English

देउवालाई सहज, कोइरालालाई सकस



नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा सभापतिको प्रत्यासी कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि देउवा र डा. शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणको निर्वाचनमा देउवाले २ हजार २ सय ५८ मत ल्याएका थिए भने कोइरालाले १ हजार ७ सय २९ मत प्राप्त गरे । यसैगरी, सिंहले ३ सय ७१ मत ल्याएका छन् भने बिमलेन्द्र निधी र कल्याण गुरुङले क्रमश : २४९ र २० मत प्राप्त गरेका छन् । त्यसैले देउवालाई सभापतिमा जित्न सिंह र निधीमध्ये एउटाको साथ चाहिन्थ्यो । सिंहले सघाउने प्रतिवद्धता व्यक्त गरेसँगै देउवालाई थप सहज भएको छ । तर, कोइरालालाई भने निर्वाचन जित्नका लागि सिंह र निधी दुवैको साथ चाहिन्छ । अब त्यो नहुने देखिएको छ ।

कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६ सय ८१ जनाले मतदान गरेका थिए । मतदानमा ७७ मत बदर भएको थियो । कांग्रेसको विधानअनुसार सभापति निर्वाचन हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । निर्वाचन समितिका अनुसार देउवाले ४८.२३ प्रतिशत, कोइरालाले ३८.२३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याएका हुन् । सबैभन्दा बढी मत प्राप्त गर्ने देउवालाई विजयी हुनका लागि ८१ मत अपुग भयो । अब पुन मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

निर्वाचन आजै दिउँसो ३ बजेबाट सुरु हुने केद्रीय निर्वाचन समितिले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested