English

बन्यो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज, यस्तो छ विशेषता



संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ ।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर (केडब्लूएच) समुद्री शक्ति ब्याट्रीद्वारा सञ्चालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता बराबर हो ।

जहाजले जनवरीमा परीक्षण यात्रा गरेको थियो र मध्यचीनको हुबेई प्रान्तको यिछाङमा रहेको आफ्नो गृह बन्दरगाहमा फर्किएको थियो । शून्य उत्सर्जन हाँसिल गर्ने जहाज थ्री गर्जेज ड्यामबाट उत्पादित स्वच्छ जलविद्युतद्वारा सञ्चालित छ ।

देशले स्वच्छ ऊर्जा र हरित यातायातमा जोड दिइरहेका बेला विद्युतीय जहाजको महत्व बढेको छ । जहाजलाई याङ्त्जे नदीमा दृश्य अवलोकनको भ्रमणमा प्रयोग गरिएको बताइएको छ । १०० मिटर लामो र १६ मिटर फराकिलो जहाजले १३०० यात्रु बोक्न सक्छ ।

उक्त विशाल जहाज चाइना थ्री गर्जेज कर्पोरेसन र हुबेई यिचाङ यातायात समूह अन्तर्गत याङ्त्जे पावर कम्पनीले निर्माण गरेको हो । एक पटकको चार्जमा जहाजले १०० किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ ।

२ करोड ३५ लाख डलर लागतमा जहाज निर्माण भएको हो । शून्य प्रदूषण हुने यस जहाजबाट डिजेल इन्जिनको तुलनामा न्यून आवाज र भाइब्रेसन आउँछ ।

यो पनि
‘एफ–२२’ फाइटर जेटलाई सेवाबाट हटाउँदै पेन्टागन
अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन : सुरक्षामा चीन र रूस प्रमुख खतरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को