गायक प्रमोद खरेल सवारी दुर्घटनामा



गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बिहीबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।

दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन् । राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ ।

दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् ।

यसबारे जानकारी दिँदै गायक खरेलले फेसबुकमा लेखेका छन् :

एउटा अर्को युद्ध जीन्दगी सँग काठमाण्डू मा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगज Flight लिएर तुलसीपुर दाङमा हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनेट मात्र अघि आयोजक ले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसॉउदा मात्र झण्डै ४५ मिनेट पछि मेरो होश आएछ। त्यस पछि पनि करिब ५/७ मिनेट कहॉ बाट आए कहॉ छु पत्तै पाइन। गाड़ी को Air bag र seat belt ले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा मन झनै डरायो । राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगे। काठमाण्डू मा करिब ६ घण्टा अस्पताल मा Ct scan लगायत सबै जॉच पछि bed rest मा छु। बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्ति मा ३/४ दिन सबै रेकर्डीग र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाब मा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ । उपचार सम्लग्न Dr Ranjan , Dr srijana , sister Manju , अन्य नर्सहरु ( Manmohan cardio Teaching hospital) , दाङ hospital, कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु , नोगेन !

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) सुरु भएको छ। बिहिबारदेखि सुरु भएको महोत्सव चैत्र ६ गते (मार्च १६ देखि २०)

ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा मंगलबारदेखि पाँच दिने ‘नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३’ सुरु भएको छ। नेपाल– बंगलादेशबीच दौत्य सम्बन्ध

कोरोना महामारीको कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ

अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन्। बुधबार सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक