English

धादिङमा यसरी भयो नदी सरसफाइ र वातावरण सचेतना



बेल्जियमको रिभर क्लिनअप संस्थाको सहयोगमा धादिङमा चैत १९ मा एक दिने ठूलो त्रिशूली नदी सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लेट्स क्लिन अप नेपाल एउटा गैर नाफामुखी संस्था हो जसले नेपालभर वातावरण सम्बन्धी विभिन्न अभियानहरू आयोजना गरी स्वच्छ र हरित नेपाल बनाउन वातावरणीय क्षेत्रमा काम गरिरहेको छ ।

पछिल्लो समय यस संस्थाले वातावरणको बारेमा चासो राखेको छ । मुख्यतया शून्य फोहोरको अवधारणाका साथ नदीहरूलाई फोहोरबाट मुक्त गर्न यो संस्था समर्पित छ । संस्थाले यसअघि पनि विभिन्न देशहरूमा नदीहरू सफा गर्दै आएको थियो । नदी सफाई अभियान सृजना गर्नुका साथै यो संस्थाले विश्वभर नदी सफा गर्ने अभियन्ताहरूलाई सहयोग गर्दै आएको छ ।

धादिङ जिल्लाको रोराङ बेनीघाट गाउँपालिकामा रहेको मलेखुदेखि बेनाइटसम्म ५४ जना उत्प्रेरित स्वयंसेवकको साथमा उनीहरूले सफाइको लक्ष्य हासिल गरेका छन् । उनीहरु सबै फोहोर उठाएर वातावरण स्वच्छ बनाउन निकै उत्साहित देखिएका थिए । सरसफाई गरेर आफ्नो कार्यबाट सकारात्मक सन्देश दिएर स्थानीयलाई उदाहरण दिए । स्वयंसेवकहरूसँगै उनीहरूले स्थानीय नेताहरू भुवन त्रिपाठी र शिव पाण्डेबाट पनि ठूलो सहयोग पाएका थिए उनीहरूले यस प्रकारको अभियानको प्रशंसा गरे र ती क्षेत्रमा अन्य विभिन्न शैक्षिक परियोजनाहरूका लागि सहयोगको अनुरोध गरे ।

दिनको अन्त्यमा एक सय २० वटा रद्दीटोकरी झोला संकलन गरी रिसाइकल गर्न काठमाडौंको डोको रिसाइकलर्स केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।

फोटो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

यो पनि…
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’
विश्व वनजंगल दिवस : हरियो वन प्राणीको धन



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested