English

गठबन्धनको धारमा कांग्रेस

अब कुन बाटो रोज्ला कांग्रेसले ?


स्थानीय तहको निर्वाचनको तीव्र तयारीमा हुँदैछ । यसका लागि राजनीतिक दलहरू जुटिसकेका छन् । सबैजसो स्थानीय तहमा निर्वाचन केन्द्रित गतिविधि बढ्न थालेको छ । दलहरू संगठन विस्तार, घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।

कांग्रेस सत्तारुढ गठबन्धनका अन्य घटकहरूको औपचारिक निर्णयको प्रतीक्षामा छन् ।उम्मेदवारका आकाङ्क्षीहरू पनि दौडधूप तीव्र तुल्याउँदै छन् । यद्यपि, चुनावमा तालमेलको विषयले भने अझै गति लिन सकेको छैन । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुने हो या एक्लाएक्लै प्रतिस्पर्धा गर्छन् भन्ने प्रस्ट भइसकेको छैन ।

कांग्रेसमा भने अझै चुनावी तालमेलका बारेमा औपचारिक छलफल र निर्णय भइसकेको छैन । यद्यपि नेताहरू कोही गठबन्धनको पक्षमा र कोही विपक्षमा देखिएका छन् ।

चुनावी तालमेलबारे छलफल

शुक्रबारबाट शरु हुने नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेलबारे छलफल हुने बताइएको छ । पार्टीभित्र चुनावी तालमेलका बारेमा चलिरहेको बहसमा एक पक्षले आवश्यकताका आधारमा चुनावी तालमेल गर्नुपर्ने तर्क गर्दै आएको छ भने अर्को पक्षले कांग्रेस आफ्नै बलबुतामा निर्वाचनमा जानुपर्ने तर्क गर्दै आएको छ ।

एउटै पार्टीमा चुनावी तालमेललाई लिएर किन फरक मत ? भन्ने प्रश्नमा कांग्रेसका नेताहरू यसलाई ‘लोकतान्त्रिक चरित्र’का रूपमा व्याख्या गर्दछन् । लोकतान्त्रिक पार्टीमा यस प्रकारका बहस स्वाभाविक हुने उनीहरूको भनाइ छ । यद्यपि, पार्टीले यसबारेमा लोकतान्त्रिक प्रक्रियाबाटै निर्णय गर्ने र सोही निर्णय सबैका लागि मान्य हुने उनीहरू बताउँछन् ।

‘सबैले आफ्ना विचार राख्न पाउनु नै लोकतान्त्रिक पार्टीको चरित्र हो, उनले भने, ‘त्यस विषयमा पार्टीले औपचारिक निर्णय नगरुन्जेल आफ्ना विचार राख्न सबैले पाउँछन्, तर पार्टीले लोकतान्त्रिक प्रक्रिया अनुसार निर्णय गरिसकेपछि भने पार्टीकै निर्णय सबैका लागि मान्य हुन्छ ।’

नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्ता विषयमा बहस तथा फरक मत प्रकट हुनु स्वाभाविक भएको बताए ।

‘सबैले आफ्ना विचार राख्न पाउनु नै लोकतान्त्रिक पार्टीको चरित्र हो, उनले भने, ‘त्यस विषयमा पार्टीले औपचारिक निर्णय नगरुन्जेल आफ्ना विचार राख्न सबैले पाउँछन्, तर पार्टीले लोकतान्त्रिक प्रक्रिया अनुसार निर्णय गरिसकेपछि भने पार्टीकै निर्णय सबैका लागि मान्य हुन्छ ।’

‘नेपाली कांग्रेसले यही निर्णय गर्छ भनेर अरूले भनिदिन्छ भने त्यो अर्कै कुरा हो, यत्रो महत्त्वपूर्ण विषयमा पार्टीले निर्णय गर्ने हो । नेपाली कांग्रेस पार्टीको बैठक बसेर त्यसबारे निर्णय हुन्छ ।’

चुनावी तालमेलका बारेमा चाँडै नै पार्टीले निर्णय गर्ने र त्यसपछि यस्ता अड्कलबाजी आफै सेलाएर जाने उनले बताए । उनले भने, ‘नेपाली कांग्रेसले यही निर्णय गर्छ भनेर अरूले भनिदिन्छ भने त्यो अर्कै कुरा हो, यत्रो महत्त्वपूर्ण विषयमा पार्टीले निर्णय गर्ने हो । नेपाली कांग्रेस पार्टीको बैठक बसेर त्यसबारे निर्णय हुन्छ ।’

कांग्रेस नेतृ डिला सङ्ग्रौला पन्त पनि चुनावी तालमेलको बारेमा पार्टीको केन्द्रीय समितिको बैठकले चाँडै निर्णय गर्ने बताउँछिन् । यद्यपि उनी अहिले स्थानीय तहको निर्वाचन हुने भएकाले तालमेलको निर्णयको अधिकार स्थानीय तहकै पार्टी समितिलाई दिनुपर्ने तर्क गर्छिन् ।

पौडेलको बैठकमा शेखर र प्रकाशमान अनुपस्थित

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् ।

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन् ।

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन् ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि बोलाएको बैठकमा पूर्व महामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन् । बैठक जारी छ ।

अध्यक्ष मनोनयनमा कोइराला समूहको प्रतिवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयलाई असन्तुष्ट संस्थापनइतर समूहले प्रतिवाद गर्ने भएकाे छ ।

आजदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिमा पराजित शेखर कोइराला समूहले सभापति देउवाको सो निर्णयमा प्रतिवाद गर्ने भएकाे हाे । 

‘सभापतिज्यूलाई विश्वासका साथ सहमतिका आधारमा निर्णय गर्न अधिकार प्रदान गरिएको थियो । तर, उहाँले अधिकारको दूरुपयोग गरेर  नेविसंघ र तरुण दलको अध्यक्षमा एकलौटी मनोनित गरिदिनुभयो,’

‘सभापतिज्यूलाई विश्वासका साथ सहमतिका आधारमा निर्णय गर्न अधिकार प्रदान गरिएको थियो । तर, उहाँले अधिकारको दूरुपयोग गरेर  नेविसंघ र तरुण दलको अध्यक्षमा एकलौटी मनोनित गरिदिनुभयो,’ कांग्रेस नेता रञ्जित कर्णले भने, ‘सभापतिको सो निर्णयमा शेखर समूहबाट आजको बैठकमा प्रतिवाद हुनेछ ।’ 

सभापति देउवाको सो निर्णय लगत्तै कोइराला समूहले अलग्गै भेला डाकेर असन्तुष्टी प्रकट गरिसकेको छ । गत गत बुधबार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । जसमा कोइराला समूहले असन्तुष्टी जनाउँदै आएको छ ।

यो पनि
सभापतिले चाहँदैमा चुनावमा गठबन्धन नहुने कोइराला पक्षको निष्कर्ष
बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,