमा तानिँदै गएको छ । यसलाई व्यवस्थित गर्नका लागि केही वर्षयता केही जागरुक थारू अगुवाहरूले गाउँपालिका, नगरपालिका र जिल्लास्तरीय समिति निर्माण गरेका थिए । तर, यसबाट पनि आशातित उपलब्धि हुन सकेको छैन । यसकारण राज्यले समयमा स्पष्ट नीति र कम्तिमा पनि ३ दिनको बिदा दिनुपर्ने थारू अगुवाहरूको माग हुँदै आएको छ ।
माघलाई कैयौंले मनोरञ्जन र खानपिनसँग तुलना गर्ने गर्छन् । मूलतः चाड पर्वहरू खानपिन र मनोरञ्जनकै लागि हो यद्यपि थारू समुदायको लागि माघ अंशिक रूपमा यी दुवैँंग जोडिने कुरा स्वाभाविक भए पनि खासमा यसको महिमा व्यवस्थापन हो । लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने, नीति–निर्माण गरिने भएकोले यस पर्वलाई अझ व्यवस्थित बनाउन जरुरी छ । यसले परम्पराभन्दा पनि अझ लोकतान्त्रिक तथा समृद्ध संस्कृतिको विकास गर्छ ।
त्यसकारण, यसलाई अझ समृद्ध बनाउनका लागि थारू समुदाय आफैँ लागि पर्नु पर्छ र राज्यले पनि सबै जाति समुदायलाई सद्भावमा रही एक अर्काको अस्तित्वलाई स्वीकार्न सक्ने नीति र वातावरण सिर्जना गरी दिनुपर्छ । केही वर्षयता शहर, राजधानीलगायत विदेशमा पनि माघ मनाइँदै आएको छ । यसले पनि यसको महत्वलाई झल्काउँछ ।
(कोपिला थारू भाषा तथा साहित्य संरक्षण मञ्च, दाङका अध्यक्ष हुन् ।)
यो पनि…
थारूबस्तीमा माघीको रौनक : महिलाको व्यस्तता बढ्यो
जन्मदेखि मृत्युसम्म यस्तो छ थारू समाजको जीवनशैली










pornografia dziecięca
Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.