English

१२ हजार वर्षदेखि समुद्रभित्र लुकेको रहस्यमयी सहर



समुद्रमा धेरै रहस्य लुकेका छन् । वैज्ञानिकहरू यी रहस्यहरूबारे जान्न कोशिस गरिरहेका छन् । अब यसैबीच एक पूर्व पुरातत्वविद्ले एउटा ठूलो रहस्य दाबी गरेका छन् जुन अचम्मको छ ।

यी अमेरिकी पुरातत्वविद्ले समुद्रमा १२ हजार वर्ष पुरानो सहर फेला पारेका छन् । पुरातत्वविद्को नाम ‘क्र्याकपोट जर्ज गेल’ हो । पुरातन समयमा मेक्सिकोको एउटा सहर समुद्रमा डुबेको थियो ।

पुरातत्वविद् जर्ज गेलले यो रहस्यमय शहर फेला पारेको दाबी गरेका छन् । कुनै कारणले यो सहर १२ हजार वर्षअघि समुद्रमा डुबेको बताइएको छ । जलमग्न सहरमा धेरै पिरामिडहरू पनि भेटिएको उनीहरूले दाबी गरेका छन् । समुद्रको गहिराइमा ढुङ्गाका भवनका अवशेष पनि भेटिएको उनले बताए ।

१२ हजार वर्ष पुरानो सहरको अवशेष भेटिएको ठाउँमा आफूले ४४ पटक भ्रमण गरेको उनको भनाइ छ ।

यद्यपि, विज्ञहरू १२ हजार वर्ष पुरानो सहर फेला पारेको आफ्नो दाबीमा खासै ढुक्क छैनन् । गेलले ग्रेनाइट शहरको बीचमा पिरामिड रहेको दाबी गरे । सञ्चारकर्मीसँग कुरा गर्दै उनले सयौँ भवन, बालुवा र माटोले पुरिएको पनि बताए ।

जर्ज गेले ५० वर्षदेखि भवनका अवशेषहरूमा अनुसन्धान गरिरहेका छन् ।

जर्ज गेलले लगभग ५० वर्षदेखि भवन र ठूला पिरामिडका अवशेषहरूबारे अनुसन्धान गर्दै आएका छन् । केही दिनअघि आफू डुङ्गा चढेर समुन्द्रमा गएको उनले बताए ।

यस क्रममा उनले १२ हजार वर्ष पुरानो ग्रेनाइटको सहर देखे । यो सहर पहिलेदेखि नै चर्चाको विषय बनेको छ । जालमा अनौठो चट्टान फसेको खबर धेरैपटक माछा मार्नेहरूले दिएका छन् ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,