English

साउथ फिल्मको कपीबारे अभिषेक के भन्छन् ?



साउथ फिल्म ‘पुष्पा’ र ‘आरआरआर’ पछि ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा सुनामी ल्याएको छ । दशकौंदेखि हलिउड फिल्मबाट तर्सिँदै आएको बलिउडका लागि अब साउथ फिल्म चुनौती बनेर उभिएको छ । कमाईमा मात्र होइन कन्टेन्टमा पनि बलिउडभन्दा साउथ अगाडि देखिएको छ । यसैले त वर्षौंदेखि बलिउडमा साउथ फिल्मको रिमेक निर्माण हुँँदै आएका छन् ।

तर, अभिनेता अभिषेक बच्चन बलिउडले कन्टेन्टको अभावमा साउथ फिल्मको रिमेक नबनाएको दाबी गर्छन् । उनी भन्छन्, ‘बलिउडले कन्टेन्टको कमीका कारण साउथ फिल्मको रिमेक बनाएको होइन । के साउथमा बलिउडको रिमेक बनेका छैनन् र ? हामी सबै भारतीय फिल्म इन्डस्ट्रीको हिस्सा हौैं । हामी अलग-अलग भाषामा काम गर्छौं तर हाम्रो इन्डस्ट्रीको छानो एउटै हो ।’ 

कलाकारले सधैं दर्शकका लागि काम गर्ने भएकाले कुनै पनि इन्डस्ट्रीसँग तुलना गर्नु गलत रहेको उनको तर्क छ । हिन्दी वा कुनै पनि भाषाको फिल्मको रिमेक बन्नु नौलो कुरा नभएको उनी बताउँछन् । कन्टेन्टको आदान-प्रदान हुनुलाई गलत रुपमा ब्याख्या गर्न आवश्यक नभएको उनको धारणा छ । साउथ फिल्मले हिन्दीमा राम्रो कमाई गर्नुलाई उनले सकारात्मक रुपमा लिएका छन् ।

उनी अगाडि भन्छन्, ‘वर्तमान समयमा साउथका फिल्मले हिन्दीमा पनि राम्रो प्रदर्शन गरिरहेका छन् । यो खुशीको कुरा हो । राम्रो फिल्मले जहाँ पनि राम्रै प्रदर्शन गर्छ । बलिउड फिल्मले पनि साउथमा राम्रो प्रदर्शन गरेका कयौं घटना छन् । हामी एक ठूलो परिवारको सदस्य हौं र कन्टेन्टको आदान प्रदान हुनु सामान्य कुरा हो ।’ अभिषेक बच्चन हालै फिल्म ‘दसवीं’मा देखिएका थिए । 

यो पनि
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested