English

स्टाइलिस देखाउँछन् जिन्सका पहिरन



जिन्सका कपडाको माग बढ्दो छ । युवा पुस्ता माझ जिन्स लोकप्रिय छ । अन्य कपडाको दाँजोमा जिन्सका कपडा धुन झन्झटिलो हुन्छ । तर, यसमा आइरन लगाइरहनुपर्ने झन्झट हुँदैन । जिन्सलाई ‘डेनिम’ पनि भनिन्छ । जिन्सका प्यान्ट मात्रै नभई सर्ट, ज्याकेट, ब्याग, क्याप, स्कर्ट, सट्र्स लगाएतका कपडा बन्ने गरेका छन् । कालो र नीलो रङमा जिन्सको कपडा बढी रुचाइएको छ । अहिले जिन्सको सर्टसँग जिन्सकै प्यान्ट र ज्याकेट गरी सेटै लगाउने फेसन छ । तर कसरी लगाउँदा स्टाइलिस लुक्स आउँछ जानी राखौँ ।

–गर्मीमा स्किनी जिन्स प्यान्ट अथवा स्ट्रेचेबल प्यान्ट लगाउँदा ठीक हुन्छ ।
–दुब्लो मानिसलाई स्किनी जिन्स सुहाउँछ ।
–साथीभाइसँग घुम्न जाँदा हलुका रङको जिन्स लगाउनुपर्छ ।
–अफिसका लागि गाढा रङको जिन्स लगाउँदा राम्रो देखिन्छ ।
–जिन्सले मानिसलाई उसको उमेरभन्दा कम देखाउन मद्दत गर्छ ।
स्टाइलिस देखिन गर्मीमा ग्रन्ज प्यान्ट लगाउन सकिन्छ ।
–महिलाहरूले गर्मीमा फरक लुक पाउन फिटिङ टिसर्ट, वानपिस, टप्स, सर्टमा जिन्सको लगाउन सक्छन् ।
–पुरुषलाई सर्ट वा टिसर्टमा जिन्स सुहाउँछ ।
–महिलाले हाई हिल भएका जुत्ता, फ्ल्याट चप्पल, स्पोर्टस् सुजसँग फिटिङ जिन्समा लगाउन सक्छन् ।
–स्पोर्टी लुक पाउन पुरुषले जिन्समा कन्भर्स, स्पोट्र्स सुज लगाउन सक्छन् ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested