जसले नृत्यमै करिअर बनाए



कुनै बेला नेपाली समाजमा नृत्य बन्द कोठाभित्र सिमित थियो । अहिले समयमा ठूलो परिवर्तन आइसकेको छ । नृत्य बन्द कोठाभित्र मात्र सिमित छैन । असिमित दर्शकमाझ फैलिएको छ । अझै नयाँ पुस्ताका युवा–युवतीहरुले नृत्यमै करिअर बनाइरहेका छन् । आज विश्व नृत्य दिवस । यसैको छेको पारेर नेपाली कला क्षेत्रमा नाचेरै करिअर बनाउने केही नर्तक तथा नृत्यांगनाहरुलाई मेरो लाइफस्टाइलले समेट्ने प्रयास गरेको छ ।

सरोज अधिकारी नाचेरै राम्रो करिअर बनाएका नर्तक हुन् । महोत्तरीका २६ वर्षीय सरोजको सानैदेखि नृत्यमा रुची थियो । विद्यालयका विभिन्न कार्यक्रममा नाच्थे ।

सरोज अधिकारी

सरोज अधिकारी नाचेरै राम्रो करिअर बनाएका नर्तक हुन् । महोत्तरीका २६ वर्षीय सरोजको सानैदेखि नृत्यमा रुची थियो । विद्यालयका विभिन्न कार्यक्रममा नाच्थे । उनको नाचले वाहवाही पाउँथ्यो । त्यही हौसलाले हुनुपर्छ उनले कक्षा ९ मा अध्ययन गर्दै गर्दा ‘कलशमा जल’ बोलको गीतमा कोरस नाचे । त्यसपछि पनि उनले थुप्रै गीतको कोरस नाचे तर, दुःख गरेजस्तो प्रतिफल पाउन सकेनन् ।

कोरस नाच्न छोडे । घरमै डान्स सिक्न थाले । नृत्यलाई करिअर बनाउने उनको ठूलो चाहना थियो । तर, त्यसका लागि आर्थिक संकट ठूलो बाधा थियो । त्यो संकट पार गर्नका लागि उनले एउटा होटलमा वेटरको काम समेत गरे । यही क्रममा उनले नेपाल हिपअप डान्स फाउण्डेसमा छात्रवृत्तिमा डान्स सिक्ने अवसर पाए । डान्स सिक्ने क्रममा भेटिएका साथीहरुसँग मिलेर सन् २०६६ सालमा कार्टुन्ज क्रिउको स्थापना गरेको उनी बताउँछन् । क्रिउ अहिले नृत्य बजारको सबैभन्दा रुचाइएको टीममा पर्छ । जाल्मा, पानी पर्यो, लुकी लुकी लगायतका थुप्रै गीतका भिडियो भाइरल छन् । क्रिउबाटै अहिलेसम्म ५० भन्दा बढी म्युजिक भिडियो बनाइसकेको उनले बताए ।

नृत्यमै करियर बनाउने लक्ष्य बोकेर ५ वर्षअघि काठमाडौं आएकी उनले ५ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । त्यसबाहेक स्टेज सो र अन्य कार्यक्रमहरुमा उनको प्रस्तुतिको सूची बेग्लै छ । अञ्जली अहिले एउटा म्युजिक भिडियोमा अभिनय बापत् ५० हजारभन्दा बढी पारिश्रमिक लिन्छिन् ।

अञ्जली अधिकारी

अञ्जली अधिकारी पछिल्लो समयकी चर्चित मोडल हुन् । नृत्यमै करियर बनाउने लक्ष्य बोकेर ५ वर्षअघि काठमाडौं आएकी उनले ५ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । त्यसबाहेक स्टेज सो र अन्य कार्यक्रमहरुमा उनको प्रस्तुतिको सूची बेग्लै छ । अञ्जली अहिले एउटा म्युजिक भिडियोमा अभिनय बापत् ५० हजारभन्दा बढी पारिश्रमिक लिन्छिन् ।

एसएलसी परीक्षा दिने बित्तिकै भागेर काठमाडौं आएकी अधिकारीलाई सुरुवातका दिनमा गायक बद्री पंगेनीले ठूलो गुन लगाए । काठमाडौं आएपछि उनलाई सुरुमा पंगेनीले निरमाया दोहोरी साँझमा काम मिलाइदिए । त्यहाँ काम गरेबापत् १५ हजार पारिश्रमिक पाउने गरेको उनी बताउँछिन् । केही समयपछि पंगेनीले नै ‘खरबारीमा’ बोलको गीतमा अभिनय गर्ने अवसर दिए । दोहोरी साँझ हुँदै म्युजिक भिडियोमा अभिनयको यात्रा तय गरेकी उनले चलचित्र ‘प्रसाद’ को ‘बनकी चरी’ बोलको गीतमा आइटम डान्स समेत गरेकी छन् । साथै, गायक प्रकाश सपुतको ‘बोल माया’ ‘गलबन्दी’ पछि उनी चर्चाकै शिखरमा छिन् ।

बिनु शाक्यको बेली डान्सको क्रेज उत्तिकै छ । १० वर्ष पहिले ‘सकिन जुन छुन’ गीतको भिडियोबाट डेब्यु गरेकी उनी अहिले बेली डान्सरको रुपमा परिचित छिन् ।

आस्मा विश्वकर्मा

कार्टुन्ज क्रिउकी आष्मा विश्वकर्मा चर्चित मोडल तथा नृत्यांगना हुन् । १७ वर्षको उमेरदेखि नृत्य सुरु गरेकी उनले ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

एलिशा राई

खोटाङमा जन्मिएर काठमाडौंमा हुर्किएकी राईंको नृत्यांगना बन्ने चाहना सानैदेखिको हो । २०७२ सालबाट मोडलिङ सुरु गरेकी उनले ५ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । ‘ठमेल बजार’ ‘नाई मलाई थाहा छैन’ लगायतका उनका हिट गीत हुन् ।

करिश्मा ढकाल

करिश्मा ढकाल चर्चित नृत्यांगना हुन् । २०७२ मा तीजको गीत सेल्फी सेल्फीबाट करिअर सुरु गरेकी करिश्मा १ हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको बताउँछिन् । ‘उही खोलीमा पानी’ ‘नाच मेरी झुमा’ लगायत उनका थुप्रै गीत हिटको सूचीमा छन् । गोरखाकी २२ वर्षीया ढकाल एउटा म्युजिक भिडियोमा अभिनय गरेबापत २५ हजारभन्दा बढी पारिश्रमिक लिन्छिन् ।

बिनु शाक्य

बिनु शाक्यको बेली डान्सको क्रेज उत्तिकै छ । १० वर्ष पहिले ‘सकिन जुन छुन’ गीतको भिडियोबाट डेब्यु गरेकी उनी अहिले बेली डान्सरको रुपमा परिचित छिन् । सिन्धुपाल्चोककी शाक्य पछिल्लो समय बेली डान्सका लागि देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रममा खुबै व्यस्त हुन थालेकी छिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्वास्थ्यलाई राम्रो बनाउन सबैलाई स्वस्थ खानपानसँगै नियमित व्यायाम गर्न सुझाव दिँदै आएको स्वास्थ्य विज्ञहरूले अब राम्रो निद्रालाई बानीमा समावेश गरेका

तपाईँले संसारका सबै तालहरूको बारेमा सुन्नु भएको होला। कोही धेरै ठुला छन् र कोही धेरै साना र गहिरो आकारका छन्।

धेरै जनालाई घर सजाउने मन हुन्छ, जसका कारण घरमा हरियो बिरुवा रोपेर घरको सौन्दर्य बढाउँछन् । यसबाहेक, घरको बाल्कोनी पनि

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको