English

प्रवेशद्वारमा भएको नेमप्लेटले बदलिन्छ घरको वातावरण



घरको भित्री भागको सौन्दर्यसँगै बाहिरी भागको सौन्दर्य पनि धेरै महत्व हुन्छ । घरलाई सुन्दर बनाउन र आफ्नो पहिचान बनाउन घरको मुख्य गेट (प्रवेशद्वार)मा नेम प्लेट लगाउँछन् ।

वास्तुशास्त्रका अनुसार गेटमा नेमप्लेट लगाउँदा शुभ र अशुभ प्रभाव पर्छ । आज हामी घरको गेटमा भएको नाम प्लेटसँग सम्बन्धित केही वास्तु टिप्स बताउँछौँ ।

यस्तो हुनुपर्छ नेम प्लेट

नामको प्लेट घरको मुख्य गेटको देब्रेपट्टी हुनुपर्छ । साथै, यसलाईलाई बलियो पारेर नखस्ने गरी लगाउनुहोस् । यो मुख्य ढोकाबाट थोरै माथि हुनुपर्छ ताकि सबैले सजिलै देख्न सकून् । यसो गर्दा यसले परिवारमा हुने तनाव कम गर्छ ।

आकारमा ध्यान दिनुहोस्

नेम प्लेटलाई सधैँ गोलाकार वा त्रिभुज आकारमा बनाउनुहोस् । प्लेटमा दुई लाइन भन्दा बढी नलेख्नुहोस् । यसले घरमा सकारात्मकता ल्याउनुका साथै खुसीको वतावरण बनाउँछ ।


नेम प्लेटछेउमा कुनै वस्तु नराख्नुहोस्

यसको अगाडि कुनै इलेक्ट्रोनिक्स, सरसफाइ सामग्री वा कुनै भारी वस्तु नराख्नुहोस् । वास्तुका अनुसार यसो गर्दा घरमा नकारात्मक ऊर्जा प्रवेश गर्न सक्छ ।

सरसफाइ गर्नुहोस्

घरको सरसफाईका साथसाथै नेम प्लेट पनि दैनिक रुपमा सफा गर्नुहोस । यसका साथसाथै यो कुनै पनि ठाउँबाट टुटेको छ छैन भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । यदि यो भाँचिएको छ भने, यसलाई तुरुन्तै बदल्नुहोस । यसो गर्दा घरमा सकारात्मक उर्जाको प्रवाह हुन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested