English

सभापतिले चाहँदैमा चुनावमा गठबन्धन नहुने कोइराला पक्षको निष्कर्ष



सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ ।

बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ ।

पार्टीको विधानअनुसार चार तहको समिति रहकेो भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिनइनु पर्ने निष्कर्ष निकालेको हो ।

सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि यसबारे निर्णयमा पुग्न नसकिने निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए ।

पार्टीको विधानअनुसार महानगरको मेयर र उपमेयर बाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने उक्त समूहको ठहर रहेको छ ।

स्थानीय तहमा केन्द्रबाट गठबन्धन गरेर जान सकिने सम्भावना नै नरहेको उक्त समूहको ठहर छ ।

यो पनि…
ओलीका ६ आक्रोश अनि ३ खुसी 

आखिर करिश्माले किन छानिन् एमाले ?
माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पार्टी विभाजनको पीडा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका