English

ह्वाइटहेड्स के हो ? अनुहारबाट यसलाई यसरी हटाउनुहोस्



ह्वाइटहेड्स भनेको छालाको तेल, मृत कोशिका र ब्याक्टेरियाले भरिएको कपालको फोलिकल्स हो । ह्वाइटहेड्स, दाग तथा डन्डिफोरबाट बच्न यस्ता टिप्सहरू छन्, जुन निम्नुसार छन् ।
दिनमा दुईपटक अनुहार धुनुहोस्

ह्वाइटहेड्सबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको आफ्नो अनुहारमा रहेको तेल, धूलो र पसिना हटाउनु हो । त्यसैले, अनुहारलाई दिनमा दुईपटक धुनुपर्दछ । अनुहार धेरैपटक धुँदा पनि दागहरु बढ्न सक्छन् ।

मोइस्चराइजिङ गर्नुहोस्

मोइस्चराइजर भनेको छालालाई हाइड्रेट गर्नु हो । आफ्नो अनुहार धोएपछि यसलाई मोइस्चराइज्ड गर्दा पिम्पल हुने खतरा हुन्छ । त्यसैले, तपाईं आफ्नो अनुहार धोएपछि सुक्खा महसुस गर्नुहुन्छ भने, मोइस्चराइजर प्रयोग गर्न सक्नुहुन्छ ।

अनुहार नछुनुहोस्

तपाईंका हातहरू दिनभरि लगातार ब्याक्टेरियाको सम्पर्कमा रहन्छन् । प्रत्येकपटक आफ्नो अनुहार छुँदा, ती ब्याक्टेरियाहरू तपाईंको छालामा सर्न सक्छ । त्यसैले, नियमित रूपमा आफ्नो हात धुनुहोस् र सकेसम्म आफ्नो अनुहार नछुने प्रयास गर्नुहोस् ।

घाम सम्पर्कमा कम रहनुहोस्

घाममा धेरै समयसम्म बस्दा छालामा समस्या निम्त्याउँछ । बारम्बार घामको एक्सपोजरले छालालाई डिहाइड्रेट गर्छ, घामसँगै यसले थप तेल उत्पादन गर्छ र छिद्रहरू बन्द गर्छ । यसबाट बच्न सनस्क्रिन क्रिम लगाउनु राम्रो हुन्छ ।

केही खानेकुरा नखाने

जंक फुड, तेलमा फुलाएका खानेकुराहरू, र पेय पदार्थहरू जस्तै चिप्स, सेतो पिठोमा बनाइएको बेकरी सामानहरू र सफ्ट ड्रिंक्सले रगतमा चिनीको स्तर बढाउँछ । यसले तपाईंको अनुहारमा ह्वाइटहेड्स निम्त्याउन सक्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको