English

अभिनय र राजनीतिपछि व्यवसायमा करिश्मा



अभिनेत्री करिश्मा मानन्धरले इन्टेक्स ब्राण्डका विद्युतीय सामान नेपाली बजारमा भित्राएकी छन् । अभिनय हुँदै राजनीतिमा समेत प्रवेश गरेकी मानन्धर अब व्यवसायतर्फ सक्रिय हुन लागेकी हुन् ।

‘एउटा प्राफेसनमा लागेको मान्छेले अर्को काम गर्नुहुँदैन भन्ने मान्यता छ, अझै कलाकारले त अरु काम गर्नै हुँदैन भन्ने मानसिकता ब्याप्त छ,’ मेरोलाइफस्टाइलसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘म त कर्ममा विश्वास गर्ने मान्छे हुँ, हिजो अमेरिका हुँदा पनि काम गरेकै हुँ, नेपालमा पनि कृषि गरिरहेको छु । आफूलाई रूचि छ भने जुनसुकै काम गर्दा हुन्छ ।’

एक वर्षयता इन्टेक्स ब्रान्डका होम अप्लाएन्स सामान नेपाल भित्राउन गृहकार्य गरिरहेकी मानन्धरले बुधबार औपचारिक घोषणा गरेकी छन् । २५ वर्ष अघि स्थापित इन्टेक्सले विश्वका ४० भन्दा बढी देशमा कम्पनी बिस्तार गरिसकेको छ । यद्यपि, होम अप्लायन्स र स्मल होम अप्लायन्सका लागि नेपालमा भने पहिलोपटक प्रवेश गरेको हो । तर, ८ वर्ष पहिला इन्टेक्सको मोबाइल नेपाली बजारमा भित्रिएको थियो ।

इन्टेक्सका सामानले नेपाली बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने पूर्ण विश्वस्त रहेको अभिनेत्री मानन्धर बताउँछिन् । ‘इन्टेक्स आफैंमा राम्रो ब्राण्ड हो,’ उनले भनिन्, ‘व्यापार गर्दा विश्वासिलो र दह्रो ठाउँमा हात हाल्नुपर्छ भनेरै इन्टेक्स रोजेकी हुँ । हामी जुनसुकै कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्छौं ।’

नेपालमा इन्टेक्सको ४५ वटा वितरक छन् । यसलाई यो वर्ष अधिकतम बढाउने लक्ष्य रहेको मानन्धरले बताउँछिन् । हाल इन्टेक्सको कुलर, फ्यान, टेलिभिजन, ग्याँस स्टोभ, फ्रिज, वासिङ मेसिन लगायतका घरायसी सामग्री उपलब्ध छन् ।

कर्ममा विश्वास गर्ने अभिनेत्री मानन्धर आफूले गर्दै आएको पेसा भन्दा फरक गर्दा नौलो आभास हुने बताउँछिन् । ‘एउटा प्राफेसनमा लागेको मान्छेले अर्को काम गर्नुहुँदैन भन्ने मान्यता छ, अझै कलाकारले त अरु काम गर्नै हुँदैन भन्ने मानसिकता ब्याप्त छ,’ मेरोलाइफस्टाइलसँगको कुराकानीका क्रममा उनले भनिन््, ‘म त कर्ममा विश्वास गर्ने मान्छे हुँ, हिजो अमेरिका हुँदा पनि काम गरेकै हुँ, नेपालमा पनि कृषि गरिरहेको छु । आफूलाई रूचि छ भने जुनसुकै काम गर्दा हुन्छ ।’

यस ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता रिसिक ट्रेडिङ कन्सर्न इन्टेक्स प्रा.लि रहेको छ । जसमा मानन्धर प्रबन्ध निर्देशकको रुपमा रहेकी छिन् । यद्यपि, यसमा श्रीमान बिनोद मानन्धर र छोरी कविता मानन्धरको प्रत्यक्ष संलग्नता रहने उनले प्रष्ट पारिन् ।

नेपालमा इन्टेक्सको ४५ वटा वितरक छन् । यसलाई यो वर्ष अधिकतम बढाउने लक्ष्य रहेको मानन्धरले बताउँछिन् । हाल इन्टेक्सको कुलर, फ्यान, टेलिभिजन, ग्याँस स्टोभ, फ्रिज, वासिङ मेसिन लगायतका घरायसी सामग्री उपलब्ध छन् ।

साथै, बजारको माग र ग्राहकको रोजाई अनुसारका सामान भित्राउने उनले बताइन् । ‘अहिले त हामीले बिऊ रोपेका हौं फल खाने बेला आउँदैछ,’ उनले भनिन्, ‘घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक सामान खरिद गर्दा उपभोक्ताले अब देखि यो ब्राण्डलाई नै रोज्नेमा म विश्वस्त छु ।’

इन्टेक्स ब्राण्डका सामानको १ देखि १० वर्षसम्म वारेन्टी रहेको इन्टेक्स ब्राण्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताए । ‘नेपालमा आधिकारिक रुपमा भित्रिएको यस ब्राण्डलाई नम्वर वन बनाउने हाम्रो प्रयास जारी छ,’ उनले भने, ‘हाम्रो उद्धेश्य भनेको गुणस्तरीय सामान उपभोक्तालाई दिनु हो । हाम्रा ब्राण्डका सामान प्रयोग गर्ने कुनैपनि उपभोक्ताले पछुतो मान्नुपर्ने छैन ।’

करिश्मासँग सम्बन्धित थप सामग्री पढ्नुहोस् :
करिश्मा भन्छिन्– ‘तीज गीतको आत्मा सबैले कायम गर्नुपर्छ’ (भिडियोसहित)
राजेश र करिश्मा हल्का–हल्का लजाएर
करिश्माको होली उत्सव (फोटो-भिडियो)
अभिनेत्री करिश्मा मानन्धरको ‘आउ न सङ्गी हो गाउँन मिलेर’ तीज गीत सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती