English

तौल घटाउनका लागि महत्त्वपूर्ण छ खाना



तौल बढ्नु आफैंमा समस्या हो । मोटोपनले धेरै शारीरिक समस्या मात्र निम्त्याउँदैन गम्भीर र ज्यान जोखिममा पार्ने रोगहरूको जोखिम पनि बढाउँछ । तसर्थ यदि तौल बढी छ भने उमेर जस्तोसुकै होस्, यसलाई घटाउने प्रयास अहिलेबाट सुरु गर्नुपर्छ ।

तौल घटाउनका लागि अहिलेदेखि नै आवश्यक उपायहरू अपनाउन थाल्नुभयो भने केही हप्तामा खासै प्रभाव नदेखिए पनि कम्तिमा तौल बढ्ने रोकिन्छ अर्थात् तौल नियन्त्रणमा आउँछ । यस्तो निरन्तर प्रयासले, केही हप्तामा वजन घट्न पनि सुरु हुनेछ ।

सामान्यतया, तौल बढ्नमा दिनको खानाभन्दा बढी बेलुकाको खाना खानुको प्रभाव हुन्छ । राति सुत्दा हाम्रो शरीरका धेरै प्रणालीहरू बन्द हुन्छन् । त्यसैले, डिनरको समयमा केही विशेष कुरामा ध्यान दिनुपर्छ जसले गर्दा तौल नियन्त्रण गर्न सकिन्छ ।
रातको खाना छिटो खाने
धेरैजसो मानिसहरूले बेलुकाको खाना ढिलो खाने गल्ती गर्छन् । वास्तवमा धेरै पटक मानिसहरू दिनभरको काम संकलन गर्दा ढिलो हुन्छन् वा कहिलेकाहीँ मानिसहरूलाई खाना ढिलो खाने बानी हुन्छ । यस्तो अवस्थामा मानिस खाना खाएपछि तुरुन्तै सुत्छन् ।

यो सबैभन्दा ठूलो गल्ती हो जसले तौल बढाउँछ । सुत्नुभन्दा कम्तिमा २–३ घन्टाअघि रातिको खाना खानुपर्छ जसले गर्दा पाचन प्रणालीले खाना पचाउन पर्याप्त समय पाउँछ । तसर्थ, बेलुका ७–८ बजे खाना खाएर १०–११ बजे सुत्नुपर्छ, ताकि बिहान सही समयमा उठ्न सकियोस् ।

रातिको खाना अलि कम खाने
राति खाना खाएर सुत्नुपर्ने भएकाले बेलुकीको खाना सधैँ हल्का हुनुपर्छ भनी स्वास्थ्य विज्ञहरू बताउँछन् ।
सुत्दा शरीरले धेरै खाना पचाउन सक्दैन । त्यसैले राति पेटभरि खाना खानुको सट्टा अलिकति कम खाना खानुपर्छ र सुत्नुभन्दा ३० मिनेट अगाडि एक गिलास दूध पिउनुपर्छ जसले पेट भरेर हड्डी बलियो हुन्छ ।

गलत चिजहरू नखाने
बेलुकाको खाना हल्का मात्रै होइन स्वस्थ्य पनि हुनुपर्छ । बेलुकाको खानामा जंक फुड र धेरै तेल–मसालेदार परिकारहरू खानु हुँदैन । किनभने, यी सबै कुराले तौल बढाउँछ । यसको सट्टा, घरको स्वस्थ खाना खानुपर्छ । खानामा कम तेल प्रयोग गर्नुपर्छ । बेलुकाको खानामा पुरी, पराठा, पिज्जा, भात, बिरयानी, मैदा आदि खानेकुरा खानु हुँदैन ।

खाना खाएपछि हिँडडुल गर्ने
दिन र रातको मुख्य खानापछि सधैँ छोटो पैदल यात्रा गर्नुपर्छ । बेलुकाको खाना खाइसकेपछि पनि हिँडडुल गर्न नसकेर काम गर्न थाल्नुभयो भने खासै समस्या छैन तर बेलुकाको खाना खाइसकेपछि केही बेर पक्कै हिँड्नुपर्छ । खाना खाइसकेपछि तुरुन्तै हिँड्दा शरीरको रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ र तौल बढ्दैन । त्यसैले हरेक दिन खाना खाएपछि कम्तिमा २०–३० मिनेट हिँड्नुपर्छ ।

राम्रोसँग निदाउने
तौल घटाउनको लागि खाना खाने समय र खानेकुराको छनोट जति महत्त्वपूर्ण छ राति ७ देखि ९ घण्टा सुत्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । यदि राति ढिलो सुत्नुहुन्छ र बिहान अबेरसम्म सुत्नुहुन्छ भने यसले तौलमा पनि असर गर्छ । त्यसैले सही समयमा खाना खानुपर्छ र सही समयमा सुत्नुपर्छ । ताकी ७–९ घण्टाको निद्रा राम्रोसँग पूरा गर्न सकियोस् ।

यो पनि…
मिर्गौला महादान !
यौनकै विषयमा पार्टनरबीच झगडा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested