थारूबस्तीमा माघीको रौनक : महिलाको व्यस्तता बढ्यो



कञ्चनपुर शुक्लाफाँटा–३ की सीता चौधरी दुई दिनयता सालको पातका दुना टपरी गाँस्न व्यस्त छिन् । थारू समुदायमा माघीका दिन घरमा आउने पाहुनालाई दुना टपरीमा परिकार पस्किने चलन छ । त्यसो त यस समुदायका महिला र पुरुषलाई यतिबेला माघीले छपक्कै छोपेको छ ।

महिलाहरू दुना टपरी गाँस्न, कुटानी पिसानीमा व्यस्त छन् भने पुरुषहरू सुँगुर किन्न गाउँ पसेका छन् । ‘माघीपर्व घर छेउमै आइपुग्यो । त्यसकै तयारीका लागि व्यस्त हुनुपरेको छ’, सीता भन्छिन्– ‘घरका पुरुष सुँगुर खोज्नमा जुटेका छन् । हामी दुना टपरी बनाउने कार्यसँगै कुटानी पिसानीमा व्यस्त छौँ ।’

पहिला ढिकीमै धान कुटेर चामल बनाई माघी आउन एक दिन अगावै त्यसलाई भिजाएर ढिकीमै कुट्ने चलन थियो । ढिकीमा कुटेको चामलको पिठोबाट ‘ढिक्री’ तयार गरिन्थ्यो । त्यसलाई निकै पवित्र मानिन्थ्यो । तर, आजभोलि त्यो चलन हट्दै गएको सीता सुनाउँछिन् ।

‘मिलमै कुटिएको धानको चामललाई नै प्रयोग गर्न थालेकाले महिलाहरूलाई सजिलो भएको छ,’ उनी भन्छिन्, ‘नत्र त महिलाले बिहानीको झिसमिसेमै उठेर माघीका लागि चामल कुटनुपर्ने बाध्यता थियो ।’

‘मिलमै कुटिएको धानको चामललाई नै प्रयोग गर्न थालेकाले महिलाहरूलाई सजिलो भएको छ,’ उनी भन्छिन्, ‘नत्र त महिलाले बिहानीको झिसमिसेमै उठेर माघीका लागि चामल कुटनुपर्ने बाध्यता थियो ।’

त्यसैले, मिलमै पिसिएको चामलको पिठोबाट थारू समुदायले माघी पर्वका लागि मौलिक परिकार ढिक्री बनाउने गर्दछन् । ढिक्री देवीदेउतालाई पुज्ने कार्यसँगै घरमा पाहुना लाग्न आएकालाई सुँगुरको मासु, माछासँग खान दिइन्छ । सुँगुर खोज्ने र मार्ने कार्य माघी पर्व आउनु एक दिन अगावै गरिन्छ । त्यसलाई ‘जिता मर्ना दिन’ भन्ने गरिन्छ । यस दिन गाउँ टोलका सबै जना मिलेर सुँगुर काट्ने चलन पुस्तौंदेखि गर्दै आएको भलमन्सा (मुखिया) रामप्रसाद चौधरी बताउँछन् ।

‘सुँगुर काट्नुपर्ने भएकाले त्यसको व्यवस्था गर्नमा जुटेका छौं’, उनले भने– ‘एउटा टोलका लागि सुँगुरको व्यवस्था भइसकेको छ । अर्को टोलका लागि खोज्दै छौँ ।’ माघी पर्व शुरु हुनु एकदिन अघि गाउँका थारू समुदायले सामूहिकरूपमै सँुगुर, बाख्रा, कुखुरा काटेर खाने गरिए पनि माघीको दिन भने कुनै पनि जनावरको वध गर्न वर्जित छ ।

माघीका लागि छोक्रा, झुम्रा र मघौटा नृत्य टोलीको व्यवस्थापनको कार्यसमेत भइसकेको भलमन्सा चौधरीले बताए । उनका अनुसार माघको पहिलो दिन बिहानै नदी तलाउमा नुहाएर घरका ठूलाबडाको आर्शिवाद लिइन्छ ।

‘गाउँ नजिकैको नदी, तलाउ, कुवामा गई सूर्य नउदाउँदै फूल चामल र पैसा हातमा लिएर नुहाई ढुंगालाई महादेव मानी जल, फूल र दक्षिणासहित पूजा गर्ने चलन छ ।’ उनले भने– ‘नदी तलाउमा नुहाएर र महादेवको दर्शन गर्नाले वर्षभरि गरेका पापकर्म हराएर जाने जनविश्वास रहीआएको छ ।’

नुहाउने क्षेत्रमा सरसफाइ र व्यवस्थापनको कार्यमा थारू समुदायका अगुवाहरू जुटेका छन् । नुहाएर घर फर्केपछि दिदीबहिनी फूपु, भाञ्जाभाञ्जीका लागि पाँचदेखि सात अञ्जुली चामल, नुन, खुर्सानी छुट्यार्ई यस अवसरमा ‘निसराउ’ (नुहाएपछि, पवित्र भई ढोगेर उक्त नुन चामल दक्षिणा आदि दिने) चलन छ । त्यसपछि, गाउँका मान्यजनबाट आर्शिवाद लिने र सानालाई आशिर्वाद दिने गरिन्छ ।

माघको दोस्रो दिन गाउँका सम्पूर्ण व्यक्तिको जमातबाट वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा, सामाजिक कार्यको योजना बनाइन्छ । विगतका वर्षको समीक्षा गरिन्छ । यसै दिन गाउँको योजना कार्यान्वयनको नेतृत्व लिने बडघरीयाको छनोट पनि गरिन्छ ।

आशिर्वाद साटासाट गरिसकेपछि मान्यजनसँग बसी विशेष प्रकारले बनेको चामलको पिठोको ढिक्री, सुँगुरको मासु, अनादी चामलको झोल र विविध प्रकारको परिकार खाने गरिएको चौधरीले बताए । ‘बडघरियाको घरबाट शुरु गर्दै मघौटा छोक्रा नाच गाउँका सबैको घर–घरमा गएर नाच्दै रमाइलो गरिन्छ,’ उनले भने, ‘मघौटा नाचमा नाच्नेले उत्तानो परी आँखाको परेला र मुखबाट पैसा उठाउने कलासमेत देखाउने गर्दछन् ।’

माघको दोस्रो दिन गाउँका सम्पूर्ण व्यक्तिको जमातबाट वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा, सामाजिक कार्यको योजना बनाइन्छ । विगतका वर्षको समीक्षा गरिन्छ । यसै दिन गाउँको योजना कार्यान्वयनको नेतृत्व लिने बडघरीयाको छनोट पनि गरिन्छ । गाउँमा आउने रोगव्याधी, दैवी प्रकोप हटाउनका लागि धार्मिक मान्यताअनुरूप गुरुवा, गाउँमा खबर आदान–प्रदानको व्यवस्था गर्न चौकिदारको छनोट गरिँदै आएको थारू अगुवा नरेन्द्रप्रसाद चौधरीले बताए । थारू बुढापाकाका अनुसार माघी पर्वसँगै नयाँ कामको शुरुआत हुने, चराले बोली परिवर्तन गर्ने, रूखमा नयाँ पालुवा पलाउने भएकाले थारू समुदायले माघीलाई नयाँ वर्षको रूपमा मान्ने गरेको उनले प्रष्ट पारे ।

त्यसैले, माघीलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । थारू पात्रोअनुसार यो वर्ष थारू संवत् २६४५ रहेको छ । माघ महिनालाई थारू समुदायले शुभ महिनाका रूपमा लिने गर्दछन् । यस महिनामा गरिने सम्पूर्ण कार्य सफल हुने जनविश्वास लिइएको छ । माघीमा गाउँघरमा ढोग ‘स्यावा लाग्ने’, दिदीबहिनीलाई कोसेलीसहित भेट्न जाने, मघौटा नाचको आयोजना गर्ने, अंशबण्डा गरिने, गुरुवा, केशौका र बडघर चुन्नेलगायत कार्य परम्परागत कालदेखि चल्दै आएको हो ।

याे पनि…
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला

नेपालबाट लोप भएको छैन धनेश



...
पर्यटकका पर्खाइमा आहालडाँडा - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
थारू महिलाको आम्दानी : हस्तकलाका सामग्री - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
माघ्या सकरातीको पुनर्जागरण - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
थारू समुदायको माघ : नयाँ वर्ष कि आर्थिक वर्ष ? - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
माघे संक्रान्तिमा तरुलको बजार - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न निर्देशन दिएको छ। सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक

काठमाडौंबाट निस्केर बाहिर जाने हो भने इँटा भट्टाहरू प्रशस्तै भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाउँहरूबाट हिउँदमा काम गर्न श्रमिकहरू

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको

रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका

Suggested