English

सारी कसरी लगाउने ? जान्नुहोस्



सारी लगाएर पनि स्टाइलिस देखिन सकिन्छ । आजकल धेरैजसो महिलाहरू सारी लगाउन मन पराउछन् । तर, बारम्बार सारी खुल्ने डर हुन्छ हामीले सारी राम्ररी बाँध्न नसक्दा यस्तो हुन्छ । त्यसैले, आज हामी तपाईंलाई सारी लगाउने सजिलो टिप्स बताउछौँ,

सही पेटिकोट

पेटीकोटले साडीमा धेरै फरक पार्छ । सारीलाई राम्रोसँग फिट बनाउन पेटिकोटको महत्तवपुर्ण भूमिका हुन्छ । तर, रेशमको साडीसँग पेटीकोट लगाउनुहुन्छ भने सारी राम्रोसँग बाँधिदैन । त्यसैले, आफ्नो साडी अनुसारको पेटीकोट छान्नुपर्छ ।

सारीलाई प्रेस गर्नुहोस्

लगाउनुअघि सारीलाई सधैँ पनि प्रेस गर्नुपर्छ । राम्रोसँग प्रेस गरी ह्याङ्गरमा अलगै राख्नुहोस् । यसो गर्दा सारी सधैं नयाँजस्तै देखिन्छ र लगाउन पनि सजिलो हुन्छ ।

लगाउँदा ध्यान दिनुहोस्

सारीलाई आफ्नो कम्मरभन्दा माथि र नाभीभन्दा थोरै तल लगाउनुहोस् । स्टाइलिस देखिनका लागि यसलाई ठीकसँग र सही ठाउँमा सेट गर्न धेरै महत्त्वपूर्ण हुन्छ ।

लम्बाइअनुसार मुजा सेट गर्नुहोस्

धेरै छोटो वा उच्च पल्लुले साडीको सार हटाउँछ । पल्लुको लम्बाइ पर्याप्त हुनुपर्छ । साडीको पल्लुले ब्लाउजलाई पूर्ण रूपमा ढाक्नु हुँदैन । नेट वा जर्जेट वा सिफन साडी लगाउँदा, पल्लुलाई पिन–अप गर्न कहिल्यै नबिर्सनुहोस् ।

पिन लगाउन नबिर्सनुहोस्

यदि, तपाईंले राम्रोसँग सारी लगाउन जान्नुभएको छैन भने सेफ्टी पिनको साथमा सारीलाई सुरक्षित गनुहोस् ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested