English

छाउन थाले तीजका भाका– कतै ताली कतै गाली



क्यासेट, सिडी त इतिहास भइसक्यो । प्रविधिमा नयाँ–नयाँ परिवर्तन आएको छ । सङ्गीत बजार युट्युबमा केन्द्रित छ । कुनैताका गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ ।

युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल नचहारेसम्म बजारमा नयाँ कुन गीत आयो भन्नेसम्म थाहा पाउन नसकिने स्थिति छ । सर्जक/कलाकारलाई युट्युब माध्यम निर्विकल्प बनेको छ । कमाइ गर्ने बाटो नै त्यही भएको छ ।

तीज पर्व आउन अझै डेढ महिना बाँकी छ । युट्युबमा तीजका भाका छाउन थालेको पनि डेढ महिनै भइसक्यो । असार लाग्दा नलाग्दै तीज गीतले युट्युबमा प्रवेश पाए । अहिले युट्युब हेर्दा लाग्छ, तीज त दैलोमा आइसक्यो ।

तीज पर्व आउन अझै डेढ महिना बाँकी छ । युट्युबमा तीजका भाका छाउन थालेको पनि डेढ महिनै भइसक्यो ।

अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । सङ्गीतप्रेमी स्रोता/दर्शक तीज गीततिर डोरिएका छन् । कोरोना महामारीले सिर्जित विषम स्थितिसमेत कतिपय तीज गीतको भावभूमिका रुपमा प्रकट भएको छ । बर्खाको बाढीपहिराबीच माइत हिँडेकी चेलीको बेदना पनि गीतमा मुखरित छ ।

गायक विष्णु खत्री र गायिका रिना केसीको तीज गीत ‘मुग्लिन’मा प्यारा भन्छन्–
‘रातभरि झरी, जाउली के गरी जोखिम छ बाटोमा
भनेकै हुम् नी, तिहारमा जाउली तीजको साटोमा
बट्यौली बजार नपुग्दै मुग्लिन
पियारी माइत, पुग्लिन कि नपुग्लिन…’

प्यारीले जवाफ फर्काउँछिन्–
‘माइतमा जानी बाटैमा ठूलो छ पहिरो खसेको
डोजरले कहिले पन्छाउँछ बाटो कुरेरै बसेको
बागलुङैबाट नारायणघाटैमा
यता न उता भाकी छु बाटैमा…’
गायक खत्रीको शब्द र सङ्गीत रहेको यस गीतको म्यूजिक भिडियोमा ओवी रायमाझी र सारिका केसीको अभिनय छ ।

तीजका अवसरमा सार्वजनिक रत्यौली भाकाको गीत ‘सानीमाया’ मा एउटी आमाले आफ्ना सन्नतिलाई दिएको प्रेममय आशिर्वचन हो यो ।

‘जेठो जर्नेल, माइलो कर्नेल
हा बरै कान्छो चौतारीमा, सानीमाया
घुन पुत्ला नलागोस् हा बरै तिम्रो दौँतरीमा, सानीमाया’
तीजका अवसरमा सार्वजनिक रत्यौली भाकाको गीत ‘सानीमाया’ मा एउटी आमाले आफ्ना सन्नतिलाई दिएको प्रेममय आशिर्वचन हो यो । एक साताअघि ‘वसन्त थापा’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्यूजिक भिडियोलाई हालसम्म २० लाखभन्दा बढी पटक हेरिएको छ ।

गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीको छ ।
केटा पक्षको शब्द भने गायक थापाले लेखेका हुन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ । ‘अभ्यास डिजिटल’ले गीत बजारमा ल्याएको हो । झर्रो भाका, गायन र शब्दका कारण गीतलाई छोटो समयमै अत्याधिक स्रोता/दर्शकले रुचाएका हुन् । गीतमा आमा, छोरा र बुहारीको संवाद छ ।

दुई वर्षअघि ‘बीच–बीचमा’ बोलको तीज गीतबाट सफलता पाएका गायक दुर्गेश थापा यसपाली ‘ख्यास्स पुतली’ गीतबाट चर्चा र विवादमा छन् ।

दुई वर्षअघि ‘बीच–बीचमा’ बोलको तीज गीतबाट सफलता पाएका गायक दुर्गेश थापा यसपाली ‘ख्यास्स पुतली’ गीतबाट चर्चा र विवादमा छन् । युट्युब ट्रेन्डिङको दोस्रो स्थानसम्म उक्लेको उक्त गीतले एक सातामै दश लाखबढी भ्यूज बटुलेको छ । साथै, सोही गीतको विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले दुर्गेशमाथि गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

गायक खत्री र थापा द्वय बागलुङमा जन्मेर सङ्गीत कर्ममार्फत देशमा चिनिएका प्रतिभा हुन् । तीजका अलवा र दशैँ, तिहार जस्ता पर्वका छेकोमा पनि उनीहरु नयाँनयाँ गीत लिएर स्रोता/दर्शकमाझ आउँछन् ।

नेपाली लोक गायनमा प्रसिद्ध कलाकार पशुपति शर्माको तीज गीत ‘हैन र माया’लाई पनि युट्युबमा रुचाइएको छ । गत असार २३ गते ‘पशुपति शर्मा’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा छ । गीतको म्युजिक भिडियोले हालसम्म झण्डै १८ लाख भ्यूज पाएको छ । गीतमा गायक शर्मा र गायिका सम्झना भण्डारीको स्वर छ ।

‘घन्किदे मादलु’, ‘मेरो माया बसेको गाउँमा’, ‘चाँदी बटन’, ‘नक्कली कान्छी’, ‘यो राता गाला’, ‘पारी वन हरियो’, ‘बुहारी’लगायतका तीज गीत अहिले डिजिटल बजारमा चल्तीमा छन् ।

‘माइत आयौ दिदीबहिनी मनका कुरा साटन
भिनाजू र ज्वाइँसाबको कुरा काटन…’

तीन साताअघि सार्वजनिक ‘कुरा काटन’ बोलको तीज गीत पनि युट्युबमा ‘हिट’ छ । गीतको म्यूजिक भिडियोलाई हालसम्म ३८ लाखबढी पटक हेरिएको छ । गीतमा खुमन अधिकारी, गायिका देवी घर्ती, शान्तिश्री परियार, शिला आले, सम्झना भण्डारी, पूर्णकला विसी, जुना श्रीस, सरीता कार्की र सुनिता बुढा क्षत्रीको स्वर छ । यस गीतमा एकैसाथ धेरै कलाकारको प्रतिभा हेर्न/सुन्न पाइन्छ । अभिनयमा पनि दर्जनबढी संलग्न छन् ।

‘तीजैको दर पकाउँदी हौ आमाले
खाइदिने कोही छैन घरमा बरिलै
अभागी छोरी परदेशैमा रुँदै छु
के लेख्या रैछ कर्म बरिलै…’ 
‘परदेशी छोरी’ बोलको तीज गीतमा परदेशको चेलीले तीज आएपछि नेपाललाई कसरी सम्झिन्छिन् भन्ने विषयवस्तु प्रस्तुत छ । ज्योति गुरुङको शब्द रहेको उक्त गीतमा गायिका सुनिता दुलालको स्वर छ । गीतमा सुरज लामिछानेले संगीत भरेका छन् भने भिडियो लण्डनमा छायांकन गरिएको हो ।

‘घन्किदे मादलु’, ‘मेरो माया बसेको गाउँमा’, ‘चाँदी बटन’, ‘नक्कली कान्छी’, ‘यो राता गाला’, ‘पारी वन हरियो’, ‘बुहारी’लगायतका तीज गीत अहिले डिजिटल बजारमा चल्तीमा छन् ।

तीजको मौसमी सङ्गीत बजार अहिले गर्माएको छ । युट्युबमा भ्यूज बढाउने प्रतिस्पर्धा छ । पर्व गीतको उपमा पाएको तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख भएको भन्दै कतिपयले भने चिन्ता व्यक्त गर्न थालेका छन् । केही वर्षअघि आएका ‘डाढे बिरालो’, ‘छोटो मिनिस्कट’ जस्ता गीतले तीज गीतको सौन्दर्य मासेको आरोप लागेको थियो ।

पर्व गीतको उपमा पाएको तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख भएको भन्दै कतिपयले भने चिन्ता व्यक्त गर्न थालेका छन् ।

कलाहीन र उट्पट्याङ गीतले तीजको मौलिकता र मर्मलाई आत्मसाथ नगर्ने कला मर्मज्ञ बताउँछन् । तीज गीतको विधान खल्बलाउन नहुनेमा उनीहरुको जोड छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीत रोधीघरको दोहोरी जस्ता सुनिन थालेका छन् । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाईसमेत तीज गीतमा उठान गरिएको पाइन्छ । त्यस्ता गीतले युट्युबमा छिटो भ्यूज पाएपनि संस्कृतिको उत्थान र जगेर्नामा कम स्थान पाउने पक्का छ ।

धेरै भ्यूज बुटेलर छिटो पैसा आर्जन गर्ने नाउँमा पनि कलाकार त्यसपट्टि प्रेरित भएका हुन सक्छन् । भ्यूज, लाइक र कमेन्टका आधारमा सर्जक/कलाकारलाई युट्युबबाट पैसा आउँछ । पछिल्लो समय मेला/महोत्सवसमेत कोरोना महामारीका कारण प्रभावित बनेपछि कलाकार युट्युबकै भरमा छन् ।

अहिलेका तीज गीत रोधीघरको दोहोरी जस्ता सुनिन थालेका छन् । विपरीत लिङ्गीबीचको संवेदना, प्रेम र रोमान्सलाईसमेत तीज गीतमा उठान गरिएको पाइन्छ ।

राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने कलाकारहरु बताउँछन् । गीतको बलमा जतिधेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा आर्जन हुन्छ । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको संख्याका आधारमा कलाकारको युट्युबमा राम्रो रेकर्ड रहने गर्छ ।

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको हुन्छ । गीतको बीचमा युट्युबले अन्तराष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउँछ । व्यावसायिक रुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको संख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ ।

सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । पछिल्लो समय युट्युब कलाकारको व्यावसायिक थलो मात्र नभएर व्यक्तित्व चिनाउने माध्यम पनि बनेको छ । राम्रो भ्यूज पाउँदा पैसा पनि आउँछ र कलाकारको व्यक्तित्व पनि माथि उठ्छ ।



...
Seo-Ul-tub

Мы коллектив SEO-консультантов, работающих над увеличением посещаемости и рейтинга вашего сайта в поисковых системах. Мы добились впечатляющих результатов и расширим ваш кругозор нашим опытом и знаниями. Что мы можем вам предложить: • расценки на рекламу в интернете • Глубокий анализ вашего сайта и формирование индивидуального плана продвижения. • Модернизация контента и технических аспектов вашего сайта для оптимальной работы. • Регулярный анализ результатов и мониторинг вашего онлайн-присутствия для его улучшения. Подробнее https://seo-prodvizhenie-ulyanovsk1.ru/ Наши клиенты уже видят результаты: рост посещаемости, улучшение рейтинга в поисковых запросах и, конечно, увеличение прибыли. Мы можем предоставить вам бесплатную консультацию, для обсуждения ваших потребностей и разработки стратегии продвижения, соответствующей вашим целям и финансовым возможностям. Не упустите шанс улучшить свои результаты в интернете. Свяжитесь с нами уже сегодня.

...
зарубежные сериалы смотреть онлайн

Hi everyone, it's my first visit at this site, and post is in fact fruitful in favor of me, keep up posting such articles. зарубежные сериалы смотреть онлайн

...
ppu-prof_on

Наша группа опытных мастеров завершена предъявить вам новаторские методы, которые не только гарантируют надежную защиту от холодильности, но и подарят вашему дому изысканный вид. Мы работаем с современными материалами, заверяя продолжительный продолжительность использования и прекрасные решения. Теплоизоляция внешнего слоя – это не только экономия ресурсов на прогреве, но и внимание о окружающей природе. Экономичные методы, какие мы применяем, способствуют не только вашему, но и поддержанию природных ресурсов. Самое первоочередное: Услуги по утеплению стен снаружи стоимость работ у нас стартует всего от 1250 рублей за квадратный метр! Это бюджетное решение, которое сделает ваш резиденцию в действительный уютный локал с минимальными тратами. Наши работы – это не исключительно утепление, это созидание пространства, в где каждый аспект преломляет ваш личный образ действия. Мы берем во внимание все твои пожелания, чтобы осуществить ваш дом еще более комфортным и привлекательным. Подробнее на http://www.ppu-prof.ru Не откладывайте труды о своем квартире на потом! Обращайтесь к спецам, и мы сделаем ваш корпус не только уютнее, но и стильным. Заинтересовались? Подробнее о наших сервисах вы можете узнать на веб-сайте. Добро пожаловать в обитель спокойствия и уровня.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो