English

सेन्ट लरेन्स कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न



चावहिलस्थित सेन्ट लरेन्स कलेजले बिएससी, सीएसआईटी र बिसीएको नयाँ शत्रमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा कलेजले विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत आइटी इनोभेसन सेन्टरका निर्देशक प्रा.डा. सुवर्ण शाक्य प्रमुख अतिथि थिए । यसैगरी, खल्ती एपका सिइओ विनय खड्का, कोड फर कोर इनोभेसनका संस्थापक निर्देशक राजकुमार पुडासैनी, इन्टरनेट सेवा प्रदायक संस्था सुविसुका विजनेस युनिट म्यानेजर फणिन्द्र दाहाल लगायत अतिथिका रुपमा थिए ।

कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कलेज प्रमुख पुरुषोत्तम महर्जनले आइटीको विश्व परिवेशमा बढ्दै गएको महत्वका बारेमा बताएका थिए । ‘पछिल्लो समय विश्व परिवेशमा आइटीको महत्व र व्यापकता बढ्दै गएको छ,’ उनले भने, ‘कोरोना महामारीपछि यसको महत्व झनै बढ्दै गएको छ त्यसैले सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुले आफ्नो करिअरलाई सफलतातर्फ उन्मुख गराउन मिहेनत गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

यसैगरी कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. शाक्यले नयाँ शत्रमा भर्ना भएका विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । साथै, बिएससी सिएसआइटीको स्कोप र यो विषय अध्ययन गर्दा विद्यार्थीले भविष्यमा कुन–कुन क्षेत्रमा आफूलाई स्थापित गर्न सक्छन् भन्ने बारे प्रष्ट पारेका थिए ।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष दंगालले सम्पूर्ण विद्यार्थीहरुलाई स्वागत गरे । ‘तपाईंहरु ठूलो संस्थाको सदस्य हुनुभएकोमा सबैलाई स्वागत गर्दछु,’ उनले भने, ‘सेन्ट लरेन्सले २५ औं (रजत) वर्ष पार गरिरहँदा यहाँबाट उत्पादन भएका थुप्रै विद्यार्थीहरुले सूचना प्रविधि क्षेत्रमा ठूलो फड्को मारेका छन् । अब तपाईंहरुले अध्ययनमा मिहिनेत गरी हामी सबैको शिर ठाडो राख्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

त्यस्तै, कलेजका आइटी कोअर्डिनेटर राजिब खड्काले विषयको संरचना, मार्किङ र कलेजको आचारसंहिताका बारेमा जानकारी गराएका थिए ।

२०६६ बाट बिएससी सिएसआइटी र २०७६ बाट बीसीएको अध्ययन अध्यापन सुरु गरेको कलेजले यी संकायमा क्रमशः ३६ र ३५ जना विद्यार्थी भर्ना लिँदै आएको छ । यो सँगै स्नातकतहमा बीबीएस, बीएसडब्लू र स्नातकोत्तरमा एमबीएसका कक्षाहरु पनि सञ्चालन गर्दै आएको कलेजले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

Latest










Popular
Suggested