English

धादिङमा यसरी भयो नदी सरसफाइ र वातावरण सचेतना



बेल्जियमको रिभर क्लिनअप संस्थाको सहयोगमा धादिङमा चैत १९ मा एक दिने ठूलो त्रिशूली नदी सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लेट्स क्लिन अप नेपाल एउटा गैर नाफामुखी संस्था हो जसले नेपालभर वातावरण सम्बन्धी विभिन्न अभियानहरू आयोजना गरी स्वच्छ र हरित नेपाल बनाउन वातावरणीय क्षेत्रमा काम गरिरहेको छ ।

पछिल्लो समय यस संस्थाले वातावरणको बारेमा चासो राखेको छ । मुख्यतया शून्य फोहोरको अवधारणाका साथ नदीहरूलाई फोहोरबाट मुक्त गर्न यो संस्था समर्पित छ । संस्थाले यसअघि पनि विभिन्न देशहरूमा नदीहरू सफा गर्दै आएको थियो । नदी सफाई अभियान सृजना गर्नुका साथै यो संस्थाले विश्वभर नदी सफा गर्ने अभियन्ताहरूलाई सहयोग गर्दै आएको छ ।

धादिङ जिल्लाको रोराङ बेनीघाट गाउँपालिकामा रहेको मलेखुदेखि बेनाइटसम्म ५४ जना उत्प्रेरित स्वयंसेवकको साथमा उनीहरूले सफाइको लक्ष्य हासिल गरेका छन् । उनीहरु सबै फोहोर उठाएर वातावरण स्वच्छ बनाउन निकै उत्साहित देखिएका थिए । सरसफाई गरेर आफ्नो कार्यबाट सकारात्मक सन्देश दिएर स्थानीयलाई उदाहरण दिए । स्वयंसेवकहरूसँगै उनीहरूले स्थानीय नेताहरू भुवन त्रिपाठी र शिव पाण्डेबाट पनि ठूलो सहयोग पाएका थिए उनीहरूले यस प्रकारको अभियानको प्रशंसा गरे र ती क्षेत्रमा अन्य विभिन्न शैक्षिक परियोजनाहरूका लागि सहयोगको अनुरोध गरे ।

दिनको अन्त्यमा एक सय २० वटा रद्दीटोकरी झोला संकलन गरी रिसाइकल गर्न काठमाडौंको डोको रिसाइकलर्स केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।

फोटो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

यो पनि…
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’
विश्व वनजंगल दिवस : हरियो वन प्राणीको धन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested