English

करिश्मा भन्छिन्– ‘तीज गीतको आत्मा सबैले कायम गर्नुपर्छ’ (भिडियोसहित)



हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड तीज नजिकिँदै गर्दा दैनिकजसो तीजका गीत सार्वजनिक भइरहेका छन् । यहीबेलामा अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको ‘आउन सङ्गी हो गाउँन मिलेर’ बोलको तीज गीत बजारमा आएको छ । त्यसो त पछिल्लो समय तीज गीतमा गायकदेखि नायकसम्म र गायिकादेखि नायिकासम्म व्यस्त हुन थालेका छन् । यसले तीज गीतको बजार उकास्न ठूलो भूमिका खेलको छ । तर, पछिल्लो समय बजारमा आएका केही तीज गीत र भिडियोका कारण भने यसको मौलिकता धरापमा पर्दै गएको भन्ने आवाज पनि उठ्न थालेका छन् । तर, अभिनेत्री मानन्धरको तीज गीत र भिडियो दुवैमा मौलिकता झल्कन्छ । यसैसन्दर्भमा केन्द्रीत रहेर मानन्धरसँग मेरोलाइफस्टाइलले गरेको कुराकानी :

तपाईं त चलचित्रमा केन्द्रित हुने र अभिनय गर्ने अभिनेत्री कसरी तीज गीतमा होमिनु भयो ?

यो पनि चलचित्र क्षेत्रको एउटा भाग नै हो । जो पर्दामै आउँछ । बजारमा आएका विभिन्न गीतका भिडियोमा चित्त नबुझे पनि अभिनय गरेको हुन्छु । तर, कलाकार भएको नाताले तीज गीत बनाउनु पर्छ र यसको आत्मा कायम गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले तीज गीत निर्माण गरेकी हुँ ।

तपाईले करिव ७/८ वर्ष अगाडि ‘तीजको रहर आयो बरिलै…’ बोलको गीतमा अभिनय गर्नुभएको थियो ? तपाईंलाई तीजका कस्ता गीत मनपर्छन् ?

बालबालिकादेखि वृद्धाका समस्यालगायत समाजका विभिन्न मुद्धालाई तीज गीतमा समेट्न सकिन्छ । मैले ल्याउने गीतमा चेलीको माइतीप्रतिको लगाब र सद्भावलाई राखेर वर्ष दिनको तीजमा एकदिन रमाइलो गरौँ र नाचौँ भन्ने भाव दिन्छ । र, मलाई पनि यस्तै, मौलिक झल्को दिने गीत नै मनपर्छन् ।

तपाईले केही वर्ष अगाडी तीज गीतमा राम्रो शब्द र संगीत भए मात्र अभिनय गर्छु भन्नु भएको थियो । धेरै वर्षपछि तीज गीतमा अभिनय गर्नु भयो । तीज गीतका शब्द र संगीतले तपाईलाई नभेटेको हो कि, तपाईले राम्रो शब्द र संगित नभेट्नु भएको हो ?

दुबै हो । तीज गीत भन्छन् तर, मनैबाट अभिनय गरौं जस्तो लाग्दैन । अहिले तीज भन्ने बित्तिकै एउटा पार्टी जस्तो भएर गयो । भोज भत्तेरमा नाँच्ने गीतहरुमात्र तीजमा चल्न थाले । मैले यो गीतको संगीतकार साज जी राम्रो मान्छे भेट्टाएँ । त्यसैले यसमा ओरिजिनल संगीत सुन्न पाइन्छ ।

तपाईले ल्याएको तीज गीतलाई सरसर्ती समिक्षा गर्दिनुस् न ?

मैले ल्याएको तीज गीत साधारण गीत हो । जुन पहिला–पहिलाको गीतमा हेर्न पाइन्थ्यो । त्यसैले मौलिक गीत हेर्न पाइन्छ । तीज भन्ने बित्तिकै त्यो सँग मन्दिर जोडिन्छ । त्यसैले मैले मन्दिरमै छायाँकन गरेको छु । दियो बालेको छु, शिवजीको आराधना, पुजा गरेकी छु । पछिल्लो समय धेरै गीतहरु पार्टी प्यालेसमा सुटिङ हुन थालेका छन् । मैले त्यो भन्दा बाह्य दृश्यहरु दिन खोजेकी हुँ । त्यसैले पार्टी प्यालेसमा छायाँकन भएका गीत भन्दा विल्कुल फरक छ ।

रंगको पर्व होली होस् या महिलाको महान पर्व तीज होस् । यसमा तपाईको नाम पक्कै जोडिन्छ । यसपालीको तीजको योजना के छ ?

पहिला जस्तो राती दर खाने योजना छैन । साँझपख सामान्य तरिकाले दिदिबाहिनीहरुसँग दर खाने योजना छ । बिहान वर्ता लिन्छु । तर, स्वास्थ्यलाई हानी पुग्ने गरी पानी पनि नखाई कडा किसिमको व्रर्त बस्दिनँ । पानी र फलफूल खाएर शिवजीको आराधना गरेर समान्य तरिकाले वार्ता बस्ने रमाइलो गर्ने योजना छ ।

कोरोना भाइरसका कारणले यो वर्ष तिजको चहल–पहल कम छ, तर विगतका वर्षमा तिज आउनु महिना दिन अगावै दरका नाममा भड्किला गतिविधि देखिन्थे । त्यसमा तपाईको प्रतिक्रिया के छ ?

सुरु–सुरुमा दर खाने निम्तो आएपछि जान्थेँ । तर, महिनैभर दरको निम्तो आउन थालेपछि जानै छोडें । कोरोना आए पछि जाने कुरै भएन । मेरो विचारमा महिना दिन अगाडिबाटै दर खाने नाममा पार्टी गर्नुपर्छ जस्तो लाग्दैन । खुसी हुनका लागि घरमै दर खाने दिदीबाहिनीलाई बोलाएर घरमै एकदिन रमाइलो गर्दा हुन्छ । अझै हाम्रो परम्परा दिदीबहिनीदाइए चुरा, पोते बाँढ्ने अर्थात सुहाग बाँढेर पनि तीज मनाउन सकिन्छ

यसवर्ष तीजको व्रत बस्ने योजना बनाउनु भएको छ कि छैन ?

सानो उमेरबाटै तीजमा व्रत बस्न थालेकी हुँ । थाहा पाएदेखि बस्दै आएको छु तर बचपनमा आधा दिनमा खाना खाइदिन्थें । जब १६–१७ वर्षको भएँ राम्रै गरी व्रत बस्न थालें । पशुपतिमा राती २ बजेदेखि लाइनमा बस्थेँ । बिहान ८ बजे दर्शन हुथ्यौँ । त्यो समयको रमाइलो नै मन्दिरमा लाइन बस्नुमा हुन्थ्यो ।

तपाई कक्षा १२ को विद्यार्थी पनि हो त्यसैले अघिल्लो पुस्ता र पछिल्लो पुस्तासँग जोडिन पाउनुभएको छ । त्यसैले अहिलेका पुस्ताका चेलीहरुमा तीजप्रतिको धारणा के पाउनुभयो ?

अहिलेको नयाँ पुस्तालाई तीजप्रति खासै रुचि नभएको पाएँ । सायद विवाहपछि मनाउँला भन्ने सोच भएर पनि हुन सक्छ । अहिले कोरोना संक्रमण कारणले पनि नमनाएको हुन सक्छ । म अहिले कक्षा १२ मा पढ्दै छु । त्यसैले प्लस टु मा तीज नमनाए पनि स्कुलमा भने राम्ररी तीज मनाएको थिएँ । म पढ्ने विद्यालयमा प्रायः सबै प्रकारका चाडपर्वहरु मनाइन्थ्यो । त्यसैमध्ये तीज पनि पर्थ्यो । विद्यालयमा पुराना मौलिक गीतहरु बजाएर नाच्थ्यौं ।

तपाईलाई तीजको मनपर्ने पक्ष के हो ?

महिलाहरुले माइतीलाई विशेष रुपले याद गर्छन् तीजमा मलाई यो पक्ष एकदमै मन पर्छ । छोरीहरु जब विवाह गरेर जान्छन् उनीहरुलाई माइत जानको लागि समय थोरै नै मिल्छ । त्यसैले तीज पनि एउटा त्यस्तो अवसर हो जसमा महिलाहरु माइत जान पाउँछन् ।

अहिले तपाईले निर्माण गर्नु भएको जुन गीत छ त्यसमा पुरानो मोडलहरुलाई नचाउनु भएको छ, यसको तारतम्य कसरी मिल्यो ?

यो गीतको बोल नै ‘आउन सङ्गी गाउँन मिलेर’ भन्ने छ । त्यसैले मेरो जति पनि सङ्गीहरु छन् उनीहरुलाई समेटेको छु । यसमा हामीले बाबाआमा, दाजू, भाउजूको कुरा गरेका छौं । ‘आउन संगी छमछमी नाचौँन मरेर लौजानु के छ र ?’ मरेर लैजानु त केही पनि छैन त्यसैले भेटेको बेला रमाइलो गर्नुपर्छ ।

नृत्य निर्देशनमा गोविन्द राईलाई नै किन रोज्नु भयो ?

गोविन्द राई नेपाली पन थाहा भएको मानिस भएको भएर उहाँलाई रोजेको हुँ । अन्य कोरियोग्राफरहरु पनि धेरै राम्रो–राम्रो हुनुहुन्छ । तर, तीजको गीतहरुमा भने उहाँको कोरियोग्राफी राम्रो हुन्छ । उहाँसँग मेरो लामो सहकार्य पनि छ त्यसैले पनि उहाँलाई रोजें ।

तीज गीत निर्माण गर्ने सोच चाहिँ कसरी आयो ?

मलाई एउटा तीज गितको अफर आएको थियो । त्यो गितमा प्रयोग भएका शब्दहरुले गर्दा मैले त्यो गीतमा अभिनय गरिनँ । केही मौलिक गरौन भन्ने सोचका साथ मैले यो गीत निर्माण गरेँ ।

कोरोना माहामारीले फिल्म क्षेत्र सुस्ताएको छ, यो बेला तपाईको लाइफस्टाइल कसरी बितिरहेको छ ?

यो पनि पढ्नुहोस्
जसले नृत्यमै करिअर बनाए

कोरोनाले हाम्रो रियालीटी देखाइदिएको छ । बाँच्नु नै ठुलो कुरा हो भन्ने पाठ सिकाएको छ । यो तीज गित बनाउनुको उद्धेश्य दर्शकहरुसँग जोडिन पाइयोस भनेर नै हो । सक्दो स्वस्थ हुने, मनस्थितिलाई सामान्य राख्ने प्रयासमा छु । पछिल्लो समय सचेत भएर केही म्युजिक भिडियोहरुमा अभिनय गरिरहेको छु ।

चलचित्र क्षेत्र त केही समय सुचारु हुने अवस्था छैन, त्यसैले अबको योजना के छ ?

अहिले युट्युबमा इडिटिङ सिकिरहेको छु । युट्युबको लागि कन्टेनहरु बनाइरहेको छु । सँगसँगै पढाईलाई पनि निरन्तरता दिइरहेको छु ।

अन्तिममा दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?

अहिले संयमता अपनाउनु एकदमै जरुरी छ । धेरै मानिसहरुले कोरोनाको कारण सास्ती भोगिरहेका छन् । यो समय छिट्टै बितोस् । सबै जनाले खोप पाउन् र जनजीवन सामान्य तरिकाले बिताउन पाइयोस् भन्ने कामना गर्छु ।

भिडियो :


यो पनि पढ्नुहोस्
सिन्धुबासीका साथमा कलाकारः पहिलो दिनै उठ्यो ३२ लाख, कसले कति गरे ? (भिडियोसहित)
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो
कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेटी



...
vaveda

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
gay porn

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
online pharmacies of canada

best canadian pharmacy

...
canadian pharmaceuticals online reviews

online prescriptions without script

...
top rated online pharmacies

top rated canadian mail order pharmacies

...
non perscription on line pharmacies

drugstore online https://canadianpharmacystar.com/ [url=https://canadianpharmacystar.com/]legitimate canadian pharmacy[/url]

...
canada pharmacies online pharmacy

mail order pharmacy canada

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested