English

आखिर करिश्माले किन छानिन् एमाले ?

नयाँ शक्ति पार्टीबाट राजनीति शुरु गरेकी करिश्माको यात्रा अब एमालेबाट


‘जानी नजानी राजनीतिमा होमिएँ । धेरै कुरा सिकेँ । के सही, के गलत पहिचान गर्ने मौका पाएँ अबकोे राजनीतिक यात्रा नेकपा एमालेबाट अघि बढाउने निधो गरेँ,’ यो भनाइ अभिनेत्री करिश्मा मानन्धरको हो ।

आज (बिहीबार) बिहान मानन्धरले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेसँगै उनले पार्टी प्रवेश गर्ने निधो गरेकी हुन् । ‘यसपालि एमालेलाई नै भोट दिन्छु भन्ने सोचिरहेको थिएँ, तर राजनीतिक यात्रा अघि बढाउन कुनै न कुनै विचारसँग आबद्ध हुनुपर्छ, नत्र गन्तव्यमा पुगिँदैन भन्ने सोच राखिरहेको थिएँ,’ अभिनेत्री मानन्धरले मेरोलाइफस्टाइलसँगको कुराकानीका क्रममा भनिन्, ‘त्यसैले, कुनै सिद्धान्त अँगाल्ने हो भने उचित समय यही नै हो भन्ने लाग्यो र अनि मनबाट सोचेँ कुन रोजौँ, मनले एमाले नै उचित ठान्यो अनि यतै जाने निर्णय लिएँ ।’

भेटघाटमा अध्यक्ष ज्यूले एउटा राम्रो मौका पारेर खबर गर्छु भन्नुभएको छ, सायद छिट्टै हुन्छ होला ।

तर, कहिले पार्टी प्रवेश गर्ने भन्ने कुरा अहिले नै टुंगो नलागिसकेको मानन्धर सुनाउँछिन् । ‘भेटघाटमा अध्यक्ष ज्यूले एउटा राम्रो मौका पारेर खबर गर्छु भन्नुभएको छ,’ उनले भनिन्, ‘सायद छिट्टै हुन्छ होला ।’

‘यसकारण मलाई एमाले मनपर्यो’

बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी करिश्मालाई एमालेले आकर्षण गर्नुको केही कारण छन् । एउटा हो– महिला सहभागिताको कुरा । ‘महिलालाई ३३ प्रतिशत आरक्षण दिने कुरा संविधानमै लेखियो, यसबारे धेरै भाषण पनि दिइयो तर, राजनीतिक पार्टीभित्रै त्यो देखिएन,’ उनी भन्दै थिइन्, ‘अरू पार्टीको तुलनामा एमालेले महिलालाई धेरै अघि बढाएको पाएँ, त्यसैले पनि एमालेमा जाँदा महिलालाई अग्रपंक्तिमा ल्याउन सकिन्छ भन्ने कुराले पनि प्रेरित गर्यो ।’

म अरू राजनीतिज्ञसँग भेट्छु तर उहाँलाई जति हरेक कुराको जानकार, विभिन्न वर्गका मानिसहरूसँग छिट्टै कनेक्ट गर्न सक्ने प्रतिभा उहाँमा छ त्यसबाट पनि म प्रभावित थिएँ । साथै, अरू पनि थुप्रै कुरा छन् ।

ओलीको व्यक्तित्वबाट प्रभावित !

साथै, केपी ओलीको व्यक्तित्वले पनि आफूलाई एमाललेप्रति आकर्षण बढेको उनी सुनाउँछिन् । ‘म केपि ओलीको व्यक्तित्वबाट पनि प्रभावित छु,’ एमाले रोज्नुको कारण कोट्याउँदै थिइन्, ‘म अरू राजनीतिज्ञसँग भेट्छु तर उहाँलाई जति हरेक कुराको जानकार, विभिन्न वर्गका मानिसहरूसँग छिट्टै कनेक्ट गर्न सक्ने प्रतिभा उहाँमा छ त्यसबाट पनि म प्रभावित थिएँ । साथै, अरू पनि थुप्रै कुरा छन् ।’

अर्को कुरा जीवन भनेकै हरेक कुरालाई सच्याउँदै अघि बढाउने कुरामा करिश्मा दृढ देखिन्छिन् । ‘१४ वर्षको कलिलो उमेरमा सिनेमा क्षेत्रमा होमिएँ मलाई केही थाहा थिएन गहिराइ बुझ्दै सिक्दै गएँ, बम्बई गएर सिकेँ अनि सिनेमाको एउटा लामो यात्रा तय गरेँ,’ मानन्धर आफ्नो जीवनयात्रा वर्णन गर्दै थिइन्, ‘यो उमेरमा आएर पढ्न मन लाग्यो पढेँ जसलाई निरन्तरता दिँदै छु । यस्तै, राजनीतिमा जानीनजानी नयाँ शक्तिमा आबद्ध भएँ जब बुझ्दै गएँ हरेक कुरा सच्याउने राजनीतिले नै हो भन्ने कुरा थाहा पाएपछि झनै प्रेरणा मिल्यो ।’

अन्य पार्टीबाट पनि प्रस्ताव !

केही समय राजनीतिबाट टाढा रहेकी करिश्मा आफूलाई मूलधारका अन्य पार्टीले पनि प्रस्ताव गरेको सुनाउँछिन् । ‘कांग्रेसमा पनि मेरा थुप्रै साथीहरु हुनुहुन्छ उहाँहरूले पनि पार्टीमा आबद्ध हुनुहोस् भन्नुभएको थियो साथै अन्य पार्टीबाट पनि प्रस्ताव आएको थियो,’ उनले भनिन्, ‘आफूलाई मनले खाएको पनि हुनुपर्छ भन्ने लागेर एमाले रोजेकी हुँ ।’

करिश्मासँगै थुप्रै कलाकारहरू राजनीतिमा आवद्ध छन् । तर, कलाकारहरू अग्रपंक्तिमा पुग्न नसकेकोमा उनको चिन्ता छ । ‘अहिले कांग्रेसले नीर शाह दाइलाई राष्ट्रिय सभामा नियुक्त गर्ने कुरा चर्चामा छ यसले म निकै खुसी छु,’ करिश्मा भन्छिन्, ‘कलाकारले राजनीतिक रूपमा कुनै हैसियत पायो भने उसले त्यहाँ शुरूमा आफ्नै क्षेत्रसँगको सम्बन्धित कुरा अघि सार्छ र म पनि त्यही गर्नेछु ।’

यो पनि…
अभिनय र राजनीतिपछि व्यवसायमा करिश्मा
अभिनेत्री करिश्मा मानन्धरको ‘आउ न सङ्गी हो गाउँन मिलेर’ तीज गीत सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested