English

पुरुषका लागि ह्याडसम टिप्स



पुरुषहरूको छाला महिलाको तुलनामा थोरै कडा हुन्छ, त्यसैले महिला र पुरुषको छालाको हेरचाह पनि फरक–फरक तरिकाले नै गर्नुपर्ने हुन्छ ।

खासमा सुन्दरताको कुरा गर्दा जहिल्यै महिलाको कुरा मात्र हुने गर्छ । तर, आज हामी पुरुषको सौन्दर्यको बारेमा चर्चा गर्नेछौँ ।

पुरुषले कसरी आफ्नो छालाको ख्याल गर्न सक्छन् त ? त्यसका बारेमा बताउन गइरहेका छौँ । यहाँ केही घरेलु उपायहरु जुन अपनाएर तपाइले आफ्नो अनुहारमा चमक ल्याउन सक्नुहुन्छ ।

बदाम

बेलुका आधा कप दूधमा दुई–तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो गरेर पेस्ट बनाउने । उक्त पेस्टलाई सुक्खा छाला भएको ठाउँमा लगाउने । २५ मिनेटपछि सफा पानीले पखाल्ने । यसो गर्दा छालामा चमक ल्याउनुको साथै चाउरीपनलाई पनि कम गर्छ ।

चामलको पिठो

डेड स्किन, ब्ल्याक हेड्स र व्हाइट हेड्स हटाउनका लागि सातामा कमसेकम दुईपटक स्क्रब गर्नुहोस् । यसले अनुहारमा निखार ल्याउनुका साथै छाला पनि ताजा गराउँछ । पुरुषका लागि चामलको पिठोले स्क्रब गर्नु उपयोगी हुन्छ ।

यसका लागि मन तातो पानीमा बेसन मिसाएर पेस्ट तयार पारेर यसले अनुहारलाई सफा गर्नुहोस । एक चम्चा मह तलबाट माथितर्फ लगाई आधा घण्टापछि सफा गर्नुहोस् ।

जौको पिठो

जौको पिठोले अनुहारलाई गोरो, चम्किलो र छालालाई कोमल बनाउन मद्दत गर्छ । तपाईं जौको पिठोबाट फेस प्याक तयार गरेर लगाउन सक्नुहुन्छ । यसका लागि जौको पिठो र महको गाढा पेस्ट बनाएर अनुहार वा तपाईंले चाहेको अंगमा लगाउनुहोस् । यो पेस्ट सुकेपछि त्यसमाथि दहीको लेपन लगाई करिब ३० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् ।

गोलभेंडा

अचारका रूपमा प्रायः हरेकको घरमा पाइने गोलभेंडा अर्थात् टमाटरले अनुहारमा आएको चिल्लोपना तथा कालो दागलाई हटाउन प्रयोग गर्न सकिन्छ । रातो गोलभेंडालाई लेदो बनाएर त्यसलाई पूरै अनुहारमा लगाउने र १५ मिनेटसम्म यत्तिकै राख्ने । त्यसपछि, चिसो पानीले मज्जाले पखाल्ने । यसो गर्दा अनुहारको चिल्लोपना तथा कालो दाग क्रमिक रूपमा हटेर जान्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested