English

चुनावी गठबन्धनबारे कांग्रेस बैठकमा कसले के भने ?



शुक्रबारबाट सुरु सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ । सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरूले स्थानीय चुनावमा गठबन्धनको पक्षमा धारणा राख्दा केही केन्द्रीय नेताहरूले भने विपक्षी नेकपा एमालसँगको गठबन्धनको विषय उठाएका हुन् ।

केन्द्रीय स्तरबाट गठबन्धन गर्न नहुने धारणा राख्ने कतिपय नेताहरूले स्थानीय स्तरमा गठबन्धन गर्दा एमालेसँग गर्न आवश्यक रहेको बताएका हुन् । उनीहरूले आवश्यकता अनुसार एमालेसँग पनि गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कर्णालीका कतिपय स्थानीय तहमा एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको बताएका थिए । माओवादीविरुद्ध एमालेको साथ आवश्यक रहेको उनले बैठकमा बताएका थिए ।

अहिले कम्युनिस्ट पार्टीमा विभाजन आएको बेलामा एक्लै चुनाव लड्न उपयुक्त भए पनि कतिपय स्थानमा माओवादीविरुद्ध एमालेसँग मिल्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

त्यस्तै केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले पनि कतिपय स्थानीय तहमा जित हात पार्नका लागि एमालेसँगको गठबन्धन आवश्यक रहेको बताइन् ।

स्थानीय स्तरको राजनीतिक अवस्थालाई ध्यान दिएर चुनावी गठबन्धन गर्नु पर्ने उनको भनाइ थियो । सिन्धुलीमा स्थानीय तहको निर्वाचनमा जित हात पार्न एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

बैठकमा बोल्ने धेरै जसोले केन्द्रबाट गठबन्धनको निर्णय गर्न उपयुक्त नभएको धारणा राखेका थिए । तर देउवाले भने एक्लै लड्दा चुनावी नतिजा आफ्नो पक्षमा पार्ने चुनौती रहेको बताएका थिए । कांग्रेको बैठक आइतबार पनि बस्ने छ ।

कांग्रेसमा हालको सत्ता गठबन्धनलाई चुनावसम्म निरन्तरता दिने वा नदिने भन्नेमा दुई लाइन देखिएको छ । नेता शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेको छ र उसले केन्द्रबाट गठबन्धनको निर्णय गर्न नमिल्ने बताएको छ । उता देउवा भने गठबन्धनमा जोड दिइरहेका छन् ।
यो पनि…
गठबन्धनको धारमा कांग्रेस
बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका