English

महिनावारीको पेट दुखाइबाट छुटकारा पाउने घरेलु उपाय



महिनावारीको ५ दिनसम्म शरीरमा केही आन्तरिक परिवर्तनहरू हुन्छन् । यस अवधिमा सामान्य दुखाई त प्राय: सबैलाई हुन्छ । तर कहिलेकाहीँ यो असह्य हुन्छ ।

बदलिँदो जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण महिलालाई महिनावारीको समयमा धेरै पीडा हुने गर्छ । महिनावारीको समयमा दुखाइ हुनु सामान्य कुरा हो तर यो समयमा असहनीय पीडाले चिडचिडापन, टाउको दुख्ने, शरीर दुख्ने जस्ता समस्याले निकै सताउँछ ।

यस समयमा धेरै महिलाहरूले पीडाबाट छिट्टै छुटकारा पाउन औषधिको सहारा लिन्छन् । महिनावारीको समयमा हरेक महिलालाई पेटको तल्लो भागमा कडा दुखाइको पीडा हुन्छ । पीडा कम गर्ने केही घरेलु उपाय यस प्रकार छ :

दुखाइबाट आराम पाउने उपाय
महिनावारीको समयमा दुखाइबाट छिट्टै आराम पाउनको लागि नरिवल वा तिलको तेलले पेटको तल्लो भागमा मालिस गर्न सकिन्छ । नरिवल र तिलको तेलमा एन्टिअक्सिडेन्ट, एन्टि–इन्फ्लेमेटरी गुण र लिनोलिक एसिड हुन्छ, जसले मांसपेशीको ऐँठनलाई कम गर्छ र दुखाइ कम गर्छ ।

यस अवधिमा योग र हल्का व्यायाम गर्न सकिन्छ । यसका साथसाथै हिँडडुल गर्दा पनि महिनावारीको दुखाइबाट राहत मिल्छ । यो समयमा भारी काम गर्नुहुँदैन । व्यायामले एन्डोर्फिन निस्कन्छ, पीडा कम हुन्छ ।

महिनावारीको समयमा अदुवाको सेवन गर्नाले दुखाइबाट आराम मिल्छ । यसका लागि अदुवाको टुक्रालाई राम्ररी काटेर एक कप पानीमा राम्ररी उमाल्ने । स्वादको लागि चिनी राख्न सकिन्छ । यसलाई खाना खाएपछि दिनमा तीन पटक सेवन गर्न सकिन्छ ।

महिनावारीको दुखाइबाट छुटकारा पाउन एक गिलास पानीमा एक चम्चा मेथी भिजाएर दोस्रो दिन यो पानी पिउनुहोस् । यसले मोटोपना घटाउनुका साथै मिर्गौला, कलेजो आदिलाई स्वस्थ राख्छ ।

महिनावारीको दुखाइमा पेटलाई तातो पानीले सेक्दा पनि राहत मिल्छ । हट वाटर ब्यागमा तातो पानी भर्ने र यसलाई दुखेको ठाउँमा राखेर सेक्दा फाइदा पुग्छ ।

महिनावारीको दुखाइबाट छुटकारा पाउन चियामा जिराको प्रयोग गर्न सकिन्छ । जिरामा एन्टी–इन्फ्लेमेटरी र एन्टी–स्पास्मोडिक तत्त्वहरू पाइन्छ, जसले दुखाइ कम गर्न मद्दत गर्छ ।


यो पनि…
डेलिभरीपछि यसरी घटाउनुहोस् आफ्नो तौल

गर्भावस्थाको समयमा वाकवाकीबाट राहत पाउने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,