English

विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेती



मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए । विद्यार्थीले घरबाटै डोकोमा मल बोकेर बारीको छेउमा राखेर धमाघम किबीको बगैँचा खन्दै थिए ।

एउटा सामुदायिक विद्यालयमा पस्दा फरक माहोल देखिन्थ्यो बागलुङको काठखोला गाउँपालिका–४ तङ्ग्रामस्थित धारा माविमा । कक्षाकोठामा नपढाएर किबी बारीमै बगैँचा गोडमेलका क्रममा परागशेचनका बारेमा विद्यार्थीलाई बुझाउँदै थिए विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या ।

सामुदायिक विद्यालयमध्येको अब्बल मानिँदै आएको धारा माविमा दिउँसोको समयमा १ देखि ९ कक्षाका विद्यार्थीले कक्षाकोठामा बसेर पढ्दै थिए भने कक्षा १० का १५ छात्रा बारीमा किबी गोड्दै थिए । उनीहरुले अतिरिक्त क्रियाकलापअन्तर्गत झन्डै तीन रोपनी क्षेत्रमा लगाइएका किबीका बिरुवा गोड्दै थिए ।

उत्पादन दिन थालेकै तीन वर्ष भयो, पाँच वर्षअघि किबीका बिरुवा लगाएका थियौँ, अहिले विद्यार्थीलाई फिल्ड प्राक्टिकलअन्तर्गत किबीका बिरुवामा काम लगाइन्छ, यसै अनुसार विद्यार्थीले अङ्कसमेत पाउँछन् ।

विद्यालयले २०६८ सालमै विद्यालयको जग्गामा परीक्षणका लागि विद्यार्थीहरुले केही सङ्ख्यामा किबीका बिरुवा लगाएका थिए । परीक्षणका लागि लगाइएको बिरुवाले राम्रो उत्पादन दिन थालेपछि क्रमशः किबी खेती विस्तार गरिएको र त्यसबाट विगत तीन वर्षदेखि व्यावसायिक रुपमा नै किबीको उत्पादन भइरहेको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्याले बताए ।

‘उत्पादन दिन थालेकै तीन वर्ष भयो, पाँच वर्षअघि किबीका बिरुवा लगाएका थियौँ, अहिले विद्यार्थीलाई फिल्ड प्राक्टिकलअन्तर्गत किबीका बिरुवामा काम लगाइन्छ, यसै अनुसार विद्यार्थीले अङ्कसमेत पाउँछन्’, उनले भने, ‘किबीको भाले र पोथी बिरुवा तथा यिनीहरु बीचको परागशेचनका विषयमा समेत सिकाउन सहज भएको छ, अहिले किबी काँटछाट गरेर गोडमेल गरिरहेका छौँ ।’

छ विषयको २५ नंको दरले प्राक्टिकल यही किबी खेतीमा काम गरेअनुसार पाइन्छ ।

गत वर्ष असिनाले क्षति पुर्याएर जम्मा ५० केजी किबी उत्पादन भए पनि सुरुको वर्षदेखि वार्षिक १५० केजी किबी बिक्री गरिएको शिक्षक पच्याले जानकारी दिए । किबी बिक्रीबाट प्राप्त रकम विद्यालयलाई आम्दानी भइरहेको छ । कक्षा १० को ६ विषयको प्राक्टिकलको नम्बर यही किबी खेतीमा काम गरेबापत पाइने धारा मावि कक्षा १० का प्रथम छात्रा ज्योति पुनले बाताए ।

‘छ विषयको २५ नंको दरले प्राक्टिकल यही किबी खेतीमा काम गरेअनुसार पाइन्छ’, उनले भने, ‘घरबाट विद्यालयमा मल बोकेर ल्याउने, गोडमेल गर्ने र काँटछाँट गर्ने कामअनुसार सरहरुले नम्बर दिनुहुन्छ, यसले म जस्ता विद्यार्थीलाई कृषि खेतीमा आकर्षणसँगै ज्ञान दिएको छ ।’

विद्यार्थीलाई शैक्षिक गुणस्तर वृद्धिका लागि किताबी ज्ञान मात्रै नभएर व्यावहारिक ज्ञान दिनका लागि किबी खेती र विद्यालयका बगैँचालगायतमा काम गराउँदै आएका छौँ ।

विद्यालयमा गरेको कृषि कर्मअनुसार घरमा समेत परिवारलाई सघाउन सहयोग पुगेको विद्यार्थीको भनाइ छ । विद्यालयले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि किबी खेतीमा विद्यार्थीलाई लगाइएको धारा माविका प्रधानाध्यापक कमला थापाले जानकारी दिए । ‘विद्यार्थीलाई शैक्षिक गुणस्तर वृद्धिका लागि किताबी ज्ञान मात्रै नभएर व्यावहारिक ज्ञान दिनका लागि किबी खेती र विद्यालयका बगैँचालगायतमा काम गराउँदै आएका छौँ’, उनले भने, ‘हामीले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको विद्यालयलाई स्थानीयवासीकै सक्रियतामा क्रमशः नमूना विद्यालय बनाउने अभियानमा छौँ ।’

विद्यार्थीलाई पढाइमा अब्बल बनाउनका लागि विद्यालयले बिदाको दिनमा समेत कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयका प्रधानध्यापक थापाले पढे लेखेकाले कलम मात्र होइन, कुटोकोदालो पनि चलाउन जान्नुपर्छ आफ्नो लागि दैनिक जीवनमा आवश्यक पर्ने तरकारी तथा फलफूल आफैं उत्पादन गर्नुपर्छ भन्ने भावनाको विद्यार्थीमा विकास गराउने उद्देश्यले विद्यालय परिसरभित्रै किवी खेती लगाउने गरेको बताए । उनले भने, ‘ग्रेड वृद्घि गर्न मात्र नभई व्यावहारिक सीप र शिक्षा प्रदान गर्न आफूहरु लागि परेको छु ।’

उत्पादित किबीको बिक्रीबाट आएको पैसा विद्यालयको पुस्तकालयका लागि खर्च गरिन्छ । विद्यार्थीले किबी लगाउन थालेपछि विद्यालयको वातावरण नै हरियाली बनेको छ । पढाइसँगै व्यावहारिक शिक्षामा समेत विद्यार्थीलाई अभ्यस्त बनाउन थालेपछि विद्यालयको चर्चा बढेको प्रधानाध्यापक थापाको भनानइ छ । शिक्षक शिक्षिकाको लगाव र विद्यार्थीको परिश्रम गर्ने बानी देखेर यहाँ अभिभावकसमेत खुशी भएका छन् । सिकेको व्यावहारिक ज्ञान घरमै प्रयोग गर्ने जस्ता परिवर्तन यहाँका विद्यार्थीमा आउन थालेको छ । विद्यालयको यो नमूना अभियानले अभिभावकसमेत खुशी भएको विद्यालयका प्रअ थापाले बताए ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विभिन्न आकर्षणको अभियान ल्याउने लहर चलेको भएपनि उत्पादन र व्यावहारिक शिक्षामा जोडिने शैक्षिक क्रियाकलापले विद्यार्थीले विद्यालयप्रति आकर्षित हुन थालेका छन् ।

यो पनि
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले