English

रामचरणको ‘आचार्य’ले घुँडा टेक्यो



टलिउड सुपरस्टार रामचरण अभिनीत फिल्म ‘आरआरआर’ ब्लकबस्टर सावित हुँदा यही अप्रिल २९ बाट प्रदर्शनमा आएको नयाँ फिल्म ‘आचार्य’ले भने बक्सअफिसमा घुँडा टेकेको छ । रामचरणले पिता चिरञ्जीवीसँग एकसाथ काम गरेका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक कमाई गर्ने आँकलन गरिएको थियो । तर, खराब रिभ्यूका कारण फिल्मको व्यापार चौपट बनेको छ ।

फिल्मले वर्ल्डवाइड रुपमा कमजोर व्यापार गरिरहेको छ । पहिलो दिन विश्वभर फिल्मले ५१ करोड ७ लाख कमाएको थियो । यसलाई फिल्मको सुखद् ओपनिङ मान्न सकिन्छ । तर, दोस्रो दिनबाट फिल्मको कमाईमा ठूलो गिरावट आएको छ । दोस्रो दिन फिल्मले १२ करोड ४३ लाख र तेस्रो दिन ७ करोड ९५ लाख कमायो । फिल्मको तीन दिने कमाई ७१ करोड ४५ लाख पुगेको छ ।

‘आचार्य’ चिरञ्जीवी र राम चरणको होम प्रोडक्सनको फिल्म थियो । एक सय ४० करोडको लगानीमा उनीहरुले फिल्म बनाएका थिए । तर, फिल्मले विश्वभरको कमाईबाट पनि लगानी उठाउन नसक्ने देखिएको छ । यो फिल्मको व्यापारले रामचरणले खेलेका सबै फिल्म हिट हुन्छ भन्ने मान्यता भंग भएको छ । ‘आचार्य’ नचले पनि रामचरण नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested