English

नेपालको १ सय ६२ देशसँग वैदेशिक व्यापार

चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १ सय ३० देशसँग रहेको छ ।वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरू प्राय: नेपालीले नामै नसुनेका देशहरू रहेका छन् ।

भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, सेन्ट हेलेना, घाना, सेनेगल, आइसल्यान्ड, बर्मुडा, कंगो, मौरीटनिया, माइक्रोनेसिया, सियरा लियोन, जमैका, फिजी, अजरबैजान, मौरिसस्, क्रोएसिया र माल्दिभ्ससँग नेपालको व्यापार नाफामा रहेको छ ।

यस्तै, जर्जिया, ट्रिनिडाड एन्ड टोबागो, माल्टा, जाम्बिया, अर्मेनिया, यमन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, न्यु क्यालेडोनिया, गुयना, नाइजर, अल्जेरिया, डेनमार्क र कम्बोडियासँग पनि नेपालका वैदेशिक व्यापार नाफा रहेको विभागले जनाएको छ ।

९८ देशसँग नेपालको व्यापार घाटा

वैदेशिक व्यापार रहेकामध्ये १३० मध्ये ९८ देशसँग नेपालको व्यापार घाटामा रहेको छ । व्यापार घाटामा रहेको धेरैजसो देशहरू प्राय: नेपालीले नामै नसुनेका देशहरू रहेका छन् ।

वैदेशिक व्यापार रहेकामध्ये १३० मध्ये ९८ देशसँग नेपालको व्यापार घाटामा रहेको छ । व्यापार घाटामा रहेको धेरैजसो देशहरू प्राय: नेपालीले नामै नसुनेका देशहरू रहेका छन् ।

नेपालको वैदेशिक व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अर्जेन्टिना, अमेरिका, युक्रेन, अष्ट्रेलिया, मलेसिया, ब्राजिल, बंगलादेश, थाइल्यान्ड, क्यानडा, दक्षिण कोरिया, भियतनाम, स्विट्जरल्यान्ड, टर्की, साउदी अरेबिया, पाराग्वे, सिंगापुर, रुस र दक्षिण अफ्रिका रहेका छन् ।

जापान, नेदरल्याण्ड्स, फ्रान्स, ताइवान, इजिप्ट, हङकङ, कतार, म्यानमार, जर्मनी, बेलायत, मोजाम्बीक, बेल्जियम, इटाली, पोल्याण्ड, इजरायल, न्युजल्याण्ड, चेक रिपब्लिक, बहराइन, भुटान, फिलिपिन्स, स्पेन, लिथुवानिया, आयरल्याण्ड, पाकिस्तान, श्रीलंका, मेक्सिकोसँग पनि नेपालको व्यापार घाटामा रहेको छ ।

यस्तै, कुवेत, अष्ट्रिया, स्लोभाकिया, तान्जानिया, ग्वाटेमाला, माल्डोभा, भेनेजुयला, ओमान, स्वीडेन, नर्वे, हंगेरी, फिनल्याण्ड, मलावी, चिली, नाइजेरिया, गाबोन, सुडान, युगाण्डा, केन्या, बुल्गेरिया, सर्विया, पोर्चुगल, लेबनान, रोमानिया, ग्रिस, मंगोलिया, लाइबेरिया, कजाकास्तान, कोस्टारिका, जोर्डन, स्लोभेनिया, स्वाजील्याण्ड, नामिबिया, लाटभिया, पेरु लगायतका देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ ।

पछिल्लो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँको रहेको छ । सो अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ रहेको छ ।

पछिल्लो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँको रहेको छ । सो अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालल मात्र १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

यो पनि…
नौ महिनामा भारतबाट दुई खर्बको पेट्रोलियम पदार्थ आयात
नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्बभन्दा बढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती