English

कसरी गर्थिन् यिनी १५ जनासँग डेट ?



आज हामी एक महिलाको बारेमा बताउन गइरहेका छौँ जसले २१ दिनमा १५ जना केटालाई डेट गरिन् । यो कुरा उनी आफैँले आफ्नो किताबमा बताएकी छिन । उनले यस अवधिको अनुभव मानिसहरूमाझ साझा गरेकी छन् ।

उनले प्रायः पुस्तकहरूमार्फत् मानिसहरूसँग आफ्नो डेटिङ अनुभव साझा गर्छिन् । यो अनुभव साझा गर्दै उनले एउटा पुस्तक लेखेकी छिन ।

महिलाले २१ दिनभित्र १५ जना केटालाई डेट गरिन्

डेली स्टारको रिपोर्टका अनुसार अस्ट्रेलियाको सिड्नी निवासी हेलेन चेक नामकी एक महिलाले पुस्तक लेखेकी छिन् । यस पुस्तकमा उनले डेटिङ एप टिन्डरमा साँचो प्रेम कसरी खोज्ने भन्ने टिप्स दिएकी छन् ।

यसबाहेक, उनले डेटिङका क्रममा भोगेका अनुभवका बारेमा पनि आफ्नो पुस्तकमा खुलासा गरेकी छिन् । उनको पुस्तकको नाम ‘सेक्स, स्वाइप्स एन्ड अदर स्टोरिज’ हो ।

‘यसरी तपाईं टिन्डरसँग नयाँ पार्टनर बनाउन सक्नुहुन्छ’

हेलेनले आफ्नो पुस्तकमा अनलाइन प्रेमका क्रममा भोग्नुपरेको समस्याबारे पनि बताएकी छन् । उनले आफू हालै न्युयोर्क गएको बताइन् । यस क्रममा उनले डेटिङ एप टिन्डरमार्फत २१ दिनभित्र १५ जना पुरुषसँग डेट गरिन् ।

उनले टिन्डरमा केटाहरूलाई कसरी डेट गरिन् ? यसबारे पनि बताइन् । हेलेनले आफ्नो पुस्तकमा लेखेकी छिन् कि यदि तपाईं अर्को शहरमा जाँदै हुनुहुन्छ भने, सबैभन्दा पहिले टिन्डरको सेटिङ र स्थान परिवर्तन गर्नुहोस् ।

हेलेन भन्छिन्, त्यो शहरमा जानु भन्दा पहिले तपाईले त्यहाँका मानिसहरूलाई हेर्न थाल्नुहोस् । यसपछि, तपाईले आफ्नो मनपर्ने र मन नपरेको आधारमा मानिस छान्न सक्नुहुन्छ । हेलेनको दुई पटक सम्बन्धविच्छेद भइसकेको छ । हेलेन भन्छिन् कि समय कहिल्यै फर्केर आउँदैन ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,