English

संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री सकारात्मक



प्रधानमन्त्री शेरबहादुर देउवा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन लगायतका ऐनहरू ल्याउन सकारात्मक देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बिहीबार प्रधानमन्त्री देउवासँग भेटगरी ऐनका विषयमा ध्यानाकर्षण गराउँदा देउवा सकारात्मक भएका हुन् ।

‘प्रधानमन्त्री देउवा शिक्षा ऐन ल्याउने विषयमा सकारात्मक देखिनुभएको छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै शिक्षामन्त्रीको सचिवालयले भन्यो, ‘यद्यपि ऐन सदनबाट ल्याउने कि अध्यादेशबाट ल्याउने भन्ने विषय थप छलफलपछि मात्र निचोडमा पुग्ने उहाँको भनाइ थियो ।’ नेपालमा अहिलेसम्म पनि २०२८ सालमा बनेको शिक्षा ऐन कार्यान्वयनमा छ ।

शिक्षामन्त्री पौडेललले प्रधानमन्त्री देउवासँग शिक्षा क्षेत्रको बजेट बढाउने विषयमा पनि छलफल गरे । छलफलमा आगामी आर्थिक वर्षमा संविधानले तोके बमोजिम शिक्षामा २० प्रतिशत बजेट पुर्‍याउने मन्त्री पौडेलले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

‘गतवर्ष कोभिडको कारणले बजेटको आकार पनि सानो भयो,’ शिक्षा मन्त्री पौडेलले भने, ‘यस वर्ष कोभिड महामारी कम छ, संविधानबमोजिम शिक्षामा बजेट बढाएर २० प्रतिशत बनाउनुपर्छ ।’ शिक्षा क्षेत्रमा चालू आर्थिक वर्षमा ११ प्रतिशत मात्र बजेट विनियोजन भएको थियो । संविधानमा शिक्षा क्षेत्रको बजेट देशको कुल बजेटको २० प्रतिशत हुनुपर्ने उल्लेख गरिएको छ ।

यो पनि…
शिक्षकलाई एकमुष्ट आर्थिक सहायता दिने सरकारको निर्णय

शिक्षकका समस्या समाधान गर्न सहमति, कार्यान्वयनमा आशंका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested