English

विश्व वनजंगल दिवस : हरियो वन प्राणीको धन

प्राणी बचाउन पृथ्वी जोगाऔँ


आज मार्च २१ अर्थात् विश्व वन जंगल दिवस । मानिसहरू खुसीसाथ जिउने अत्यावश्यक आधार हरियो जंगल हो । पर्यावरणीय क्षतिले सम्पूर्ण प्राणी मात्रलाई नकारात्मक असर गर्दछ । प्राणीको जीवन पारिस्थितिक प्रणालीमा निर्भर रहेकोले यो प्रणाली खलबलिनेबित्तिकै जिउने एउटा महत्त्वपूर्ण आधारमा स्वतः असर पर्दछ ।

हिजोआज जनसंख्याको वृद्धिसँगै वन विनास, वन्यजन्तु विनासजस्ता घटनाहरू दिनानुदिन घट्दै गएका छन् । जसले गर्दा मानिसकै कारण मानिसहरू जिउने एउटा भरपर्दो आधार भत्किन लागेको छ । विकासले विनास निम्त्याउँछ भनेझैं मानव सभ्यताको चरमोत्कर्ष हुँदै गर्दा आफैँ विनासका आधारहरू सिर्जना हुन थालेका छन् ।

विस्तारै पृथ्वी मानवको निम्ति प्रतिकूल बन्न थालेको छ । यो हामी सबैको निम्ति चुनौतीको विषय हो । वन जंगल मान्छेको लागि कति आवश्यक छ भन्ने कुरा हामी सबैलाई थाहा छ, तथापि यसको सुरक्षाको लागि हामी कोही लागेका छैनौँ ।

विस्तारै पृथ्वी मानवको निम्ति प्रतिकूल बन्न थालेको छ । यो हामी सबैको निम्ति चुनौतीको विषय हो । वन जंगल मान्छेको लागि कति आवश्यक छ भन्ने कुरा हामी सबैलाई थाहा छ, तथापि यसको सुरक्षाको लागि हामी कोही लागेका छैनौँ ।

विश्वको एउटा सानो देश भए पनि नेपाल जल, जमिन र जंगलको लागि प्रख्यात देश हो । यहाँ विभिन्न किसिमका जंगल पाइन्छ र यिनका आ–आफ्नै विशेषता पनि छन् । जंगल वन्यजन्तुहरूको आरक्षण स्थल हो भने मान्छेको प्राणवायु पाइने स्रोत पनि हो । नेपालमा वनजंगलको अवस्था के-कस्तो छ भनी विभिन्न संघ–संस्थाहरूले अध्ययन गरी तथ्य सार्वजनिक गरेका छन् ।

यसैगरी, सन् २०१० देखि २०१४ सम्म नेपाल सरकार र फिनल्यान्ड सरकारको दुईपक्षीय सहयोगमा राष्ट्रिय वनको सर्वेक्षण गरिएको थियो । उक्त संयुक्त प्रतिवेदन गत फाल्गुन २३ गते वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले सार्वजनिक गरेका थिए । यो प्रतिवेदनबाट नेपालको वन क्षेत्रको बारेमा धेरै कुरा देखाउने प्रयास गरिएको छ ।

यो प्रतिवेदनअनुसार हाल नेपालमा कुल क्षेत्रफलको जमिनको ६२ लाख हेक्टर भूमि ओगटेको छ जुन नेपालको कुल क्षेत्रफलको ४०प्रतिशत हो । यस्तै, बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर जमिन ओगटेको छ । जुन ४८%हो । यसरी नेपालको कुल जमिनको ४४%भू–भाग लगभग वन र बुट्यान क्षेत्रले ओगटेको रिपोर्ट उक्त प्रतिवेदनले देखाएको छ ।

कुल क्षेत्रफलको ३७% मध्यपहाडी क्षेत्रमा, ३२% उच्च पहाड़ी क्षेत्रमा, २५% हिमाली क्षेत्रमा र २३% तराई क्षेत्रमा एवं बाँकी चुरे क्षेत्रमा वन रहेको तथ्यांकले देखाएको छ । कुल वनले ओगटेको क्षेत्रफलमध्ये संरक्षित क्षेत्रमा १७.३२% र बाँकी वन संरक्षित क्षेत्र भन्दा बाहिर रहेको छ । प्रतिवेदनमा भनिएअनुसार नेपालमा ४४३ प्रजातिका रूखहरू पाइन्छन् जसमध्ये सबैभन्दा बढ़ी रूखका प्रजाति पहाडी क्षेत्रमा पाइन्छन् र सबैभन्दा कम तराई क्षेत्रमा पाइन्छन् ।

रूख प्रजातिको आधारमा हेर्दा नेपालमा सबैभन्दा बढी सखुवा प्रजातिका रूख पाइन्छन् भने त्यसपछि क्रमशः सांखु र खोटे सल्ला आदि आउँछन् । यो प्रतिवेदनले नेपालको वन क्षेत्रको सतही रिपोर्ट दिए जस्तो देखिए ता पनि यसको आधिकारिकता नकार्न नसकिने हुनाले हामीले यसलाई मूल्यांकन गर्न जरुरी देखिन्छ ।

विगतका वनसम्बन्धी रिपोर्टहरूले प्रत्येक वर्ष विभिन्न कारणले नेपालको वन मासिने गरेको र वन क्षेत्रमा मानव अतिक्रमण बढ्न थालेको देखाए तापनि यो प्रतिवेदनमा नेपालमा वन क्षेत्र बढ्दै गएको देखाइएको छ ।

अर्कोतिर विगतका वनसम्बन्धी रिपोर्टहरूले प्रत्येक वर्ष विभिन्न कारणले नेपालको वन मासिने गरेको र वन क्षेत्रमा मानव अतिक्रमण बढ्न थालेको देखाए तापनि यो प्रतिवेदनमा नेपालमा वन क्षेत्र बढ्दै गएको देखाइएको छ । जसको कारण हामीले मनन गर्न जरुरी देखिन्छ । गत २० वर्ष अगाडि गरिएको राष्ट्रिय वन सर्वेक्षणको रिपोर्टको तुलनामा हालको रिपोर्टले प्रति हेक्टर जमिनमा रूखको संख्या बढेको देखाएको छ ।

अघिल्लो प्रतिवेदनले वन क्षेत्र २९ प्रतिशत र बुट्यान क्षेत्र १ प्रतिशत देखाएको थियो । एकातिर नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायमा ४० प्रतिशतदेखि वन क्षेत्रलाई नघटाउने प्रतिबद्धता जाहेर गर्नु र वनसम्बन्धी ऐन अनिवार्य गर्नुपर्ने बाध्यताले पनि यो प्रतिवेदन प्रायोजित हुनसक्ने शंका जाग्नु स्वाभाविक हो ।

विभिन्न समयकालका सर्वेक्षणका वनसम्बन्धी रिपोर्टलाई हेर्ने हो भने वन जंगल बढ्नुको ठोस् कारण खासै छैन एउटा आधार भनेको वन समुदायमा हस्तान्तरण गर्नु सकारात्मक पक्ष मान्ने हो भने कुल वनको सारै थोरै भाग मात्र समूहमा हस्तान्तरण गरिएको छ ।

२०६३–०६७ सम्म नेपालको ३० भन्दा बढी जिल्लामा २९ हजार ५००हेक्टर भन्दा बढी वन विनाश भएको विभिन्न स्रोतहरूले देखाइरहेको बेला यस्तो प्रतिवेदन आउनु अवश्य पनि शंकाको घेरामा पर्ने विषय हो । ठूलो क्षेत्र वन तस्करहरूको अतिक्रमणमा परेको पाइन्छ अनि वन विनाश चरमोत्कर्षमा पुगेको वेला आएको यो प्रतिवेदन कतिसम्म सफल र असफल छ त्यो खुल्दै जाला ।

नेपालमा संसारकै महत्त्वपूर्ण जीवजन्तु पाइन्छन् । बाघ, चितुवा, गैंडा, हात्ती, घडियाल गोही, व्वाँसो, हिउँचितुवा तथा दुर्लभ चराहरू नेपालका वनमा पाइने दुर्लभ सम्पदाहरू हुन् । नेपालका संरक्षित वनमा यस्ता दुर्लभ वन्यजन्तु केही हदसम्म सुरक्षित हुन सके पनि प्रायः आज यिनको अवस्था चिन्ताजनक बन्दै छ ।

जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लने हुँदा हिमालमा बस्ने लजालु जातको हिउँ चितुवा प्रायः लोप हुने अवस्थामा छ । उसलाई बस्ने अनुकूल हिउँको अभाव र खाद्यवस्तुको अभावमा दिनानुदिन यसको संख्या घट्ने क्रममा छ ।

वन्यजन्तुको अवैध सिकार, चोरी निकासी तथा सिकार खेल्ने निहुँले गर्दा नेपालका दुर्लभ जीवजन्तु मासिएर जाँदैछन् । जलवायु परिवर्तनका कारण यस्ता जन्तुहरूको बासस्थान, आहारमा नै संकट उत्पन्न हुन थालेकोले पनि नेपाल आज जैविक विविधताको संरक्षणमा समस्या भोगिरहेको छ । जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लने हुँदा हिमालमा बस्ने लजालु जातको हिउँ चितुवा प्रायः लोप हुने अवस्थामा छ । उसलाई बस्ने अनुकूल हिउँको अभाव र खाद्यवस्तुको अभावमा दिनानुदिन यसको संख्या घट्ने क्रममा छ ।

जैविक विविधताको क्षेत्रमा विश्वमै ३१औं स्थान रहेको नेपालमा विश्वमा पाइने ८ प्रजातिका सालकमध्ये दुई प्रजातिका कालो र तामे सालक पाइन्छन् । फेरि नेपालमा ८ सय ६५ प्रजातिका चरा, १ सय ८६ प्रजातिका माछा, ७ हजार प्रजातिका फूल फुल्ने बिरुवा, २ सय ४६ प्रजातिका जडीबुटी, ५ हजार प्रजातिका किरा फटयाङ्ग्रा, ४ सय प्रजातिका बहुआयामिक बाली तथा लगभग ६० प्रजातिका खाध्य फलफूल पाइने विभिन्न तथ्यांकले देखाएका छन् । नेपालमा १९ प्रजातिका लाटोकोसेरा पाइन्छन्, जसले नेपाल विश्वमै जैविक विविधतामा धनी रहेको छ ।

हाल विश्वमा जमिनमा ३१ प्रतिशत जंगल रहेको छ जसमा प्रतिदिन २५ लाख रूख काटिन्छ । यद्यपि, पर्यावरणीय सन्तुलनका लागि ३५% जंगल आवश्यक पर्दछ ।

संसारमा २३ प्रजातिका गिद्ध पाइने भए पनि हाम्रो देशमा टी मध्ये ८ प्रजातिका पाइने स्रोत बताउँछ । त

तीमध्ये पनि ४ प्रजातिका गिद्ध अति नै संकटमा रहेको तथ्य सार्वजनिक भएको छ । सरीसृप प्रजातिमा पर्ने सर्प नेपालमा ८६ प्रजातिका पाइन्छन् । नेपालमा ६५३ थरिका रंगिबिरंगी पुतली, २०० प्रजातिका माकुरा पाइने कुरासमेत सार्वजनिक भएको छ ।

नेपाल प्राकृतिक सम्पदामा कम धनी छैन । वन सम्पदा नेपालको हकमा महत्वपूर्ण साधन हो । नेपालको वन सम्पदा संसारकै उत्कृष्ट मुलुकमध्येमा पर्दछ । प्रकाश संश्लेषण प्रक्रियाबाट कार्बन डाइअक्साइड, नाइट्रोजन आदिलाई परिवर्तन गरी प्राणवायु सञ्चार गरी वनले मानिसलाई गुण मात्र गर्दैन अझ सम्पूर्ण जीवका निम्ति आवश्यक रासायनिक तत्वहरूसमेत जगेर्ना गर्ने काम एवम् जीवन जिउने महत्त्वपूर्ण क्षेत्रमा सहयोग पुर्याउने कार्य गर्दछ ।

झण्डै ७५ प्रतिशत ग्रामीण जनतालाई खाना पकाउने इन्धनको रूपमा दाउरा नै प्रयोग गर्नुपर्ने बाध्यता नेपालमा छ भने धेरै जनताको लागि यसले वैकल्पिक उर्जाको कार्यसमेत गरेको छ

पारम्परिक ऊर्जा आपूर्तिको प्रमुख स्रोतको रूपमा रहेको नेपालको वनजंगलबाट प्राप्त हुने दाउराले परम्परागत ऊर्जा स्रोतमध्ये ७६ दशमलव ४४ प्रतिशत स्थान ओगटेको छ जो नेपालको निम्ति अति नै महत्त्वपूर्ण हो । झण्डै ७५ प्रतिशत ग्रामीण जनतालाई खाना पकाउने इन्धनको रूपमा दाउरा नै प्रयोग गर्नुपर्ने बाध्यता नेपालमा छ भने धेरै जनताको लागि यसले वैकल्पिक उर्जाको कार्यसमेत गरेको छ भने किसानहरूका लागि पशु आहाराका व्यवस्थापनको निम्ति वनले ४० प्रतिशत घाँस तथा तथा डाले घाँस प्रदान गर्दछ ।

नेपालको वन कसरी सुरक्षित छ भन्ने कुराको अध्ययन गर्ने हो भने सामुदायिक वन विकास कार्यक्रम एउटा प्रमुख माध्यम बन्न जान्छ । यो कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ३ सय ८९ उपभोक्ता समूह गठन भइसकेका छन् । जसमा १२ लाख २५ हजार ९ सय हेक्टर वन क्षेत्र हस्तान्तरण भएको छ भने सो कार्यक्रमबाट १६ लाख ५४ हजार ५ सय २९ घरधुरीका नेपाली नागरिकहरू फाइदा लिन सफल बनेका छन् ।

अध्ययनअनुसार एउटा रूखले वार्षिक सरदर ५३ दशमलव ४ लिटर अक्सिजन विसर्जन गर्छ । बजारमा प्रतिलिटर अक्सिजनको मूल्य अनुमानित १५ रूपैयाँ पर्छ ।

हाम्रो जस्तो गरिब मुलुकमा त वनमाथिको निर्भरता आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यावरणीय रूपमा झनै महत्त्वपूर्ण रहेको छ । अध्ययनअनुसार एउटा रूखले वार्षिक सरदर ५३ दशमलव ४ लिटर अक्सिजन विसर्जन गर्छ । बजारमा प्रतिलिटर अक्सिजनको मूल्य अनुमानित १५ रूपैयाँ पर्छ ।

यस्तै, एक व्यक्तिलाई २४ घण्टामा श्वासप्रश्वासको लागि करिब १६ किलोग्राम अक्सिजन आवश्यक पर्दछ । यस्तो स्थितिमा श्वासप्रश्वासको लागि एक व्यक्तिलाई करिब ७ वटा रूखको आवश्यकता पर्दछ जुन अहिले आएर समस्याको कारण बनेर जाँदैछ । वन सम्पदाको फडानी, विनास र अतिक्रमणको कारण नेपालमा मात्र होइन मानिस तथा सम्पूर्ण जीवले विश्वमै चुनौतिको सामना गर्नुपर्ने स्थिति आउन सक्दछ ।

यो पनि
चोलुङ पार्कको लालीगुराँसले तान्दै छ पर्यटक
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली