English

अभिनेत्री करिश्मा मानन्धरको ‘आउ न सङ्गी हो गाउँन मिलेर’ तीज गीत सार्वजनिक



अभिनेत्री करिश्मा मानन्धरले तीज गीत बजारमा ल्याएकी छिन् । उक्त गीत सोमबार करिश्मा मानन्धर युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । केबी फिल्म्सको प्रस्तुति रहेको सो गीतमा अभिनेत्री मानन्धर, सम्झना बुढाथोकी, क्षितिजा शाक्य, तेन्जु योन्जन, बशु तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

गीतमा गायिका मेलिना राईको स्वर छ । गीतको शब्द लेखन गोविन्द राईले गरेका हुन् भने साज सिंहको संगीत रहेको छ । उनको संगीतलाई बाजागाजा हालेर प्राविधिक ढाँचा दिने अर्थात संगीत संयोजनको काम रुपम सिंह गुरुङले गरेका छन् । साथै, किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन् । यस गीतको भिडियोमा कलाकारहरुको शृङ्गार अर्थात मेकअप अशोक रोका र अटल मगरले गरेका छन् ।

यसैगरी, गोविन्द राईले नै भिडियोको कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । कोरियोग्राफीमा उनलाई कृष्ण लिम्बुले सघाएका छन् । भिडियो निर्माणमा प्राविधिकदेखि आवश्यक वस्तुको व्यवस्थापन गर्ने अर्थात प्रोडक्सन म्यानेजिङको काम इश्वर घिमिरे र रामहरी डंगोलले गरेका छन् । यसैगरी मदन कश्यप घिमिरेले भिडियोलाई छायाँकन गरेका हुन् । उक्त भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् भने रङ संयोजन जुनिम गहतराजले गरेका हुन् ।

पछिल्लो समय तीजका गीतमा मौलिकता हराउँदै गएको भन्ने चौतर्फी गुनासो रहँदै आएको छ । त्यही मौलिकता हराउँदै गएको तीज गीतलाई जोगाउने उद्धेश्यले तीज गीत निर्माण गरेर बजारमा ल्याएको अभिनेत्री मानन्धर बताउँछिन् । ‘पछिल्लो समय मौलिक तीज गीत आउनै छाडे,’ उनी भन्छिन्, ‘तर, यो गीतमा आमदर्शक श्रोताले तीजको मौलिकता भेट्नुहुन्छ ।’

भिडियो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested