English

महिनावारीको पेट दुखाइबाट छुटकारा पाउने घरेलु उपाय



महिनावारीको ५ दिनसम्म शरीरमा केही आन्तरिक परिवर्तनहरू हुन्छन् । यस अवधिमा सामान्य दुखाई त प्राय: सबैलाई हुन्छ । तर कहिलेकाहीँ यो असह्य हुन्छ ।

बदलिँदो जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण महिलालाई महिनावारीको समयमा धेरै पीडा हुने गर्छ । महिनावारीको समयमा दुखाइ हुनु सामान्य कुरा हो तर यो समयमा असहनीय पीडाले चिडचिडापन, टाउको दुख्ने, शरीर दुख्ने जस्ता समस्याले निकै सताउँछ ।

यस समयमा धेरै महिलाहरूले पीडाबाट छिट्टै छुटकारा पाउन औषधिको सहारा लिन्छन् । महिनावारीको समयमा हरेक महिलालाई पेटको तल्लो भागमा कडा दुखाइको पीडा हुन्छ । पीडा कम गर्ने केही घरेलु उपाय यस प्रकार छ :

दुखाइबाट आराम पाउने उपाय
महिनावारीको समयमा दुखाइबाट छिट्टै आराम पाउनको लागि नरिवल वा तिलको तेलले पेटको तल्लो भागमा मालिस गर्न सकिन्छ । नरिवल र तिलको तेलमा एन्टिअक्सिडेन्ट, एन्टि–इन्फ्लेमेटरी गुण र लिनोलिक एसिड हुन्छ, जसले मांसपेशीको ऐँठनलाई कम गर्छ र दुखाइ कम गर्छ ।

यस अवधिमा योग र हल्का व्यायाम गर्न सकिन्छ । यसका साथसाथै हिँडडुल गर्दा पनि महिनावारीको दुखाइबाट राहत मिल्छ । यो समयमा भारी काम गर्नुहुँदैन । व्यायामले एन्डोर्फिन निस्कन्छ, पीडा कम हुन्छ ।

महिनावारीको समयमा अदुवाको सेवन गर्नाले दुखाइबाट आराम मिल्छ । यसका लागि अदुवाको टुक्रालाई राम्ररी काटेर एक कप पानीमा राम्ररी उमाल्ने । स्वादको लागि चिनी राख्न सकिन्छ । यसलाई खाना खाएपछि दिनमा तीन पटक सेवन गर्न सकिन्छ ।

महिनावारीको दुखाइबाट छुटकारा पाउन एक गिलास पानीमा एक चम्चा मेथी भिजाएर दोस्रो दिन यो पानी पिउनुहोस् । यसले मोटोपना घटाउनुका साथै मिर्गौला, कलेजो आदिलाई स्वस्थ राख्छ ।

महिनावारीको दुखाइमा पेटलाई तातो पानीले सेक्दा पनि राहत मिल्छ । हट वाटर ब्यागमा तातो पानी भर्ने र यसलाई दुखेको ठाउँमा राखेर सेक्दा फाइदा पुग्छ ।

महिनावारीको दुखाइबाट छुटकारा पाउन चियामा जिराको प्रयोग गर्न सकिन्छ । जिरामा एन्टी–इन्फ्लेमेटरी र एन्टी–स्पास्मोडिक तत्त्वहरू पाइन्छ, जसले दुखाइ कम गर्न मद्दत गर्छ ।


यो पनि…
डेलिभरीपछि यसरी घटाउनुहोस् आफ्नो तौल

गर्भावस्थाको समयमा वाकवाकीबाट राहत पाउने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested