बेहुलाले आफ्नै बिहेमा जाने अनुमति पाएनन्



तपाईले धेरै अनौठो खबरहरू सुन्नु भएको होला । तर, के तपाईले कहिल्यै सुन्नु भएको छ कि बेहुलाले आफ्नै बिहेमा जाने अनुमति पाएको छैन ?

चीनमा यस्तै एउटा अचम्मको घटना सार्वजनिक भएको छ । जहाँ बेहुलाले आफ्नै विवाहमा प्रवेश पाएका छैनन् । त्यसपछि बेहुलाले बाहिरै बसेर फोनमा अधिकांश कार्यक्रम हेर्नुपर्ने भयो । सामाजिक सञ्जालमा यो अचम्मको घटना सार्वजनिक भएपछि मानिसहरू यसलाई लिएर अचम्मित भएका छन् ।

बेहुलाले समयमा प्रवेश पाएनन्

‘इनसाइडर’ को रिपोर्ट अनुसार कोभिड परीक्षणको नियममा अचानक परिवर्तन आएपछि बेहुलालाई मोबाइलमा आफ्नै विवाह लाइभ हेर्न बाध्य पारिएको हो । वास्तवमा, फेरि एक पटक कोरोनाको बढ्दो केसका कारण चीनमा नियमहरू धेरै कडा भएका छन् । यी नियमका कारण बेहुला आफ्नो विवाहमा जानबाट वञ्चित भए । यसपछि बेहुलाले धेरैजसो विवाहको कार्यक्रम आफ्नो फोनमा हेर्नुपर्ने भएको थियो ।

दुलहाले फोनमा नै आफ्नी दुलहीको सिँढीबाट ओर्लिरहेको देखे । बेहुला होटेलबाहिर बसिरहँदा विवाहमा निम्तो भएका अधिकांश पाहुना भित्र पुगेका थिए । किनकि बेहुलाको कोभिड टेस्ट भएको थिएन । यसबारे बेहुलाले भने, ‘होटेल छिर्नका लागि चार दिन पुरानो पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताएको थियो । तर, विवाहको दिन होटेलले ४८ घण्टा पुरानो रिपोर्ट मागेको थियो ।

बिहेको मुहूर्त सकियो

बेहुली र अधिकांश आफन्त भित्र गएका बेला आफूलाई बाहिर रोकिएको बेहुलाले बताए । यसपछि बेहुलालाई अर्को परीक्षणका लागि जानुपरेको थियो, कोभिडको रिपोर्ट नेगेटिभ लिएर फर्किएपछि बेहुलाले होटेलमा प्रवेश पाउन सक्थे । विवाह दिउँसो २ बजे हुने थियो तर बेहुलाले ४ बजेर ४३ मिनेटमा प्रवेश पाए । अन्ततः साँझ ६ बजे दुलाहा र दुलहीको विवाह भयो ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



...
affepsy

cialis vs viagra Thomassen p, you potentially up spilling its accuracy

...
abobife

Pargyline, an MAO inhibitor, decreased tyramine elimination rates by 30 cialis from usa pharmacy Wrobel K, et al

...
Prealia

furosemide inj and losartan hydrochlorothiazide oral overnight cialis delivery

...
Nubroms

This seems to be reminiscent of the Wen FDA investigation which has been ongoing since 2016 lasix Italy By 16DPO my test line was darker than the control line

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

जो कोही सधैँ जवान र सुन्दर रहन चाहन्छन्। तर यो गाह्रो मात्र होइन असम्भव पनि छ। आज हामी तपाईँलाई एउटा

कहिलेकाहीँ आकाशमा अद्भुत र अनौठो खगोलीय घटनाहरू देखिएका छन्। केही दिनअघि आकाशमा चन्द्रमासँगै शुक्र ग्रह पनि देखिएको थियो । यो

आजको युगमा मानिस मोबाइल बिना एक घण्टा पनि बाँच्न सक्दैन । तर यस्तो अवस्थामा बिजुली, ग्यास र मोबाइलबिना पहाडमा बस्न