English

कसरी घटाउने पेटको बोसो ?



कम्मर र पेटमा जम्मा भएको बोसो सजिलै घटाउन सकिँदैन । पेटको बोसोले शरीरलाई अव्यवस्थित बनाउँछ, यसले धेरै रोगहरूको जोखिम पनि बढाउन सक्छ ।

मोटोपन र बढेको पेटको बोसोले हृदय रोग, मधुमेह, उच्च रक्तचाप र जीवनशैलीसँग सम्बन्धित अन्य रोगहरूको जोखिम बढाउन सक्छ । त्यसैले, पेटको बोसो घटाउनु स्वास्थ्यको लागि महत्त्वपूर्ण छ । तर यो पनि बुझ्न आवश्यक छ कि बिस्तारै र लगातार प्रयास गरेर मात्र पेटको बोसो कम गर्न सकिन्छ ।

अमला

अमला पेटको बोसो घटाउने सजिलो उपाय हो । अमलाको नियमित सेवन तौल घटाउन र पेटको बोसो घटाउनका लागि प्रभावकारी मानिन्छ । अमलाले पेटको बोसो घटाउन सहयोग गर्छ ।

अमला एक आयुर्वेदिक महत्त्वको फल हो जसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा पनि भनिन्छ । यस फलमा भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ र यसमा एन्टिअक्सिडेन्ट पनि प्रशस्त हुन्छ ।

यो पोषक तत्त्वले शरीरमा जम्मा भएका विषाक्त तत्वहरूलाई बाहिर निकाल्छ, जसले शरीरलाई संक्रमण र रोगहरूबाट पनि बचाउँछ । अमलामा डाइटरी फाइबर पनि पाइन्छ जसले पाचन शक्ति बढाउँछ, मेटाबोलिज्म बढाउँछ । यसबाट पेटको बोसो घटाउन मद्दत गर्छ ।

सेवन गर्ने तरिका
२–३ चम्चा सुक्खा अमलाको धूलोलाई एक गिलास पानीमा रातभर भिजाई बिहान पिउनुहोस् । बिहान मनतातो पानीमा धुलो अमला पाउडर मिसाएर पनि पिउन सकिन्छ ।

४–५ वटा काँचो अमलालाई पानीले राम्ररी सफा गर्नुहोस् । सानो टुक्रामा काट्नुहोस् । त्यसपछि, एक चम्चा अदुवाको पेस्ट वा रस, २ चम्चा कागतीको रस, एक मुट्ठी पुदिनाको पातलाई मिक्सरमा पिसेर मिसाउनुहोस् । त्यसपछि, यो पेस्टमा स्वादअनुसार आधा गिलास पानी, कालो नुन र जीराको धूलोे मिसाएर सेवन गर्नुहोस् ।

यो पनि…
तौल घटाउनका लागि महत्त्वपूर्ण छ खाना

मिर्गौला महादान !
यौनकै विषयमा पार्टनरबीच झगडा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested